China Trade Multipurpose Co-operative Ltd.:CHITCOL

Call Directions Website Contact the business

China Trade Multipurpose Co-operative Ltd.:CHITCOL VISION STATEMENT: ”A leading cooperative dedicated to members”

MISSION STATEMENT: “Supporting member prosperity through economic empowerment and innovation”

MISSION STATEMENT: "To promote and protect the member, CHITCOL will be a renowned, reliable and model co-operative dedicated to economic and social development based on principles and values of co-operatives using latest technology, effective management and own building"

कार्यालय समय परिवर्तन सम्बन्धि सूचना !
01/11/2026

कार्यालय समय परिवर्तन सम्बन्धि सूचना !

जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
28/10/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

27/10/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ कात्तिक १०) #राष्ट्र_बैंकको_सन्देश

कर्जा लिँदाको चरणबद्ध प्रक्रिया
कर्जा भनेको आज पैसा सापटी लिने, चलाएको अवधिको ब्याज तिर्ने र अवधिअनुसार वा अन्त्यमा एकै पटक पैसा फिर्ता गर्ने सेवा हो। बचत अपर्याप्त हुँदा कर्जा लिइन्छ। कर्जा पुँजी निर्माण वा उपभोग दुवै प्रयोजनको लागि प्रवाह गरिन्छ।

कर्जा प्रदान गर्दा अवलम्बन गरिने 5C's का सिद्धान्तहरू:

नगद प्रवाह (Cash Flow), स्वपुँजी (Capital), चरित्र तथा विगतको वित्तीय इतिहास (Character), धितो तथा सुरक्षण (Collateral) र सर्तहरू, अधिकार तथा कर्तव्य (Conditions)

कर्जा लिँदाको चरणबद्ध प्रक्रिया
१. कर्जा आवेदन
सुुरुमा आवेदकले बैंक तथा वित्तीय संस्थाले तोकेको ढाँचामा कर्जाको आवेदन फाराम भरी आफ्नो पहिचान खुल्ने कागजात (नागरिकता/प्यान कार्ड), सम्पत्ति, दायित्व, आम्दानीको प्रमाण तथा प्रक्षेपण र धितो राख्ने सम्पत्तिको सम्पूर्ण कागजपत्र बुझाउनुपर्छ।

२. ऋणीको मूल्याङ्कन
आवेदनको आधारमा व्यक्ति वा व्यवसायको तिर्नसक्ने क्षमता, स्वलगानी, साख, धितो सुरक्षण लगायतका अन्य आधार लाई ऋणीको मूल्याङ्कन गरिन्छ।

३. कर्जा स्वीकृति
मूल्याङ्कन सन्तोषजनक पाइएमा बैंकबाट कर्जा स्वीकृत गरिन्छ। त्यसपछि आवेदकलाई एउटा स्वीकृति पत्र दिइन्छ, जसमा स्वीकृत भएको ऋणको कुल रकम, ब्याजदरको संरचना र तिर्ने अवधिको तालिका लगायतका अन्य सर्तहरू स्पष्ट रूपमा लेखिएको हुन्छ।

४. कर्जा प्रवाह
धितो, ग्यारेन्टी लगायतका सम्पूर्ण कानुनी कागजी प्रक्रियाहरू पूरा भएपछि बैंक तथा वित्तीय संस्थाले एकै पटक वा पटकपटक गरी कर्जाको रकम ऋणीको बैंक खातामा प्रवाह गर्छ।

५. अनुगमन र भुक्तानी
बैंक तथा वित्तीय संस्थाले समय-समयमा कर्जाको सदुपयोगिताको निगरानी गर्छ। ऋणीले समयमै कर्जाको साँवा र ब्याजको भुक्तानी गर्ने र आफ्नो हिसाबकिताबबारे नियमित अनुगमन गर्नुपर्छ।

ऋणीको अधिकार र दायित्व

पर्याप्त सूचना, निष्पक्ष व्यवहार, गोपनीयता, गुनासो, समस्या समाधान, साना ग्राहकको विशेष संरक्षण जस्ता विषय ऋणीका अधिकार हुन्।

सही सूचना दिने, सर्तहरू अध्ययन गर्ने, कर्जाको सदुपयोग गर्ने र ऋणीका अनुशासन पालना गर्नु ऋणीका दायित्व हुन्।

“कर्जाको उद्देश्य, लागत, प्रतिफल र जोखिम विश्लेषण गरी कर्जा प्रयोग गरौं।”

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना
21/10/2026

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना

जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
16/10/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना !

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि. (CHITCOL) को लेखा सुपरिवेक्षण समितिको नियमित/आवधिक समीक्षा बैठक संस्थाको वित...
13/10/2026

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि. (CHITCOL) को लेखा सुपरिवेक्षण समितिको नियमित/आवधिक समीक्षा बैठक

संस्थाको वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको लेखा सुपरिवेक्षण समितिको नियमित/आवधिक बैठकका केही झलकहरू।

संस्थालाई पारदर्शी, सुरक्षित र गतिशील ढङ्गले सञ्चालन गर्न निरन्तर मार्गदर्शन प्रदान गर्नुहुने लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

06/10/2026

28/09/2026

हार्दिक श्रद्धाञ्जली !😢
27/09/2026

हार्दिक श्रद्धाञ्जली !😢

संविधान दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, शुभचिन्तक तथा आम नेपाली नागरिकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्...
19/09/2026

संविधान दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, शुभचिन्तक तथा आम नेपाली नागरिकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

नेपालको संविधानले निर्दिष्ट गरेको आर्थिक समृद्धि र समतामूलक समाज निर्माणका लागि उद्यमशीलताको विकास तथा वित्तीय पारदर्शिता नै सहकारी क्षेत्रको मुख्य आधार हो। आउनुहोस्, संविधानको मर्मलाई आत्मसात् गर्दै आत्मनिर्भर र समृद्ध समाज निर्माणमा हातेमालो गरौँ।

Address

DRN Tower, Ward No. 22, Khichapokhari, Newroad
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715714002

Alerts

Be the first to know and let us send you an email when China Trade Multipurpose Co-operative Ltd.:CHITCOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to China Trade Multipurpose Co-operative Ltd.:CHITCOL:

Shortcuts

Share