Ajit Khanal

Ajit Khanal शेयर बजार छलफल।
(1)

28/08/2026

मृत्यु हुनेहरुको पिडा अलग छ तर बाचेर पुन जिवन सुरु गर्नेहरुको पिडा झन दर्दनाक छ। घर छैन, जमिन छैन, सम्पत्ती छैन, आफन्तको मृत्युको पिडा त छदै छ यि सबका बबाजुत पनि जिवन पुन शुन्यबाट सुरु गर्नु छ। यो भन्दा ठुलो पिडा सायदै केही हुन्छ प्रभु !!

27/08/2026

कुकुर आफ्नो मालिक ठानेर लाख खोजिरहेछ, मान्छे लासहरुमा सुन खोजिरहेछ। भगवानले बनाएको संसारको सबैभन्दा सुन्दर सृजना आज संसार सामु सबैभन्दा कुरुप देखिएको छ। मानवता हराए पछी मान्छेहरु जनावर भन्दा तल खस्ने रैछ।

भत्किएको बनाउने सिमेन्टले हो भन्ने कुरा बजारले पत्ता लगाएछ, सिमेन्टहरु सबै मिलेर बजार बचाएछन्।
27/08/2026

भत्किएको बनाउने सिमेन्टले हो भन्ने कुरा बजारले पत्ता लगाएछ, सिमेन्टहरु सबै मिलेर बजार बचाएछन्।

27/08/2026

भुकम्पले थाङ्थिलो भएको देश कसरि उठेको थियो, नाकाबन्दिको मारमा देश कसरी चलेको थियो, कोरोनाको कहर सगं कसरी देश जुधेको थियो, के यस पटक मात्र प्राकृतिक बिपद आएको हो ? यि सबका बाबजुत पनि देशले कसरी खुट्टा नलर्बराई दरो सगं टेकोको थियो। ३५ वर्षमा केही भएन भन्ने भास्य जसरी बनाइयो अब के भएको थियो र के भएको थिएन तेसको पनि परिक्षा हुने नै छ। इतिहासलाई गाली गरेर जसरी आफुलाई उत्कृष्ठ बनाइयो उनिहरुले पनि बुझ्नु पर्छ आजका लागि हिजो इतिहास नै हो र यो आज को दिन पनि बितिजाने छ। फेरि पनि इतिहासहरु लेखिने छन्। धैर्य गर्नु पर्छ समय भन्दा बलवान सायदै यो संसारमा केही छ, सबैको जय होस।

27/08/2026

हिजो सरकार जसलाई अपराधी मान्थो, जसलाई जबर्जस्ती जसरी भए पनि जेल हाल्नु पर्छ भन्ने सोच्थो, जो ब्यापारीलाई भस्ट र उपराधी करार गर्थो आज देशलाई पर्दा सबैभन्दा पहिला ति व्यापारीहरु नै अगाडी उभिएका छन्, समय बलवान छ हजुर।

Dividend Announcement - SANIMA आजको बजार मुल्यमा २.७% को इल्ड ठिकै छ।
27/08/2026

Dividend Announcement - SANIMA
आजको बजार मुल्यमा २.७% को इल्ड ठिकै छ।

Dividend Announcement - EBL आसा गरे बमोजिम नै देखियो। आजको बजार मुल्य सगं हिसाब गर्ने हो भने २% डेभिडेन्ट ईल्ड।         ...
27/08/2026

Dividend Announcement - EBL
आसा गरे बमोजिम नै देखियो। आजको बजार मुल्य सगं हिसाब गर्ने हो भने २% डेभिडेन्ट ईल्ड।

२०८३/०५/११ बिहिवार - टेक्निकल्ली हेर्दा बजारले डबल बटम एरियामा आएर न्यारो बडी क्यान्डल बनाएको छ। RSI २५ को लेबलमा आईसकेक...
27/08/2026

२०८३/०५/११ बिहिवार - टेक्निकल्ली हेर्दा बजारले डबल बटम एरियामा आएर न्यारो बडी क्यान्डल बनाएको छ। RSI २५ को लेबलमा आईसकेको छ तर डाउनट्रेन्ड बजारमा ADX भने अपट्रेन्ड तिर छ। यसले डाउनट्रेन्ड बलियो छ भन्ने देखाउछ। समग्रमा टेक्निकल्ली बजार २५४५ भन्दा तलको क्लोजिङ्ग गर्छ भने बजार झन नेगिटब हुन सक्छ त्यो भने बिचार गर्नु पर्ने छ। कारोबार हेर्दा आजको कारोबार केही घटेक छ। ग्याप डाउन ओपन भएको बजार पहिलो हाफमा एग्रेसिब नेगिब देखियो बजारले पहिलो २५ मिनेटमा नै ३७ अकं गुमाउदै डे लो लगाएको थियो तेसपछीको बजार भने केही समालिएको थियो। १ः०५ मा बजारले डे हाई लगाएपछी केही करेक्सन गरेर बजार बन्द भएको थियो। १० वटा ठुला ब्रोकरको कारोबार हेर्दा सातवटाले किनेको भन्दा धेरै बेचेको देखिन्छ।

५० अकंको भोलाटिलिटीको सगरमाथा रैछ, टैट। 😂😂
27/08/2026

५० अकंको भोलाटिलिटीको सगरमाथा रैछ, टैट। 😂😂

27/08/2026

कुनै जलबिद्युत कम्पनीलाई बाढीले असर गर्यो भन्दैमा त्यो सकिहाल्यो अब केही हुन्न भन्ने सोच्नु भएन। तेसको पनि इन्सुरेन्स हुन्छ र इन्सुरेन्यको पनि रिइन्सुरेन्स हुन्छ र कतिपय रि इन्सुरेन्सको पनि बाहिर रिइन्सुरेन्स गरिएको हुन्छ। हरेक ठाउँमा भएका रिक्सलाई म्यानेज गर्ने कोसिस गरिएको हुन्छ हरेक ठाउँमा। यो बेलामा लगानीकर्ताहरुले पनि अलिकति परिपक्काता देखाउनु जरुरी छ। हलडमा गरिने कारोबारले कसैलाई फाईदा गर्दैन। यो एकोहोरो बजारमा बजार या कम्पनीको मुल्य घट्दा यहाँ कसैलाई पनि फाईदा हुदैन। तेसैले थोरै परिक्कता देखाउदा सबैलाई राम्रो हुन्छ। देश बिसम परिस्थितिमा छ यो बेला सबैले आफुलाई परिक्क परिकाले प्रस्तुत गर्नु पर्दछ। आवश्यक र अतिआवश्यक बाहेक आज देशभर सार्वजनिक विदा दिएको भए यसले कसैलाई पनि घाटा हुदैन थियो होला भन्ने महसुस गरेको छु।
ह्यापी रोजगार डे।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ajit Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ajit Khanal:

Shortcuts

Share