Namaste Money Transfer

Namaste Money Transfer We want to Serve You

We Deal
Remittance: Western Union, Himal Remit, Prabhu Money Transfer, Prithivi Remit, Suryoday Remit, Reliable Remit, Siddhartha Remit, Mega Remit, KIST Remit, Century Remit, MTA Money Transfer, Shramik Remit, Incentive Remit n Many More
Others: All kinds of Recharge Cards at Wholesale & Retail, Email/Internet, NetPhone, PhotoCopy, Ncell SIM and UTL RIM Cards etc
We also make Air Ticketing and Conformation

10/03/2022
04/06/2021
Art
03/04/2019

Art

British Residency Surgeon at Kathmandu from 1850-1863, images from 'Sketches from Nipal..." ( THE BRITISH LIBRARY)

20/09/2018
25/06/2016

फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा मेरोबारेमा एउटा टिप्पणी लेखेको छ-विनोद हु नेभर वेन्ट युनिभर्सिटी, रिमेन्स नेपाल वन्ली बिलिनियर (विनोद जो कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपती हुन्)। तपाईंहरूले जस्तै गाउनमा सजिएर मैले उच्च शिक्षा पूरा गरेको प्रमाण-पत्र लिन पाइनँ। सायद, फोब्र्सले यही कुरा दोहोर्‍याएर मलाई दीक्षान्त समारोहको महत्त्व सम्झाइरहेको होला। तपाईंहरूका अगाडि उभिइरहँदा मलाई महसुस भएको छ- मेरो जीवनमा बाँकी रहेको यो अभाव पनि आज पूरा भयो। कलेजको शिक्षा त मैले उहिल्यै सकेको थिएँ। आज तपाईंहरूसँगै दीक्षित हुँदैछु। तपाईंहरूलाई धेरै-धेरै बधाई छ- नेपालको भोलिका बिलिनियरहरूको परिचय दिइरहँदा फोब्र्सले उनीहरू दीक्षित थिएनन् भनेर अब लेख्‍न पाउने छैन।
आजको विश्वमा को व्यक्ति कुन देशमा जन्मिएको हो? कुन परिवारमा जन्मिएको हो? वा कुन विश्वविद्यालयमा अध्ययन गरेको हो भन्ने कुराले गौण अर्थ राख्छ। सफलताको एकाधिकार कुन विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन। तपाईं के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुराको अहं महत्त्व छ। तपाईंहरूले विल गेट्स र स्टिभ जब्सको जीवनी पढ्नुभएकै छ, जसले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेनन् र पनि विश्वका सर्वाधिक सिर्जनशील सोचका उद्यमीका रूपमा पहिलो पंक्तिमा नाम लेखाए। उनीहरूको सपना र त्यसलाई कार्यान्वयन गर्ने दृढताका अगाडि दुनियाँ नतमस्तक साबित भयो। म यहाँ एकजना यस्तो व्यक्तिको नाम लिन चाहन्छु, जसको सपनाले विश्वलाई उनको पछाडि हिँडाउन सम्भव बनाएको छ। उनी हुन्- चिनियाँ नागरिक ज्याक मा। चीनको झेइज्याङ प्रान्तको हाङजोउमा उनी सामान्य परिवारमा जन्मिएका थिए। उनका बाबु-आमा परम्परागत कथा सुनाउने र बाजा बजाउने पेसामा थिए।
३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन्। तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य। केही समयअघिको व्यक्तिगत भेटमा ज्याक माले आफ्नो इतिहास बताए- सन् १९९९ मा साथीहरूसँग ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरिएको हो। ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्ति इन्टरनेट बिजनेसको वादशाह बन्न त्यत्तिकै सम्भव भए होला? उनको सपना चानचुने थिएन। त्यो सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ। त्यसैले आज उनी विश्वका सर्वाधिक चर्चितमध्येका एक सफल उद्यमी बनेका छन्। आज तपाईंसँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ। तपाईं सपना देख्नुस् र संकल्प लिनुस्। सफलता तपाईंको दास नबनी सुखै छैन। मलाई लाग्दैन, तपाईंहरूमध्ये कोही ज्याक माको भन्दा खराब पृष्ठभूमिबाट गुज्रिनु भएको होला।
