27/08/2026
रसुवामा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी र मर्माहत भएका छौँ। यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस प्राकृतिक विपत्तिबाट सॅस्थाका सदस्य तथा परिवारजनहरु प्रत्यक्षरुपमा प्रभावित हुनुभएको छ भने जानकारी गराई दिनु होला
यस दुःखद घडीमा हामी घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछौँ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारलाई यो दुःख सहन सक्ने शक्ति प्रदान गरून्। 🙏
– प्रवासी बहु-उद्देशिय सहकारी संस्था परिवार