Surkhet - सुर्खेत

  • Home
  • Surkhet - सुर्खेत

Surkhet - सुर्खेत Surkhet - सुर्खेत Surkhet is in Bheri zone, inside mid-western devlopment Region of Nepal which lies in the Asia Continent of the planet Earth.

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशालाकर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दश...
24/08/2025

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र ।
तस्वीर : सुरेश आचार्य/रासस

13/08/2025

सुर्खेतमा आँखामा चक्कु प्रहार गरी फरार अभियुक्त काठमाडौंबाट पक्राउ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा जुम्लाको हिमा गाउँपालिका वडा नं. ३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–९ मा बस्दै आएका २१ वर्षीय नवराज रावत लाई काठमाडौंबाट पक्राउ गरेको छ् ।
Surkhet - सुर्खेत

दैलेखमा किशोरीमाथि यौन दुव्र्यवहार, दुई जना पक्राउ !दैलेखमा साउन २२ गते राति, तीजको कार्यक्रम हेरेर घर फर्किँदै गरेकी एक...
11/08/2025

दैलेखमा किशोरीमाथि यौन दुव्र्यवहार, दुई जना पक्राउ !

दैलेखमा साउन २२ गते राति, तीजको कार्यक्रम हेरेर घर फर्किँदै गरेकी एक १३ वर्षीया किशोरीमाथि बाटोमा दुई व्यक्तिले आक्रमण गरेको घटना सार्वजनिक भएको छ।

साथीहरूसँग फर्कंदै गर्दा उनीहरूलाई दुई जनाले जिस्काउने र धकेल्ने गरेको प्रहरीले जनाएको छ। त्यस क्रममा पीडितलाई ढुंगाले हानेर घाइते गराइएको र त्यसपछि जबरजस्ती शारीरिक दुर्व्यवहार गरिएको आरोप लगाइएको छ।

घटनापछि गाउँलेले पीडितलाई उद्धार गरी प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जाहेरीको आधारमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय एक व्यक्ति र २५ वर्षीय अर्को व्यक्ति पक्राउ परिसकेका छन्।

पीडितको हातमा चोट लागेको र स्वास्थ्य समस्या देखिएकाले अहिले दैलेख अस्पतालमा उपचार भइरहेको छ। उनको आश्रय र कानूनी सहयोगका लागि सोसेक नेपालद्वारा सञ्चालित ‘सेफ हाउस’ मार्फत सहयोग प्रदान गरिएको कार्यकारी निर्देशक हिरासिंह थापाले जनाएका छन्।
Surkhet - सुर्खेत

Inspirational Teacher: उनी हुन् सुर्खेतको एक सरकारी स्कुलमा कक्षा १२ का विद्यार्थीलाई Physics पढाउने शिक्षक गजेन्द्र पुन...
08/08/2025

Inspirational Teacher: उनी हुन् सुर्खेतको एक सरकारी स्कुलमा कक्षा १२ का विद्यार्थीलाई Physics पढाउने शिक्षक गजेन्द्र पुन जसले हालसालै प्रकाशित कक्षा १२ को नतिजामा कर्णाली जस्तो क्षेत्रको सरकारी विद्यालयमा अझ Physics जस्तो गाह्रो विषयमा उनले पढाएका ११८ जना विद्यार्थीहरुमध्ये ११४ जना (९६.६%) परिक्षामा उतिर्ण भएका छन् भने अघिल्लो वर्षपनि ९२% विद्यार्थी उतिर्ण भएका थिए ।

उनी भन्छन्, "हामी सबैले मिहेनत गर्ने हो भने, आफ्नै ठान्ने हो भने सार्वजनिक विद्यालयहरुबाट निजि विद्यालय भन्दा राम्रो नतिजा निकाल्न सकिन्छ । यो नतिजा निकाल्नका लागि १२ वर्षको शैक्षिक अनुभव, विद्यालयको व्यवस्थापन र सबैभन्दा विद्यार्थीहरुको मिहेनत थियो ।" ❤️
Story. Madan Acharya
Surkhet - सुर्खेत

सुर्खेतमा ८ तोला सुन र ५० हजार नगद चोरी गर्ने पक्राउ !जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार साउन २१ गते बिहान करिब सा...
07/08/2025

सुर्खेतमा ८ तोला सुन र ५० हजार नगद चोरी गर्ने पक्राउ !

