𝑵𝒆𝒑𝒂𝒍 𝑺𝒕𝒐𝒄𝒌 𝑬𝒙𝒄𝒉𝒂𝒏𝒈𝒆 𝑵𝒆𝒘𝒔

  • Home
  • Nepal
  • Kathmandu
  • 𝑵𝒆𝒑𝒂𝒍 𝑺𝒕𝒐𝒄𝒌 𝑬𝒙𝒄𝒉𝒂𝒏𝒈𝒆 𝑵𝒆𝒘𝒔
Call Directions Website Contact the business

𝑵𝒆𝒑𝒂𝒍 𝑺𝒕𝒐𝒄𝒌 𝑬𝒙𝒄𝒉𝒂𝒏𝒈𝒆 𝑵𝒆𝒘𝒔 Nepal Stock Exchange News is a media company established to spread the authenticity of the Capital Market of Nepal and the financial updates.🙏

आइतबार (भोलि) बजार खुल्दा सुनचाँदीको आधिकारिक दरमा उल्लेख्य समायोजन हुन सक्ने🔎 Gold Nepal - आइतबारको लागि विशेष सुनचाँदी...
31/10/2026

आइतबार (भोलि) बजार खुल्दा सुनचाँदीको आधिकारिक दरमा उल्लेख्य समायोजन हुन सक्ने
🔎 Gold Nepal - आइतबारको लागि विशेष सुनचाँदी बजार विश्लेषण
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु. ३,२०० ले घटेर रु. २,८०,३०० र चाँदीको मूल्य रु. १०५ ले घटेर रु. ३,८२५ कायम भएको थियो। तर, शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा थप तीव्र गिरावट आएपछि नेपाली बजारको साइडेटिक मूल्य सुनमा करिब रु. २,७२,१३० र चाँदीमा रु. ३,६५४ प्रति तोला आसपास देखिएको छ। शुक्रबारको आधिकारिक दरसँग तुलना गर्दा सुन रु. ८,१७० (२.९१%) र चाँदी रु. १७१ (४.४७%) ले तल रहेको देखिन्छ। आज शनिबार नेपाली बजार बन्द रहेकाले शुक्रबारको अन्तर्राष्ट्रिय बजार बन्द मूल्य आइतबार बजार खुल्दा मूल्य निर्धारणका लागि महत्वपूर्ण आधार बन्नेछ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रविधि क्षेत्रका सेयरहरूमा आएको तीव्र गिरावटपछि लगानीकर्ताले अन्य सम्पत्तिमा भएको नोक्सानी व्यवस्थापन गर्न सुनचाँदीसमेत बिक्री गरेको र केही बजारमा मार्जिन कलका कारण थप बिक्री दबाब सिर्जना भएको विश्लेषण गरिएको छ। यसले सुरक्षित लगानीका रूपमा हेरिने बहुमूल्य धातुहरूमा समेत उल्लेख्य दबाब पारेको छ।
सुनको प्राविधिक संरचना हाल स्पष्ट रूपमा Bearish रहेको छ। यसअघि बनेको Symmetrical Triangle को Rising Support Trend Line भत्किएपछि मूल्यमा तीव्र गिरावट आएको छ। त्यसैगरी, रु. २,७७,००० आसपासको महत्वपूर्ण Horizontal Support पनि कायम रहन सकेन। यी स्तरहरू गुमेसँगै बजारमा Selling Pressure र Bearish Momentum बढेको देखिन्छ।
माथितर्फ रु. २,७५,००० आसपासको स्तर पहिलो Resistance का रूपमा रहनेछ भने त्यसपछि रु. २,७७,००० अर्को महत्वपूर्ण अवरोध क्षेत्र हुनेछ। तलतर्फ रु. २,७३,००० आसपासको क्षेत्र तत्कालको नजिकको न्यून बिन्दु तथा निगरानी क्षेत्र हो। यसभन्दा तल रु. २,७२,००० आसपासको सम्भावित क्षेत्रलाई पनि ध्यान दिन सकिन्छ। यद्यपि, यी तल्ला स्तरहरूमा नयाँ र बलियो Support निर्माण भएको पुष्टि हुन बाँकी छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र गिरावट र नेपाली आधिकारिक दरसँग देखिएको फराकिलो Live-Official Price Gap (सुनमा रु. ८,१७० को अन्तर) ले आइतबार (भोलि) बजार खुल्दा सुनचाँदीको आधिकारिक दरमा उल्लेख्य समायोजन हुन सक्ने दबाब देखाएको छ। विशेषगरी सुनले रु. २,७५,००० र रु. २,७७,००० आसपासका Resistance क्षेत्र पुनः पार गरेर टिक्न नसकेसम्म बजारमा Bearish दबाब कायम रहन सक्ने देखिन्छ। चाँदीमा पनि प्रतिशतका आधारमा अझ ठूलो अन्तर देखिएकाले यसको आधिकारिक दरमा समेत उल्लेख्य समायोजनको सम्भावना छ। तथापि, अन्तिम मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्था, विनिमय दर तथा आधिकारिक मूल्य निर्धारण प्रक्रियामा निर्भर रहनेछ।

