Buddhashanti Saving and Credit Co-operative Ltd.

Buddhashanti Saving and Credit Co-operative Ltd. 'सामुदायिक सम्बृद्धिमा समर्पित '

कार्यालय बिदा रहने बारे सूचनासम्पूर्ण सदस्यज्यू तथा सरोकारवालाहरूमा मिति २०८३ भदौ १२ गते पवित्र पर्व जनै पूर्णिमाको अवसर...
27/08/2026

कार्यालय बिदा रहने बारे सूचना

सम्पूर्ण सदस्यज्यू तथा सरोकारवालाहरूमा मिति २०८३ भदौ १२ गते पवित्र पर्व जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा रहने व्यहोरा यहाँहरु सम्पूर्णमा सूचित गरिन्छ। उक्त दिन संस्थाका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्। भदौ १३ गते शनिबार रहेकाले भदौ १४ गतेदेखि नियमित सेवा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
साथै, रसुवामा भएको दुःखद् प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै विस्थापीत सबै जनको उद्धारको कामना गर्दछौँ ।

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
बुद्धशान्ति–३, बुधबारे, झापा

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂💐बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. मा इन्टर्नको रूपमा कार्यरत तथा संस्थाकी बचतकर्त...
27/07/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂💐

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. मा इन्टर्नको रूपमा कार्यरत तथा संस्थाकी बचतकर्ता भावना पौडेल ज्यूको शुभ-जन्मोत्सवको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

जन्मदिनले जीवनमा नयाँ उत्साह, खुसी र सफलताका अनगिन्ती अवसरहरू लिएर आओस्। सुस्वास्थ्य, सुख, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका साथ हरेक सपना र लक्ष्यले पूर्णता पाओस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।

हाम्रो संस्थाका बाल बचतकर्ता, भूमि प्रसाद बराल तथा रिता भट्टराईका सुपुत्र प्रयान्स बराललाई जन्मदिनको उपलक्ष्यमा हार्दिक ...
15/07/2026

हाम्रो संस्थाका बाल बचतकर्ता, भूमि प्रसाद बराल तथा रिता भट्टराईका सुपुत्र प्रयान्स बराललाई जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना तथा आशिर्वाद व्यक्त गर्दछौं।
सानै उमेरदेखिको बचत गर्ने बानीले भविष्यमा ठूलो सफलता र प्रगति दिलाओस्। बाबुको जीवनमा सधैं खुसीयाली छाओस्, साथै सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दछौं। 🌟🎈

📢 ऋणको सावाँ-ब्याज भुक्तानी सम्बन्धी अत्यन्त जरुरी सूचना!बुद्धशान्ति गाउँपालिकाद्वारा जारी गरिएको यसै सूचना बमोजिम, हाम्...
07/07/2026

📢 ऋणको सावाँ-ब्याज भुक्तानी सम्बन्धी अत्यन्त जरुरी सूचना!

बुद्धशान्ति गाउँपालिकाद्वारा जारी गरिएको यसै सूचना बमोजिम, हाम्रो यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बाट ऋण लिई समयमा भुक्तानी नगर्ने ऋणी सदस्यहरूलाई गाउँपालिकाको सहकारी ऐन तथा प्रचलित कानुन बमोजिम चल-अचल सम्पत्ति, गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरू, बैंक खाता र राहदानी (पासपोर्ट) समेत रोक्का सम्मको कानुनी कारबाही अगाडि बढ्न सक्ने भएकाले समयमै संस्थामा सम्पर्क गरी ऋण चुक्ता गर्नुहुन अनुरोध गरिन्छ।

🔔 ऋण चुक्ता तथा हर्जाना छुट सम्बन्धी जरुरी सूचना! 🔔आदरणीय सेयर सदस्यज्यूहरू, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बा...
29/06/2026

🔔 ऋण चुक्ता तथा हर्जाना छुट सम्बन्धी जरुरी सूचना! 🔔

आदरणीय सेयर सदस्यज्यूहरू, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बाट कर्जा लिनुभई किस्ता बुझाउन बाँकी रहेका सदस्यहरूका लागि यो सूचना प्रकाशित गरिएको छ।

🗓️ असार मसान्तभित्र ऋण चुक्ता वा खाता नियमित गर्दा:
✨ नियमानुसार लाग्ने ब्याज तथा हर्जाना (PENAL) मा विशेष छुट पाइनेछ।

⚠️ समयमै भुक्तानी नगरेमा:
ब्ल्याकलिस्ट (Blacklist) मा पर्न सक्ने, बैंक खाता रोक्का हुने तथा "तीन पुस्ते विवरण" सार्वजनिक भई कानुनी कारबाही हुन सक्ने भएकाले बेलैमा यस अवसरको सदुपयोग गर्नुहोला।

📞 सम्पर्क: 023555796 / 9852656795
📍 बुद्धशान्ति-३, बुधबारे, झापा

🚨 अत्यन्त जरूरी सूचना ! 🚨बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.बाट ऋण लिई नियमित कर्जाको किस्ता तथा ब्याज भुक्तानी नगर...
14/06/2026

🚨 अत्यन्त जरूरी सूचना ! 🚨

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.बाट ऋण लिई नियमित कर्जाको किस्ता तथा ब्याज भुक्तानी नगर्नु भएका र संस्थासँग सम्पर्कमा नरहनु भएका ऋणी सदस्यहरूका लागि यो सूचना प्रकाशित गरिएको छ।

समयमै संस्थामा सम्पर्क राखी आफ्नो कानुनी र सामाजिक जिम्मेवारी पूरा गर्नुहुन अनुरोध गर्दछौँ। अन्यथा, नियमानुसार कडा कानुनी कारबाही अगाडि बढाइनेछ।
(विस्तृत विवरणका लागि तलको सूचना हेर्नुहोला)

जन्मदिनको हार्दिक मंगलमय शुभकामना ! 💐यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण उपसमिति सदस्य श्री युवराज काफ्...
05/06/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना ! 💐

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण उपसमिति सदस्य श्री युवराज काफ्ले ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

यहाँको जीवन सुखद , सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आगामी दिनमा पनि संस्थामा यहाँको सक्रिय साथ र सहकार्य रहिरहोस् भन्ने कामना गर्दछौँ।

कार्यालय बिदा सम्बन्धी सूचना
27/05/2026

कार्यालय बिदा सम्बन्धी सूचना

जन्मदिनको हार्दिक शुभकामना! 🎂​बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी Pooza Timsina Dhakal ज्यूलाई जन्मदिनक...
20/05/2026

जन्मदिनको हार्दिक शुभकामना! 🎂
​बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी Pooza Timsina Dhakal ज्यूलाई जन्मदिनको सुखद उपलक्ष्यमा संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
​यहाँको सुस्वास्थ्य, सुखद जीवन र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। ✨

जन्मदिनको हार्दिक शुभकामना ! 🎂बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. का निवर्तमान सचिव एवं कार्यालय प्रमुख आदरणीय चन्द...
11/05/2026

जन्मदिनको हार्दिक शुभकामना ! 🎂

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. का निवर्तमान सचिव एवं कार्यालय प्रमुख आदरणीय चन्द्र अधिकारी सरलाई जन्मदिनको सुखद उपलक्ष्यमा संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आदरणीय सरको सुस्वास्थ्य, सुखद जीवन र प्रगतिको लागि संस्था परिवार सदैव शुभकामना व्यक्त गर्दछ।

Address

Budhabare
Jhapa District
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723555796

Alerts

Be the first to know and let us send you an email when Buddhashanti Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddhashanti Saving and Credit Co-operative Ltd.:

Shortcuts

Share