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार साउन २१ गते बिहान करिब साढे ११ बजेको समयमा यरीचोक, सुर्खेत स्थित कल्पना मल्लको घरबाट २.५ तोला सुनको सिक्री, २.५ तोलाको इन्डियन मंगलसूत्र, २ तोलाको बेरुवा औंठी, १ तोलाको काँक्रेविहार औंठी, झाला, क्लिप, ब्रासलेट र नगद ५० हजार रुपैयाँ चोरी भएको थियो भने घटनाबारे सुचना प्राप्त हुनासाथ प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले घटनास्थल आसपासको सीसीटीभी फुटेजलगायतको सहायताले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा सुनका गरगहना चोरी गर्ने वीरेन्द्रनगर–६ शान्तिटोल बस्ने १८ वर्षीय अर्जुन गहतराजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट चोरी भएका सामग्रीमध्ये सुनको ब्रासलेट, लेडिज औंठी, बेरुवा औंठी र सिक्री फेला पारेको छ। हाल पक्राउ परेका गहतराज विरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Surkhet - सुर्खेत

सुर्खेतमा हेलिकप्टर आकस्मिक अवतरण !कालिकोट देखि नेपालगन्ज बिरामी  लिएर जाँदै गरेको सेनाको हेलिकप्टर मौसम खराबीका कारण बड...
04/08/2025

सुर्खेतमा हेलिकप्टर आकस्मिक अवतरण !
कालिकोट देखि नेपालगन्ज बिरामी लिएर जाँदै गरेको सेनाको हेलिकप्टर मौसम खराबीका कारण बड्डिचौरमा आकस्मिक अवतरण गरेको छ।
Surkhet - सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा सडक दुर्घटना बढ्दै !सुर्खेत वीरेन्द्रनगरस्थित नगरपालिका पुर्व  खेलकुद चोक नजिकै अटो र भ्यान एक ...
04/08/2025

सुर्खेतको वीरेन्द्रनगरमा सडक दुर्घटना बढ्दै !
सुर्खेत वीरेन्द्रनगरस्थित नगरपालिका पुर्व खेलकुद चोक नजिकै अटो र भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनामा अटो पल्टिएको छ भने अटो चालक घाईते भएको जानकारी प्राप्त भएको छ ।
Surkhet - सुर्खेत

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा न ४ मटेला बजार भन्दा ५०० मिटर  अगाडी  बटोबाट करिब ५० मिटर तल बोलेरो गाडी दुर्घटना भएको ...
29/07/2025

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा न ४ मटेला बजार भन्दा ५०० मिटर अगाडी बटोबाट करिब ५० मिटर तल बोलेरो गाडी दुर्घटना भएको छ । गाडीमा सवार यात्रु मध्य ३ जना घाईते भएका छन भने अन्य यात्रु सकुसल रहेका छन ।
Surkhet - सुर्खेत

सुर्खेत वीरेन्द्रनगरको हटियालाइनका मासु, तरकारी र फलफूल पसल ३ महिनाभित्र हटाउन निर्देशन ।Surkhet - सुर्खेत
28/07/2025

सुर्खेत वीरेन्द्रनगरको हटियालाइनका मासु, तरकारी र फलफूल पसल ३ महिनाभित्र हटाउन निर्देशन ।
Surkhet - सुर्खेत

जंगलमा भेटियो मोटरसाइकल, मर्निङ वाल्क गर्नेले देखेपछि प्रहरी लाई दिए जानकारी वीरेन्द्रनगर–१३ फलाटे नजिकको जंगलमा फेला पर...
27/07/2025

जंगलमा भेटियो मोटरसाइकल, मर्निङ वाल्क गर्नेले देखेपछि प्रहरी लाई दिए जानकारी
वीरेन्द्रनगर–१३ फलाटे नजिकको जंगलमा फेला परेको मोटरसाइकल चोरीको भएको पुष्टि भएको छ। ढलेको अवस्थामा भेटिएको बाइक प्रहरी र स्थानीयको रोहबरमा जिम्मा लगाइएको छ।
Surkhet - सुर्खेत

सुर्खेतमा आफ्नै श्रीमतीको हत्या गरि प्रहरीलाई फोन !सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीक...
27/07/2025

सुर्खेतमा आफ्नै श्रीमतीको हत्या गरि प्रहरीलाई फोन !
सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्।

हत्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताएपछि प्रहरीले घटनास्थल पुगेर उनलाई नि'यन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। हत्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Surkhet - सुर्खेत

सुर्खेतको मगलगढि चौकमा शनिवार बिहान अपरिचत २ जना ब्यक्तिले चक्कु प्रहार गर्दा लेकबेशि नगरपालिका वडा न ६ बस्ने ललित परिया...
26/07/2025

सुर्खेतको मगलगढि चौकमा शनिवार बिहान अपरिचत २ जना ब्यक्तिले चक्कु प्रहार गर्दा लेकबेशि नगरपालिका वडा न ६ बस्ने ललित परियार घाईते , प्रदेश अस्पतालमा आखामै प्रहार भएको चक्कु निकाल्न नसकेपछि घाईते परियारलाई नेपालगज रिफर गरिएको छ । घाईते परियारको अबस्था चिन्ताजनक रहेको र चक्कु प्रहार गर्नेहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
Surkhet - सुर्खेत

Address


Website

Alerts

Be the first to know and let us send you an email when Surkhet - सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surkhet - सुर्खेत:

  • Want your business to be the top-listed Finance Company?

Share