Brishti saving & credit co-operative ltd.

Brishti saving & credit co-operative ltd. Our business is related to financial services.

हरितालिका तिज २०८० सालको सम्पूर्ण शेयर सदस्यहरुमा मंगलमय शुभकमना .साथै कार्यालय बन्द रहने सूचना for mofe information:pag...
17/09/2023

हरितालिका तिज २०८० सालको सम्पूर्ण शेयर सदस्यहरुमा मंगलमय शुभकमना .
साथै कार्यालय बन्द रहने सूचना
for mofe information:
page: Brishti saving & credit co-operative ltd.
email: [email protected]
whatsapp/ viber: 984-3637589
phone: 015910051, 52

12/07/2023

शाभार !!
आदरणीय शेयर सदस्य साथीहरु, यतिबेला हजुरहरुमध्ये ज–जसले सहकारीहरुबाट ऋण लगेर भुक्तान गर्नु भएको छैन, सहकारीका कर्मचारीले फोन गर्ने, म्यासेज गर्ने, पत्र पठाउने, भेटघाट गर्ने, घर घरमा आउने गर्न थाल्नु भएको होला । कर्मचारीहरु घर घरमै आउदा हजुरलाई रिस उठेको होला, गाली गर्नु भएको होला, उस्तै परे धम्क्याउनु पनि भएको होला ।
हजुरले लगेको ऋणको एक किस्ता मात्रै भाखा नाघ्यो भने संस्थालाई समस्या हुन्छ । एक वर्ष भन्दा बढी भाखा नाघेको छ भने हजुर खराव ऋणी हो । खराव ऋणी भन्दा हजुरलाई पीर पर्छ होइन, यति पीर पर्छ भने आजै जानुस, संस्था तिर्न बुझाउनु पर्ने बाकी बक्यौता बुझाएर असल सदस्य बन्नुस ।
यसो विचार गर्नुस त, संस्थाबाट हजुरले लगेको ऋण नतिरेका कारण संस्थालाई कति समस्या छ ? संस्थाले हजुरले लगेको ऋण भाखा नाघेको अर्थात खराव ऋणका रुपमा ऋण जोखिम कोषमा शत प्रतिशत रकम राख्नु परेको छ, हजुरले गएर हिसाव मिलान गरिदिदा सहकारीको एउटा ठुलो तनाव सकिन्छ ।
हजुरले ऋण नतिरेका कारण वचत फिर्ताका लागि समस्या भएको छ, सदस्य केन्द्रीत भएका संस्थाहरुले संस्थाको कुल सम्पत्तीको ७० देखि ८० प्रतिशत रकम ऋण लगानी गरेका हुन्छन्, ऋणको किस्ता र ब्याज आएन भने वचत फिर्तामा समस्या हुन्छ, जसका कारण संस्था नै समस्यामा पर्न सक्छ ।
अर्कोतर्फ हजुरको इमान्दारितामा शंका उत्पन्न हुन थाल्छ, सहकारीका कर्मचारी, सञ्चालकका बीचमा हजुर खराव ऋणीका रुपमा परिचित हुनुहुन्छ, सहकारीबाट ऋण लगेर नतिर्नेमा देखिनुहुन्छ । यो क्रम बढ्दै जान्छ।
अहिलेसम्म त कर्मचारी र सञ्चालकले हजुरको इज्जत जोगाइदिएका छन्, बाहिर गएको छैन, यदी हजुरलाई साधारणसभाबाट खराव ऋणी घोषणा गरियो भने के हुन्छ ? थाहा छ । साधारणसभाका सबै सदस्यहरुले ऋण नतिर्ने मान्छेका रुपमा हजुरलाई चित्रण गर्छन् ।
झट्ट हेर्दा हजुरको व्यक्तिगत कुरा जस्तो लाग्छ, यसले हजुरको व्यक्तिगत मात्रै होइन, हजुरको घर परिवार, आफन्तजन, छिमेकी सबैलाई पिरोल्छ, हजुरका साना साना छोरा छोरीलाई अहिले थाहा नपाउनेहरुलाई पनि भोलीका दिनमा यसले असर गर्छ ।
