25/11/2020
UPay (unelmapay.com) Quiz: "अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस" कहिले मनाईन्छ? / When is International Day for the Elimination of Violence against Women celebrated in 2020?
A. 29 November 2020
B. 28 November 2020
C. 27 November 2020
D. 26 November 2020
E. 25 November 2020
हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैगींक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ । जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, माता मरियम विनाका जिसस क्राईस्टको पौरख पूर्ण छैन, त्यसै गरि नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन्, आउनुहोस् आज वाचा गरिदिउँ कि महिला हिंसाविरुद्धमा हामी सदैव सजग रहनेछौ ।
तपाईँको सही उत्तर तल कमेन्टमा प्रदान गरी U Pay को पेज लाइक गर्नुहोस्यो, पोस्ट सेयर गर्नुहोस् र आफ्नो दुईजना साथी लाई TAG गर्नुहोस् । हरेक दिन पाचजना भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।
#उनेल्मापे #महिलाहिंसा