Adhunik Saving and Credit Cooperative ltd.

Adhunik Saving and Credit Cooperative ltd. Committed to our members' well-being from birth to end-of-life

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना​नव वर्ष २०८३ को पावन अवसरमा यस 'आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.' का सम्पूर...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना

​नव वर्ष २०८३ को पावन अवसरमा यस 'आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.' का सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरू, शुभचिन्तक, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सम्पूर्ण उपसमितिहरू, कर्मचारी वर्ग तथा स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

​नयाँ वर्षले यहाँहरूको जीवनमा नयाँ उमंग, उत्साह र आर्थिक समृद्धि ल्याओस्। तपाईंहरूको सुरक्षित भविष्य र आर्थिक उन्नतिको यात्रामा हामी सदैव सँगै छौं।

​नयाँ वर्षको हार्दिक शुभकामना! 🎉

​आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.

कार्यालय बन्द रहने सम्बन्धमा।
02/04/2026

कार्यालय बन्द रहने सम्बन्धमा।

हिजो सम्पन्न 'मेचीनगर सहकारी समन्वय समिति' को अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित हुनुभएका यस आधुनिक साकोस का कुशल व्यव...
19/03/2026

हिजो सम्पन्न 'मेचीनगर सहकारी समन्वय समिति' को अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित हुनुभएका यस आधुनिक साकोस का कुशल व्यवस्थापक आदरणीय पारस ओली ज्यू लगायत सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरूलाई आधुनिक साकोस परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं।

यहाँहरूको सबल नेतृत्व, लामो अनुभव र दूरदर्शी दृष्टिकोणले मेचीनगर क्षेत्रको समग्र सहकारी अभियानलाई थप उचाइमा पुर्याउनेछ र सहकारी संस्थाहरू बीचको एकता, सहकार्य तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले पूर्ण रूपमा विश्वास लिएका छौं।

नव-निर्वाचित सम्पूर्ण कार्यसमितिको यो कार्यकाल ऐतिहासिक, परिणाममुखी र पूर्ण रूपमा सफल रहोस् भनी आधुनिक साकोस परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौं ! 💐

— आधुनिक साकोस परिवार

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) का कर्मचारी श्वेता थापाको आज पर्न गएको जन्मदिनको सुखद अवसरमा उन्नति, प्रगति, स...
16/03/2026

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) का कर्मचारी श्वेता थापाको आज पर्न गएको जन्मदिनको सुखद अवसरमा उन्नति, प्रगति, सुस्वास्थ्य र दिर्घायूको कामना सहित धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ । 🎂🎂🎂🎂

लक्ष्य जीतको, गौरव राष्ट्रको! नेपाली क्रिकेट टोलीलाई विश्वकपको  ऐतिहासिक खेलहरु सहित विश्वसामु हाम्रो झण्डा अझै उच्च बना...
08/02/2026

लक्ष्य जीतको, गौरव राष्ट्रको! नेपाली क्रिकेट टोलीलाई विश्वकपको ऐतिहासिक खेलहरु सहित विश्वसामु हाम्रो झण्डा अझै उच्च बनाउन मैदानमा उत्रिएका वीर खेलाडीहरूलाई जीतको भीषण शुभकामना!

05/02/2026

📢 अब 'आधुनिक साकोस' पनि कर्जा सूचना केन्द्र (CIB) को राष्ट्रिय सञ्जालमा! 🏦✅
आदरणीय शेयरधनी सदस्यज्यूहरू तथा शुभचिन्तकहरू,

संस्थाको वित्तीय सुशासन, पारदर्शिता र सदस्यहरूको निक्षेप सुरक्षालाई सदैव पहिलो प्राथमिकतामा राख्दै आएको आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. आजदेखि विधिवत् रूपमा कर्जा सूचना केन्द्र (Credit Information Bureau - CIB) मा आबद्ध भएको सहर्ष जानकारी गराउँदछौं।

मिति २०८२/१०/१५ मा प्राप्त आधिकारिक सदस्यतासँगै, अब संस्थाले कर्जा प्रवाह गर्दा राष्ट्रिय स्तरको सूचना प्रणाली प्रयोग गर्नेछ, जसले खराब ऋणीहरूलाई निरुत्साहित गर्दै असल ऋणीहरूलाई प्रोत्साहन गर्नेछ।