सम्धी सम्धिनी, छोरी ज्वाई, नातागोता सबैमा समस्या सिर्जना गर्ने चिज हो यो संस्थागत ऋण । यो संस्थागत पैसा हो, कसैको ढिकुटी बुझेर भागे जस्तो, नतिरे जस्तो वा व्यक्तिगत सापट लिएर भुक्तान नगरेको जस्तो सोच्नु भएको छ भने यो हजुर र हजुरको सन्ततीका लागि गारो विषय हुन सक्छ ।
संस्थागत ऋण भनेको काउसो हो, यो तिर्नु भएन भने कानुनी हिसावले जति समस्या तपाईलाई हुन्छ त्यो भन्दा कति हो कति गुणा बढी सामाजिक हिसावले समस्या सिर्जना गर्दछ ।
बैगुनीलाई गुनले मार्न सधै त कहाँ सकिन्छ र ? अब त कानुनी झमेल व्यहोर्न हजुर तयार हुनै त परो । त्यसैले फेरी एकपटक गंभिरताका साथ सोचेर आजै सहकारीको कार्यालयमा जानुस, कर्मचारी सञ्चालकहरुलाई भन्नुस, सहजीकरणका लागि आग्रह गर्नुस । समस्या त जहाँसुकै हुन्छन्, समस्याको समाधानका विकल्पहरु खोज्नुस ।
एकजना ऋणीले ऋण तिर्दिन भनेर विदेश जानु भएछ, लामो समय विदेश बसेर फर्कनु भयो, सम्पत्तीको मूल्यांकन गर्नु पर्ने भयो वडा कार्यालयले दिन मानेन, उहाको पासपोर्टको समय सकिएकाले नयाँ बनाउनु पर्ने भयो, वडा कार्यालयले सिफारिस गरिदिएन, छोरा बुहारीको नयाँ पासपोर्ट बनाउनु थियो सिडियो कार्यालयले फाइलै बुझेन, व्यवसाय सञ्चालनका लागि प्रहरीको सिफारिस चाहिएको थियो, प्रहरीले दिन नसक्ने बतायो, यो त हजुरको समयको कुरा भयो ।
हजुरका छोरा छोरी, नाति नातिनासम्मलाई यस्ता विषयले अझै धेरै अप्ठेरो पार्छ । त्यसैले आजै संंस्थामा जानुस, अनुरोध गर्नुस, हर्जानामा छुट माग्नुस, ब्याज तिर्नुस सकिन्छ भने नविकरण गरेर आगामी दिनमा सहज रुपमा भुक्तान गर्ने गरी आफुलाई असल ऋणी बनाउनुस ।
ऋण माग्न फोन गर्छन भनेर मोवाइल नंम्बर परिवर्तन गर्ने, म्यासेज आउछ भनेर ब्लक गर्ने, ग्रुपबाट हट्ने कुराले हजुरलाई नै क्षति गर्छ । ऋण लगेर नतिर्नु संस्थाको समस्या नै होइन, नि ? हजुरको समस्या हो । हजुरलाई संस्थाले सहजीकरण गरिदिन्छ ।
सम्झनुस त, हजुर बजारमा आएर भर्खर सानो व्यवसाय शुरु गर्नु भएको थियो, बजारका मान्छेले हजुरलाई सरसापट दिदैन्थे, बैंकले हजुरलाई चिन्दैन्थ्यो, अलि अलि पैसा हजुरसँग थियो, जग्गा किन्ने सोच आयो, हजुरले धेरै तिर गुहार्नु भयो, कसैले पत्याएनन्, अनि त्यही सहकारीले जग्गा खरिद गर्नका लागि ऋण दिएको होइन ? आज हजुर सानसंंग मेरो बजारमा जग्गा छ भन्ने बनाउने त सहकारी नै हो नि ? भलै जग्गा खरिद गरेपछि हजुरले बैंकबाट ऋण लिएर व्यवसाय बढाउनु भयो ।
सम्झनुस त, छोरीले राम्रो अंक ल्याएर पढिन, विदेश जान नाम निकालिन, आफन्तकोमा गएर कति दुख गरेर ऋण माग्नु भयो, कसैले पत्याएनन्, बैंकमा राख्ने हजुरको बजारको घर घडेरी थिएन, अनि हजुरकी छोरीलाई विदेश पठाउने त्यही सहकारी काम लागेको होइन ?
सम्झुनस त, आफन्तले नपत्याउदा, साहु र बैंकले नचिन्दा हजुरलाई चिन्ने त्यही सहकारी मात्रै त थियो, आज त्यही सहकारीलाई ब्याज तनिरेर, हजुरले अप्ठेरोमा पार्नु भएको छ, के हजुरको अप्ठेरोमा साथ दिने सहकारीलाई अहिले हजुरले साथ नदिनु राम्रो काम हो त ?