31/10/2026

Ideapreneurnepal तपाईंहरूको कुरा बुझ्यौँ, तर लगानीकर्ताको पीडा पनि बुझिदिनुहोला। 🙏

हामीले पनि आफ्नो मेहनतले कमाएको पैसा विश्वास गरेर लगानी गरेका हौँ। घाटा हुँदा बजारको स्वभाव भनेर मात्र मन बुझाउन सजिलो हुँदैन। शैक्षिक उद्देश्य थियो भन्ने कुरा स्वीकार छ, तर लगानीसम्बन्धी सामग्री बनाउँदा त्यसले सर्वसाधारणमा कस्तो प्रभाव पार्छ भन्ने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

हामीले नाफाको ग्यारेन्टी खोजेका होइनौँ, सही जानकारी, वास्तविक विश्लेषण र इमानदार मार्गदर्शन खोजेका हौँ। गल्ती सबैबाट हुन सक्छ, तर लगानीकर्ताको विश्वास र भावनालाई पनि सम्मान गरिदिनुहोला।

हाम्रो उद्देश्य कसैलाई दोष दिनु होइन, भविष्यमा अरू कसैले आफ्नो मेहनतको कमाइ गुमाउन नपरोस् भन्ने मात्र हो। ❤️🙏

26/10/2026

अरूलाई सम्झाउने शब्दहरु धेरै थिय तर आज आफ्नै मनलाइ बुझाउन एउटा शब्द भेटियन।।
🥺🌼

🚨🇳🇵 ऐतिहासिक क्षण! नेपालमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (DRS) प्रयोग! 🤩🏏नेपाल प्रिमियर लिग (NPL) सिजन–३ मार्फत नेपाली क...
26/10/2026

🚨🇳🇵 ऐतिहासिक क्षण! नेपालमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (DRS) प्रयोग! 🤩🏏

नेपाल प्रिमियर लिग (NPL) सिजन–३ मार्फत नेपाली क्रिकेटमा पहिलोपटक Decision Review System (DRS) प्रयोग गरिएको छ।

🔍 अब खेलाडीहरूले अम्पायरको निर्णयलाई चुनौती दिन सक्नेछन्, जसले खेलमा प्रविधिको प्रयोग र निर्णयको शुद्धतालाई थप महत्त्व दिनेछ।

नेपाली क्रिकेटमा प्रविधिको नयाँ युगको सुरुवात! 🇳🇵🔥

आज बाट सुरू हुने NPL मा तपाई कुन टिमको समर्थक ?
26/10/2026

आज बाट सुरू हुने NPL मा तपाई कुन टिमको समर्थक ?

25/10/2026

🚨 एनपीएल सुरु हुनुअघि PCB को अड्चन, पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा! 🇵🇰🇳🇵

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण सुरु हुन एक दिन मात्रै बाँकी रहँदा पाकिस्तानी खेलाडीहरूको सहभागितामा अन्योल सिर्जना भएको छ।

ESPNcricinfo का अनुसार, पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले यसअघि NOC पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति हाललाई रोकिएको जानकारी दिएको छ।

💰 प्रति खेलाडी २५ हजार अमेरिकी डलर माग?