यो उपलब्धि किन खास छ?
✅ सुरक्षित लगानी: कर्जाको जोखिम न्यूनीकरण भई संस्थाको सम्पत्ति र तपाईँको बचत अझ सुरक्षित हुनेछ।
✅ बैंकिङ्ग स्तरको प्रणाली: अब 'आधुनिक' ले पनि अन्य बैंक तथा वित्तीय संस्थाहरू सरह कर्जा सूचनाको पहुँच राख्नेछ 。
✅ सुशासनको प्रत्याभूति: यो आबद्धता संस्थागत सुशासन र पारदर्शिताको अर्को बलियो प्रमाण हो।

तपाईँको आर्थिक प्रगतिको "वित्तीय सारथी" का रूपमा हामी संस्थालाई अझ सबल, सुरक्षित र प्रविधिमैत्री बनाउन निरन्तर क्रियाशील छौं।

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) की कर्मचारी शोभा भट्टराईको आज पर्न गएको जन्मदिनको सुखद अवसरमा उन्नति, प्रगति, ...
03/02/2026

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) की कर्मचारी शोभा भट्टराईको आज पर्न गएको जन्मदिनको सुखद अवसरमा उन्नति, प्रगति, सुस्वास्थ्य र दिर्घायूको कामना सहित धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ ।

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्ने  दर्ता  प्रमाणपत्र...
22/01/2026

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्ने दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । यो सँगै संस्था पूर्ण रुपमा बचत तथा ऋणको कारोबार गर्न योग्य रहेको छ ।

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभाको अन्तिम माइन्युट प्रमाणिकरण भेला पौष ९ गते भव्यताका साथ ...
25/12/2025

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभाको अन्तिम माइन्युट प्रमाणिकरण भेला पौष ९ गते भव्यताका साथ सम्पन्न गरियो।
​उक्त विशेष भेला कोशी प्रदेश सभाका माननीय श्री गोपाल तामाङज्यूको प्रमुख आतिथ्यता, झापा जिल्ला सहकारी संघका उपाध्यक्ष श्री दुर्गा सापकोटाज्यूको विशिष्ट आतिथ्यता तथा विभिन्न सहकारीका अध्यक्ष तथा उपाध्यक्षज्यूहरूको आतिथ्यतामा सम्पन्न भयो।
​सो अवसरमा संस्थाका कर्मचारी तथा सेवा केन्द्रलाई उत्कृष्ट कार्यको कदर गर्दै सम्मान पनि गरियो:
🏆 उत्कृष्ट कर्मचारी (कार्यालय आन्तरिक): श्री अर्जुन कुमार दाहाल
🏆 उत्कृष्ट कर्मचारी (बजार प्रतिनिधि): श्री उमा बस्नेत
🏆 उत्कृष्ट सेवा केन्द्र: भृकुटी सेवा केन्द्र
​उक्त भव्य भेलाका केही झलकहरू 👇📸

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा पौष ८ गते भृकुटी इकाई अन्तर्गत सम्पन्न गरियो।उक्त सभामा व...
25/12/2025

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा पौष ८ गते भृकुटी इकाई अन्तर्गत सम्पन्न गरियो।
उक्त सभामा विभिन्न विधामा उत्कृष्ट सदस्यज्यूहरुलाई सम्मान पनि गरियो। उक्त सभाका केही झलकहरू 👇📸

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा पौष ६ गते बिर्तामोड र चारआली इकाई अन्तर्गत सम्पन्न गरियो।...
25/12/2025

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा पौष ६ गते बिर्तामोड र चारआली इकाई अन्तर्गत सम्पन्न गरियो।
उक्त सभामा विभिन्न विधामा उत्कृष्ट सदस्यज्यूहरुलाई सम्मान पनि गरियो। उक्त सभाका केही झलकहरू 👇📸

Address

Mechinagar/6
Jhapa District
57206

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97723567632

Alerts

Be the first to know and let us send you an email when Adhunik Saving and Credit Cooperative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adhunik Saving and Credit Cooperative ltd.:

Share