ऋण लगेपछि फोन गर्छन, म्यासेज गर्छन, हजुरलाई झर्को लाग्न सक्छ, यसो सम्झना गर्नुस त ? हजुरले ऋण माग्दा कसो गर्नु भएको थियो, के के भन्नु भएको थियो। साच्चिकै मनन गर्नुस न ?
अहिले हजुरको व्यवसाय चलेको छैन होला ? आम्दानी घटेको छ होला, जे भए पनि संस्थामा जाने र सर सल्लाह गर्न त सकिन्छ नि ? हजुर त यसरी भागी रहनु भएको छ कि ? यो सहकारी नै हजुरको दुश्मन हो । हिजो हजुरलाई व्यवसायी बनाउने, हिजो हजुरलाई अरु कसैले नचिन्दा चिन्ने, समाजमा परिचित बनाउने सहकारी हजुरको दुश्मन हुन सक्छ ?
अरुले नपत्याउदा पत्याउने, अरुले साथ नदिदा साथ दिने सहकारीलाई जोगाउने जिम्मेवारी हजुरको पनि होइन र ? अरु त गर्न सक्नु भएन, यतिबेला सहकारीलाई अप्ठेरो परेको छ, मैले साथ दिनु पर्छ भन्ने सोच त हजुरमा आएन आएन, लगेको ऋणको ब्याज र किस्ता बुझाउने कुरामा पनि हजुर भाग्दै हिड्ने हो त ?
सम्झनुहोस् न, ऋण खोज्दै भौतारिरहदा कस्तो पीडा थियो हजुरलाई । सहकारीले सहजै ऋण दिएर लगाएको गुन पनि यति छिटै बिर्सनु भयो है । आजका लागि मात्रै हो । यत्ति मात्रै हो संसार ? कति दिन लुकेर बस्नु हुन्छ ।
सहकारी त हजुरको पनि हो नि ! हजुरलाई सधैभरी अप्ठेरो साथ दिएको सहकारी, हजुरको घरमा सुख दुख पर्दा साथ दिने सहकारी, हजुरको सफलतामा खुशी हुने सहकारी के पैसासँग मात्रै जोडिएको विषय मात्र हो त ?
सम्झनुस त, पैसा नहुदा कसले हजुरलाई साथ दिएको थियो, आज मात्रै होइन, भोली पनि कसैले साथ दिदैनन्, अप्ठेरो परेको बेला साथ दिने त्यही सहकारीलाई बिगार्न हजुरको भुमिका हुन्छ भने हजुर बैगुनी हो । बैगुनीलाई गुनले मार्न सधै त कहाँ सकिन्छ र ? अब त कानुनी झमेल व्यहोर्न हजुर तयार हुनै त परो ।
त्यसैले फेरी एकपटक गंभिरताका साथ सोचेर आजै सहकारीको कार्यालयमा जानुस, कर्मचारी सञ्चालकहरुलाई भन्नुस, सहजीकरणका लागि आग्रह गर्नुस । समस्या त जहाँसुकै हुन्छन्, समस्याको समाधानका विकल्पहरु खोज्नुस ।
सहकारीको खराव ऋणी भइयो भने के हुन्छ ?
खराव ऋणी भएपछि सबै भन्दा पहिलो सामाजिक प्रतिष्ठा गुम्छ, कसैले नपत्याउने भइन्छ । समाजमा हजुरका बारेमा कुरा चल्छ, कस्तो मान्छे, सहकारीबाट लिएको ऋण त तिर्दैन भने यसले व्यक्तिगत कसरी तिर्ला ? यस्तै यस्तै चर्चा हुन्छ ।
हजुरका छोरा छोरीले पढ्ने विद्यालयमा पनि चर्चा शुरु हुन्छ, तिम्रो बाउ आमाले त ऋण तिर्दैनन् रे ? कति पीडा हुन्छ होला ति छोरा छोरीलाई जसका बाबुआमाको लापार्वाहीका कारण ।
कानुनी रुपमा अरु धेरै समस्या सिर्जना हुन्छ, अदालत जानु पर्छ, प्रहरीकोमा जानु पर्ला । संस्थासंगको सम्बन्ध विगारेका कारण समस्या धेरै हुन सक्छन्, त्यसैले फेरी एक पटक ठण्डा दिमागले सोचेर ऋण लिएको संस्थामा पुग्नुस, भन्नुस, विकल्प माग्नुस, र आफुलाई इमान्दार बनाउनुस । जय सहकारी !
!