म फेरि दोहो:याऊँ ? तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराको आडम्बरले भविष्य निर्धारण गर्न सम्भव छैन। तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने धैर्य भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ। १५ वर्षअगाडि सन् २००० को फोब्र्स अर्बपतिको पहिलो १० जनाको सूचीमा कार्लोस स्लिम, अमानसियो ओर्टेगा, चाल्र्स कोच, डेभिड कोचहरूको नाम भेटिँदैन। तर सन् २०१५ मा आइपुग्दा उनीहरूले आफूलाई यो सूचीमा उभ्याएका छन्। त्यतिबेला यो सूची ओगट्नेहरू अहिले पछाडि पर्दै गएका छन्। नेपालमै हेरौं न, १५ वर्षअगाडि नेपालका प्रमुख औद्योगिक घराना भनेर चिनिनेहरू अहिले परिदृश्यमा पुगेका छन् भने नयाँ सोचका साथ व्यवसाय गर्नेहरू ‘फ्रन्टलाइनÓ मा। त्यसैले तपाईंको हजुरबुबा के हुनुहुन्थ्यो वा बुबा के गर्नुहुन्थ्यो भन्ने कुराले तपाईंको भविष्य निर्धारण गर्दैन। तपाईं आफ्नो सिर्जनाले मात्रै जीवनमा नयाँ रङ भर्न सक्नुहुन्छ।
आजको विश्व तपाईंहरूकै हो। तपाईंकै पुस्ताको हो। अझ प्रस्ट रूपमा भनूँ, तपाईंहरूको सिर्जनशीलता (इनोभेसन) को हो। तपाईंहरूका समकक्षी ३० वर्षभन्दा कम उमेरका युवाको सिर्जनशीलताले संसार हल्लाइरहेको छ। मैले देखिरहेको छु, अहिले मलाई सुनिरहँदा पनि तपाईंहरू यस कार्यक्रमका गतिविधि फेसबुक र ट्विटरमा अपडेट गरिरहनुभएको छ। तपाईंका औंला मोबाइलको कि-प्याडमा दौडिरहेका छन्, गुगलमा कुनै सामग्री खोज्न। तपाईंहरू जस्तै विश्वविद्यालयको कलिलो विद्यार्थी मार्क जुकरवर्गले फेसबुकको सिर्जना गरी अर्बपतिको पहिलो लहरमा नाम लेखाउँदा उनी जम्मा २३ वर्षका थिए।
आज विश्वका एक अर्बभन्दा धेरै मानिस बरु एक छाक छोड्न तयार होलान् तर फेसबुक छोड्न तयार छैनन्। इन्टरनेट सर्च इन्जिनको वादशाह गुगलको स्थापना गर्दा यसका संस्थापक लारी पेज २५ वर्ष र सरगेई ब्रेन २४ वर्षका मात्रै थिए। इन्टरनेट दुनियाँमा उनीहरूले जबर्जस्त शासन गरिरहेका छन्। आज पनि उनीहरू भ्लादिमिर पुटिन, बाराक ओबामा, सी जिनपिङसँगै विश्वका सर्वाधिक शक्तिशाली १० व्यक्तिको हैसियत राख्छन्। यसको अर्थ हो, आजको दुनियाँलाई काबुमा राख्न रसिया, अमेरिका वा चिनियाँ राष्ट्रपति नै हुनुपर्छ भन्ने होइन रहेछ। नयाँ सिर्जनाले पनि उनीहरू बराबरकै हैसियत राख्न सकिन्छ।
