09/01/2026
गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा मिति २०८२ पुस २५ गते, शुक्रबारका दिन तिनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा निर्वाचित हुनुहुने सम्पूर्ण सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीज्यूहरूलाई गोरखा मिलेनियम परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।