'सहकारीको दिगोपन, स्वनियमन र सुशासन' नारा सहितको आज पर्गन गएको ६६  औं सहकारी दिवस र आउदै गरेको नयाँ वर्ष  २०७९ को सहकारी...
03/04/2023

'सहकारीको दिगोपन, स्वनियमन र सुशासन'
नारा सहितको आज पर्गन गएको ६६ औं सहकारी दिवस र आउदै गरेको नयाँ वर्ष २०७९ को सहकारी कर्मी, अभियन्ता तथा सुवेक्षुक् महानभावहरुमा शुभकामना
*Brishti saving & credit co-operative ltd.

ग्याल्पो ल्होसार २०७९ को सम्पूर्ण सदस्य महानवभाहरुलाई शुभकामना .वृष्टि बचत तथा ऋण सहकारी लि.Brishti saving & credit co-o...
21/02/2023

ग्याल्पो ल्होसार २०७९ को सम्पूर्ण सदस्य महानवभाहरुलाई शुभकामना .
वृष्टि बचत तथा ऋण सहकारी लि.
Brishti saving & credit co-operative ltd.
गोल्फुटार ०८, बुढानिलकण्ठ, काठमान्डौ
थप जानकारीको लागि :
phone: 015910051, 52
Email: [email protected]
facebook: brishti saving
whatsapp: 984-3637589
viber: 984-3637589

२०७९/०९/२१यस वृष्टि बचत तथा ऋण सहकारी संस्थाले विधिवत रुपमा १० औ साधारण सभा सम्पन्न गरेको छ। सम्पूर्ण ग्राहक महानुभावहरु...
12/01/2023

२०७९/०९/२१
यस वृष्टि बचत तथा ऋण सहकारी संस्थाले विधिवत रुपमा १० औ साधारण सभा सम्पन्न गरेको छ। सम्पूर्ण ग्राहक महानुभावहरुको हितको लागि डिजिटल प्रविधि बाट आफ्नो सम्पूर्ण कारोबार गर्न यस संस्थाले Brishti Smart Banking नामक Mobile Banking App सन्चालनमा ल्याएको जानकारी गराउन चाहान्छौ। https://apkcombo.com/brishti-smart-banking/com.mofin.luniva.bristi/
प्रविधिको प्रयोग गरौ,
समयको बचत गरौ
*वृष्टि परिवार*
Golfutar 8, kathmandu
Contact: 015910051, 52
Email: [email protected]

Opening soon….
17/11/2021

Opening soon….

opening  soon …
17/11/2021

opening soon …

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 00:00
Sunday 10:00 - 15:00

Telephone

+97715910051

Website

Alerts

Be the first to know and let us send you an email when Brishti saving & credit co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Brishti saving & credit co-operative ltd.:

Share