28/08/2025
हिजो बजारले अन्ततः 2800 माथि ठूलो breakout दियो। Index 2819 मा बन्द भयो र Volume पनि 7.68 अर्ब पुग्यो। अझ महत्त्वपूर्ण कुरा भनेको Shrawan 14 पछि पहिलो पटक बजारले Higher High (HH) बनायो, जुन Positive संकेत थियो। यसले बजार अब तलमाथि घुम्दै भए पनि downtrend बाट फर्किन सक्ने आशा जगाएको थियो।
तर आज परिस्थिति उल्टियो। बजार 38.10 अंकले घटेर 2781 मा बन्द भयो र Volume अझै बढेर 8.09 अर्ब पुग्यो। यसले देखाउँछ कि बजारमा selling pressure बलियो नै छ र 2800 माथि बजार बस्न सकेन। हिजोको ठूलो उछाल पछि profit booking हुने अनुमान थियो, र त्यो आज प्रस्ट देखियो।
मुख्य कुराः
१) 2800 अझै ठूलो बाधा (रेसिसटान्ट)बनेको छ। बजारले पार गर्यो तर माथि टिक्न सकेन।
२) बजारले अझै पनि 2700–2800 को बीचमा base बनाउन खोजिरहेको देखिन्छ।
३) 2730 स्तर अत्यन्तै महत्त्वपूर्ण छ। यो पछिल्लो Lower Low (LL) हो, र यो defend गर्न सके भने Higher High structure कायम रहन्छ। यदि बजारले 2730 भन्दा माथि support बनाएर bounce गर्यो भने momentum फर्कन सक्छ।
आगामी रणनीति:
१) अहिले पनि support zone वरिपरि fundamentally strong stock मा बिस्तारै accumulation गर्ने रणनीतिमा नै छौं।
२) यदि बजारले 2730 माथि support confirm गर्यो भने केही नयाँ position थप्ने कुरा सोच्न सकिन्छ।
३) तर, जबसम्म बजारले support confirm नगरी 2800 माथि टिक्ने संकेत देखाउँदैन, तबसम्म हामी धैर्य रहन्छौं।
अन्त्य मा:
हिजोको breakout उत्साहजनक थियो, तर आजको rejection ले बजार समय चाहिने देखाएको छ। अब सबैको नजर 2730 support zone मा रहनेछ। यो टिके अर्को उचाई को बाटो खुल्छ, नत्र फेरि जोखिम बढ्छ।
ध्यान दिनुस्: हाम्रो सामग्री केवल जानकारी र सिकाइका लागि हो। कुनै पनि लगानी गर्नु अघि आफ्नो परिस्थिति हेरी आफैंले राम्रोसँग अध्ययन गर्नु जरूरी छ