05/04/2025
काठमाडौंको हालको अत्यधिक वायु प्रदूषणको अवस्थालाई मध्यनजर गर्दै डाक्टरहरूले निम्न सल्लाह दिएका छन्:
1.मास्क प्रयोग गर्नुस्: N95 वा उच्च गुणस्तरको मास्क अनिवार्य लगाउनुहोस्, विशेषगरी बाहिर जाँदा।
2.स्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरू सावधान रहनुहोस्: दम, एलर्जी, वा मुटु सम्बन्धी रोग भएकाहरूले घरभित्रै बस्न र औषधी नियमित सेवन गर्न सल्लाह दिइन्छ।
3.पर्याप्त पानी पिउनुहोस्: प्रदूषणका कारण शरीरमा विषाक्त पदार्थ जम्न सक्छ, त्यसलाई बाहिर निकाल्न पानी धेरै पिउनु आवश्यक छ।
4.सन्तुलित आहार लिनुहोस्: प्रतिरोधात्मक क्षमता बढाउन फलफूल, सागपात, भिटामिन C, र ओमेगा-3 युक्त खाना खानुहोस्।
5.व्यायामको समय परिवर्तन गर्नुस्: बिहानको समयमा प्रदूषण बढी हुने भएकाले खुला स्थानमा व्यायाम नगर्नुहोस्।
6.बच्चा, वृद्ध, गर्भवती महिला विशेष सावधानी अपनाउनुहोस्।
नियमित स्वास्थ्य जाँच गराउँदै जानुहोस् र कुनै असजिलो महसुस भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।