कुरा अमेरिका, युरोपको मात्रै होइन, हाम्रा छिमेकी मुलुक चीन र भारतमा ३० वर्षभन्दा कम उमेरमा कर्पोरेट दुनियाँमा आफूलाई स्थापित गर्नेहरूको सूची निकै लामो छ। विवेक नायर र कुनाल शाह यस्तै दुई भारतीय युवा हुन्, जसले ३० वर्षभन्दा कम उमेरमा दमास्कस फोर्चुनको कार्यकारी र गोल्डम्यान स्याक्सको प्रबन्ध निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। चाई की, चेन फाङवी, गावो पेङछेङ जस्ता ३० वर्षभन्दा कम उमेरका युवाले चीनका चर्चित इन्टरनेट टेक्नोलोजी कम्पनीका कार्यकारी प्रमुखको हैसियत राख्छन्। ख्याल राख्नुस्, अधिकांश युवाको सफलता सूचना प्रविधिका क्षेत्रमा निकै लोभलाग्दो छ। फोब्र्सको एक वाक्य म यहाँ उल्लेख गर्न चाहन्छु- तपाई संसार परिवर्तन गर्न चाहानुहुन्छ भने तपाई तीस वर्षको कम उमेरको हुनु सकारात्मक हो। यो मौका नेपाली युवाले गुमाउनुपर्छ भन्ने केही छ र? ‘तपाईंले यो मौका गुमाउनु भएन?’, मलाई यो प्रश्न सोध्न चाहिरहनु भएको छ भने मेरो उत्तर हुनेछ- अहँ गुमाइनँ।
म तपाईंहरूसँग मेरो जिन्दगीको बारेमा बताउनुअघि एउटा कथा सुनाउन चाहन्छु, ‘सपना’ शीर्षकमा। काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो। ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो, नेवारी भाषा पनि फररर बोल्ने। तर केही मानिसहरू उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे, कतै आफ्नै भाग खोस्ने हो कि जस्तैगरी। उसका हजुरबुबाले न्युरोडमा एउटा कबल भाडा लिएर कपडा पसल चलाउँथे। बाबुले त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे, अरुण इम्पोरियम नाममा। बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाबकिताब दुरुस्त राखोस्। तर छोरो भने डिपार्टमेन्टल स्टोरलाई कसरी देशकै सबैभन्दा प्रख्यात स्टोर बनाउने भन्ने सपना देख्थ्यो। उसले अरुण इम्पोरियमलाई त्यो तहमा पु:याएरै छोड्यो। बाबु चाहन्थे, छोरोले डिपार्टमेन्टल स्टोर धानेर बसोस्, तर छोरो भने डिपार्टमेन्टल स्टोर त छँदैछ नि अब डिस्को खोल्नुपर्छ भन्ने सपना देख्थ्यो र दरबारमार्गतिर दौडिन्थ्यो।
आखिर उसले कपर ल्फोर नामको डिस्को खोलेरै छोड्यो। केटोले भर्खर १८ वर्षमा टेकेको थियो, बाबुलाई ‘हर्ट अट्याक’ ले कमजोर बनायो। उसले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुप:यो। त्यसपछि उसले एकपछि अर्को सपना देख्न थाल्यो। यही विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उसले व्यावसायिक ढंगले अगाडि बढायो। एक दिन उसले अलि फरक सपना देख्यो, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने। जबकि त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए। उसले वाईवाई नामको नुडल्स फ्याक्ट्री खोलेरै छोड्यो। वाईवाई कति लोकप्रिय बन्दै गयो भने विश्व नुडल्स बजारमा अहिले दुई प्रतिशतको हिस्सा ओगटेको छ। विश्वका ३२ देशमा यसका उपभोक्ता छन्।
२०५० सालको दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो। लगानीकर्ता नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए। त्यहीबेला केटाले अर्को सपना देख्यो-नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको औद्योगिक ग्राम बनाउन सम्भव छ भन्ने। उद्यमी व्यवसायीका नेताहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, त्यो केटो भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको थियो। माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए। आखिरमा त्यो केटोले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छोड्यो। त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन्। अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइटहरू पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ।