एनपीएलसँग सम्बन्धित व्यक्तिहरूका अनुसार, PCB ले प्रत्येक पाकिस्तानी खेलाडीको NOC का लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागेको हुन सक्ने बताइएको छ। यद्यपि, यस्तो माग लिखित रूपमा गरिएको हो वा होइन भन्ने ESPNcricinfo ले पुष्टि गर्न सकेको छैन।

🏏 कुन खेलाडी प्रभावित छन्?

पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली, हुनैन शाह र उसामा मिर एनपीएलमा सहभागी हुने खेलाडी हुन्।

केही खेलाडी काठमाडौं आइसकेका छन् भने अन्य खेलाडीले विवाद समाधान नभएसम्म आफ्नो यात्रा स्थगित गरेको बुझिएको छ।

📅 एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। सहभागी खेलाडीहरू प्रतियोगिताको अवधिमा पाकिस्तानको कुनै पनि राष्ट्रिय टोलीसँग जुध्ने कार्यक्रममा नरहेको रिपोर्टमा उल्लेख छ।

PCB ले यस विषयमा ESPNcricinfo को प्रश्नको तत्काल जवाफ दिएको थिएन।

एनपीएल सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा यो विवाद समयमै समाधान होला त? 🤔🏏

स्रोत: ESPNcricinfo

23/10/2026

NPL tickets are just a few taps away!
Not sure hows to book? Don't worry!
Watch our step-by-step tutorial and book your tickets for the Nepal Premier League
2026 easily through eSewa.
Your team, your cheers, your NPL moments!

🚨 एनपीएल–३ को ओपनिङ म्याचको टिकट सोल्ड आउट! 🏏🔥नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक...
22/10/2026

🚨 एनपीएल–३ को ओपनिङ म्याचको टिकट सोल्ड आउट! 🏏🔥

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। 🇳🇵

क्रिकेटप्रेमीहरूको उत्साह र एनपीएलप्रतिको क्रेजले प्रतियोगिता सुरु हुनुअघि नै माहोल तातेको छ। 🏟️❤️

अब मैदानमा नेपाली क्रिकेटको महाकुम्भ हेर्न दर्शकहरू आतुर छन्!

22/10/2026

🚨 एनपीएल–३ को टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुल्ने! 🎟️🏏

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकटको मूल्य निर्धारण गरेको छ।

🎟️ लिग चरणका खेल
• साधारणतर्फ: रु. ५००
• प्रिमियमतर्फ: रु. १,०००

🏆 इलिमिनेटर तथा फाइनल
• साधारणतर्फ: रु. १,०००
• प्रिमियमतर्फ: रु. २,०००

📲 एनपीएलको टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ।

📅 प्रतियोगिता: कात्तिक ९ देखि मंसिर ५ गतेसम्म

तपाईं कुन टिमलाई समर्थन गर्दै हुनुहुन्छ? कमेन्ट गर्नुहोस्। 🇳🇵🔥

घटस्थानाको सुरुवात सँगै हजुरहरूको जीवनमा नयाँ उमङ्ग नयाँ आशा र अनन्त खुसी आओस् सबै जना लाई दशैंको शुभकामना🙏❤️
11/10/2026

घटस्थानाको सुरुवात सँगै हजुरहरूको जीवनमा नयाँ उमङ्ग नयाँ आशा र अनन्त खुसी आओस् सबै जना लाई दशैंको शुभकामना🙏❤️

Address

Baneshower
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 15:00

Telephone

+9779702518320

Alerts

Be the first to know and let us send you an email when 𝑵𝒆𝒑𝒂𝒍 𝑺𝒕𝒐𝒄𝒌 𝑬𝒙𝒄𝒉𝒂𝒏𝒈𝒆 𝑵𝒆𝒘𝒔 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝑵𝒆𝒑𝒂𝒍 𝑺𝒕𝒐𝒄𝒌 𝑬𝒙𝒄𝒉𝒂𝒏𝒈𝒆 𝑵𝒆𝒘𝒔:

Shortcuts

Share