National Co-operative Bank Limited - NCBL

National Co-operative Bank Limited - NCBL National Cooperative Bank Limited (NCBL) was established in 2003, as the only bank in the cooperative movement of Nepal.

National Cooperative Bank Limited (NCBL) was established in 2003, as the only bank in the cooperative movement of Nepal at national level, in exercise of the power conferred by the sub-section 4 of section 26 under the Cooperative Act, 1992 (first amendment, 2000) and from the recommendation of Nepal Rastra bank (Central bank of Nepal) as an umbrella institution to provide banking and financial services to all its member cooperatives following the long and continuous demand and efforts of cooperators. Assessing the importance of setting up a separate bank to exclusively support the cooperatives in the country, Nepal Government had amended the Cooperative Act, 1992 and released NPR10 million as equity participation in the fiscal year 2000 /2001. It has been successfully carrying out cooperative banking business since seventeen years. NCBL is primarily established with the objective to meet the financial needs and launch different promotional activities to support its member cooperatives to be more professional and competitive. The establishment of NCBL, therefore, has a special implication for the development of cooperative movement of Nepal since the promotion and strengthening the cooperatives address the country major socio-economic deprivations, poverty, unemployment and inequality etc. At present, the bank with about 15,873 member cooperatives covering all 77 districts and with rapidly growing number day by day, has already extended its network in 68 different places nationwide.

"येन बद्धो वलीराजा दानवेन्द्रो महाबल: ।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक ...
27/08/2026

"येन बद्धो वलीराजा दानवेन्द्रो महाबल: ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना

राष्ट्रिय सहकारी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरको आयोजनामा कञ्चनपुर जिल्लाभित्रका साना किसान कृषि सहकारी संस्था...
22/08/2026

राष्ट्रिय सहकारी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरको आयोजनामा कञ्चनपुर जिल्लाभित्रका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धकहरूको सहभागितामा परिचयात्मक तथा अनुभव आदान-प्रदानसम्बन्धी लघु गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कञ्चनपुर जिल्लाका विभिन्न साना किसान कृषि सहकारी संस्थाबाट १५ जना प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक मनमोहन बिष्टको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकको महेन्द्रनगर शाखा प्रमुख प्रकाश सिंह कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा शाखा प्रमुख कार्कीले महेन्द्रनगर शाखाको वस्तुस्थिति तथा बैंकले उपलब्ध गराउँदै आएका विभिन्न सेवा-सुविधाका विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले बैंक र सदस्य सहकारी संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा बैंकका सञ्चालक मनमोहन बिष्टले बैंकको वर्तमान वित्तीय अवस्था तथा पछिल्लो समय पुँजी पर्याप्तताका क्षेत्रमा बैंकले हासिल गरेको प्रगतिबारे जानकारी गराउनुभयो। उहाँले बैंकको प्रगतिमा सदस्य साना किसान कृषि सहकारी संस्थाहरूले पुर्‍याएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यका लागि आग्रह गर्नुभयो।

सञ्चालक बिष्टले हालसम्म बैंकको सदस्यता नलिएका साना किसान कृषि सहकारी संस्थाहरूलाई सदस्यता लिएर बैंकसँग जोडिन आग्रह गर्नुभयो। साथै, सदस्य संस्थाहरूलाई थप शेयर खरिद, कर्जा उपभोगलगायत बैंकका सम्पूर्ण सेवा-सुविधाको अधिकतम उपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रमले साना किसान कृषि सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकबीचको सम्बन्धलाई थप सुदृढ गर्दै अनुभव, समस्या तथा सम्भावनाबारे प्रत्यक्ष छलफल र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको शाखा प्रमुख कार्कीले बताउनु भयो ।

यस बैंकको २०८३ श्रावण मसान्तको प्रकाशित वित्तीय विवरणहरू (अपरिष्कृत)
20/08/2026

यस बैंकको २०८३ श्रावण मसान्तको प्रकाशित वित्तीय विवरणहरू (अपरिष्कृत)

यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ भाद्र ५ गते सञ्चालन हुन...
20/08/2026

यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ भाद्र ५ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।
https://zoom.us/j/92296430819?pwd=3atBMgbsIhtalCIblx2yBf6kOOA2Iy.1

मिति २०८३/०५/०१ गते देखि लागु हुने गरी यस बैंकको ब्याजदर परिवर्तन सम्बन्धी सूचना !
17/08/2026

मिति २०८३/०५/०१ गते देखि लागु हुने गरी यस बैंकको ब्याजदर परिवर्तन सम्बन्धी सूचना !

नागपञ्चमीको हार्दिक शुभकामना ।   🐍
16/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना ।
🐍

बैंकका अध्यक्ष उप्रेतीद्वारा सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिसँग भेटघाट तथा छलफलललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिट...
14/08/2026

बैंकका अध्यक्ष उप्रेतीद्वारा सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिसँग भेटघाट तथा छलफल

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखामा कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिहरूसँग बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले भेटघाट तथा छलफल गर्नुभएको छ।

बिहीबार बागलुङ शाखामा आयोजित कार्यक्रममा अध्यक्ष उप्रेतीले बैंकको वर्तमान वित्तीय अवस्था तथा पछिल्लो समय पुँजी पर्याप्ततामा बैंकले हासिल गरेको प्रगतिबारे जानकारी गराउनुभयो। उहाँले हालसम्म बैंकलाई सदस्य सहकारी संघ/संस्थाहरूले गरेको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ बढी सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो। साथै, सहकारी संस्थाहरूलाई आवश्यक पर्दा बैंकबाट उपलब्ध कर्जा सुविधाको उपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले बैंकले व्यवसाय विस्तारका लागि आवश्यक नीतिगत सुधार गर्दै सहकारी संस्थाका सदस्यहरूसम्म पुग्ने तथा उनीहरूलाई उद्यमी बनाउन सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूको अध्यक्ष उप्रेतीले सम्बोधन गर्नुभएको थियो।

बैंकको बागलुङ शाखा प्रमुख अमृत श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक कमला देवी गिरी, पूर्व लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्राकुमारी पराजुली, गण्डकी प्रदेश प्रमुख रुक्मत श्रेष्ठ, जिल्ला सहकारी संघ कास्कीका सञ्चालक बिना लोहनी, स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिमबहादुर कार्की, जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मी, पर्वत जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ शर्मा, को-अपरेटिभ म्यानेजर्स क्लब बागलुङका अध्यक्ष नवराज शर्मालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बागलुङ शाखाको कार्यक्षेत्रअन्तर्गत पर्ने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका विभिन्न सहकारी संघ/संस्थाका प्रतिनिधिसहित २४ जनाको सहभागिता रहेको थियो।

13/08/2026

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष ०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

13/08/2026

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको[...]

यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ श्रावण २९ गते सञ्चालन ह...
13/08/2026

यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ श्रावण २९ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।
https://zoom.us/meetings/99005547630/invitations?signature=f3WjZr73tObNP3pMJR-HwN6-LlwOrOiJmPxVzR-gMnM

Address

Pulchowk
Lalitpur
M8H8+P37,ललितपुर44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715180182

Alerts

Be the first to know and let us send you an email when National Co-operative Bank Limited - NCBL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Co-operative Bank Limited - NCBL:

Shortcuts

Share