एक रात केटाले झनै फरक सपना देख्यो- नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन? यो सपनाले केटालाई दिनरात पिछा छोडेन। आखिर उसले निर्णय लिएरै छोड्यो- विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ। उसले त्यो दिन बुझ्यो- सपनाको कुनै सीमा हुँदैन। त्यसपछि उसले नेपालमा लगानी विस्तार गरी नै रह्यो र विदेशका सम्भावना पछ्याउन थाल्यो। आज उसले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एअरपोर्टको अगाडि सानदार :याडिसन होटेल चलाइरहेको छ। ताज ग्रुपसँगको सहकार्यमा भारत, माल्दिभ्स, श्रीलंकालगायतका मुलुकमा विश्वविख्यात होटेलमा साझेदारी गरिरहेको छ। होटेल रिसोर्टमा उसले अहिले ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित गरिसकेको छ, जसको एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ। होटेल एन्ड रिसोर्ट विस्तारका लागि ऊसँग मिसन- २०२० तयार छ, सन् २०२० सम्ममा विश्वमा दुई होटेल स्थापना गर्ने। त्यो मिसन रफ्तारमा कार्यान्वयनमा छ।
आज ऊसँग पाँचै महाद्वीपमा फैलिएका एक सय ५६ कम्पनी र विश्वविख्यात ८६ ब्रान्ड छन्। सन् २०१३ को मार्चमा फोब्र्सले घोषणा ग:यो- ऊ अब एक मात्र नेपाली डलर अर्बपति बन्यो। तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष।
मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन। सपना देखेर मात्रै सम्भव भएको हो। जतिबेला मैले सपना देख्न सुरु गरें, त्यतिबेलाको मेरो वित्तीय हैसियत अहिले तपाईंहरूको जस्तो छ सायद्, त्योभन्दा खासै फरक थिएन। त्यसैले म फेरि भन्छु- सपना देख्नुस्। र, सपना पछ्याउनुस्। पैसाको अभावमा तपाईंको सपना मर्नै सक्दैन।
व्यवसायका क्रममा म विश्वका विभिन्न देशका सहरहरूमा पुगिरहन्छु। प्राय: सबै सहरमा नेपालीसँग भेट हुन्छ। जब ती नेपाली मलाई भेट्छन्, उनीहरूका अनुहारमा भिन्न प्रकारको उत्साह, जाँगर र आत्मविश्वास भरिएको देख्छु। म उनीहरूको मनोभावना पढ्ने कोसिस गर्छु। सायद, उनीहरूको मनले भनिरहेको हुँदो हो- हामी नेपाली पनि कहाँ कम छौं र? नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका कर्पोरेटहरूसँग दाँज्न मिल्ने कर्पोरेट हाउस जन्मिसकेको छ। जब मैले विश्वभर छरिएका नेपालीको अनुहारमा यो भावना पढ्न पाउँछु, विश्वको सबैभन्दा उच्च महत्त्वको पुरस्कार पाएसरह खुसी हुन्छु।
आज मलाई तपाईंहरूसँग एउटा कुरा माग्न मन छ, के तपाईंहरू दिन तयार हुनुहोला? मिल्छ भने मलाई तपाईंहरू उमेर सापटी दिनुस्न, साँच्चै भनूँ, मलाई अर्को ४० वर्ष यसैगरी द्रूतगतिमा कुद्ने मन छ ताकि नेपालको आर्थिक विकासमा कायापलट गर्न सकियोस्। तर तपाईंहरू चाहेर पनि उमेर सापटी दिन सक्नुहुन्न होला? मलाई दिन नमिल्ने यस समयलाई तपाईंहरू आफैंले उपयोग गर्न त सक्नुहुन्छ नि। वास्तवमा मलाई तपाईंको उमेर सापटी चाहिएको होइन, तर तपाईंबाट आफ्नो यस स्वर्णिम समय खेर फाल्ने छैन भन्ने प्रतिबद्धता भने पक्कै चाहिएको हो। तपाईंहरू आज मसँग यो प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ, हैन?
