20/10/2019
तनहुँ सहकारीमा पुनः घनश्याम श्रेष्ठ
डुम्रे, कात्तिक २ गते । तनहुँको डुम्रे बजार स्थित तनहुँ विकास वचत तथा ऋण सहकारी सस्थाको ९ औं बार्षिक साधरणसभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा गरिएको सभाको संस्थाका सल्लाहकार धुब्रलाल प्रधानले उद्घाटन गर्नु भयो । कार्यक्रममा सस्थाका अध्यक्ष घनश्याम श्रेष्ठले प्रतिस्पर्धात्मक दरमा व्याज प्रदान गरी सस्थाले शेयर सदस्यहरुबाट निक्षेप संकलन गरी रहेको र उक्त निक्षेपलाई सर्वसुलभ व्याजदरमा उत्पादनशिल, आयमुलक र सीप मुलक क्षेत्रमा लगानी गर्दै आईरहेको बताउनुभयो । साथै श्रेष्ठले गत वर्ष साधारण सभामा व्यक्त भएको सल्लाह, सुझावहरुलाई सम्भव भएसम्म समेटिएको बताउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक लि. डुम्रे शाखाका प्रबन्धक इश्वर सापकोटा, पोखरा फाईनान्स लि. डुम्रे शाखाका प्रबन्धक सिर्जना शाही, हाम्रो वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष परशुराम अधिकारी, संस्थाका उपाध्यक्ष शिवकुमार श्रेष्ठ, सचिव राजुकुमार खड्गी, कोषाध्यक्ष दामोदर मिश्र, लेखा समितिका संयोजक ताराप्रकाश थापा लगायतले डुम्रेमा रहेका सहकारी मर्ज गर्न सके विकास बैंक बनाउन सकिने हुँदा त्यसमा ध्यान दिनु जरुरी भएको बताउनुभयो । उक्त अवसरमा व्यास नगरपालिका १२ छिर्कने निवासी रिता मगरलाई उत्कृष्ट बचतकर्ता, हाल डुम्रे निवासी प्रमोदप्रसाद कुशहावालाई उत्कृष्ट ऋणी र पुरणसिंह थापालाई जेष्ठ शेयर सदस्य सम्मान प्रदान गरिएको थियो ।
अधिवेशनले पुन घनश्याम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा राजुकुमार खड्गी, कोषाध्यक्षमा दामोदर मिश्र चयन हुनु भएको छ । सदस्यहरुमा दिपकबहादुर कुमाल, विनोद श्रेष्ठ चयन हुनु भएको छ । ऋण समितिको संयोजक ताराप्रकाश थापा सदस्यहरुमा बुद्धिबहादुर विक र सुरेन्द्रबहादुर पुन रहनु भएको छ । यसैगरी लेखा समितिको संयोजकमा ताराप्रकाश थापा, सदस्यहरुमा हिराबहादुर शाही र रविन बानिया रहनु भएको छ ।
समितिको सल्लाहकारहरुमा धुव्रलाल प्रधान, हरिराज जोशी र सम्मेर गैरे चयन हुनु भएको छ ।