मलाई पनि मन थियो, विश्वविद्यालय जाने। उच्च शिक्षा हासिल गर्ने। त्यतिबेला मेरो लक्ष्य भनेकै चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने थियो। तर पूरा भएन। जीवनको लक्ष्य पूरा नहुँदा जो-कसैलाई चित्त दुख्छ, मेरो पनि दुखेको थियो। आज फर्केर हेर्दा लाग्छ, म सीए बनेको भए कुनै कम्पनीको उच्च ओहोदामा रहेर नाफा-नोक्सानको हिसाबकिताब गरिरहेको हुने थिएँ। सायद, मेरो जीवनको यात्रा यत्तिमै टुंगिने थियो।तपाईंहरूको विश्वविद्यालयले ‘कि नोट स्पिकर’ का रूपमा आमन्त्रण गरिसकेपछि मैले मानव संसाधन विभागसँग ग्रुपमा नेपालभित्र कार्यरत सीएहरूको विवरण लिएँ। तथ्य हेर्दा एकपटक म आफैं रोमाञ्चित भएँ- चौधरी ग्रुपमा अहिले ३५ जना सीए कार्यरत रहेछन्। म अफिसमा एक्लै रहेका बेला आफैंसँग प्रश्न सोधें- विनोद, सीए भएको भए के तिमीले यति संख्यामा सीएलाई जिम्मेवारी दिन पाउँथ्यौ? अहिले चौधरी ग्रुपमा १० हजारभन्दा धेरै प्रतिस्पर्धी क्षमताका कर्मचारीको नेतृत्व गर्न पाउँदा मलाई निकै सन्तोष मिल्छ। कहिलेकाहीं जीवनको एउटा ढोका बन्द हुँदा सयौं ढोका खुल्दा रहेछन्।
म तपाईंहरूलाई उद्यमी बन्न प्रोत्साहित गर्छु। अर्थात् रोजगारदाता बन्नुस्। देशको आवश्यकता यही हो। राजनीतिक वा सामाजिक आँखाबाट हेर्दा देखिने देशका तमाम समस्याको समाधान भनेकै देशमा बढीभन्दा बढी लगानी गर्नु हो। त्यो लगानीबाट प्राप्त हुने मुनाफालाई पुन: लगानी नै गर्नु हो। उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्नु हो।
देशको युवा जनशक्ति उद्यम व्यवसायमा केन्द्रित हुने हो भने नेपालमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो छैन। प्रत्येक नेपालीको मासिक आम्दानी २० हजार रुपैयाँ पु:याउन पनि गाह्रो छैन। तर प्रत्येक दिन १५ सय युवालाई वैदेशिक रोजगारमा पठाएर यो उपलब्धि हासिल गर्ने कल्पना भने नगरे हुन्छ। किनभने कुनै पनि देशको विकासको मेरुदण्ड भनेकै युवा जनशक्ति हो, जसलाई नेपालको आर्थिक विकासको अभिन्न अंगका रूपमा उपयोग गर्नैपर्छ।
एक कदम अगाडि बढेर मेरो सुझाव छ- अब तपाईंहरू सामाजिक व्यवसायी (सोसल बिजनेस) बन्ने बाटोमा अग्रसर हुनुपर्छ। यस्तो बिजनेस जहाँ तपाईंले सिर्जनशील व्यावसायिक सोच कार्यान्वयन गरिरहँदा समाज प्रत्यक्ष रूपमा लाभान्वित होस्। यी व्यवसाय विस्तार हुँदै जाऊन्, जसका कारण धेरैभन्दा धेरै नेपाली युवा उद्यमी बन्न सकून्। म अहिले नेपालमा सोसल बिजनेस कार्यान्वयनमा केन्द्रित भइरहेको छु।
चौधरी ग्रुपले नोबेल पुरस्कार विजेता प्रो. मोहम्मद युनुसले अगाडि सारेको सोसल बिजनेसको अवधारणालाई नेपाली समाजमा लागू गर्दैछ। यसका लागि चौधरी ग्रुप र लायन्स क्लब इन्टरनेसनलले सहकार्य गरिरहेका छौं। हाम्रा चारवटा पाइलट प्रोजेक्ट जुम्लामा सुरु हुँदैछन् भने सुदूर-पश्चिमाञ्चल र मध्य-पश्चिमाञ्चलका २४ जिल्लामा विस्तारको प्रक्रिया सुरु भइसकेको छ। सोसल बिजनेसका लक्षित समूह तिनै युवा हुन्, जोसँग बिजनेसका सिर्जनशील सोच भएर पनि पुँजीको अभावमा त्यसै खेर गइरहेका छन्। त्यस्ता युवामाथि हामी लगानी गर्छौं र उनीहरूलाई उद्यमी बनाउँछौं। मेरो सपना पाँच वर्षभित्र पाँच हजार युवालाई उद्यमी बनाउनुपर्छ भन्ने छ। तपाईंहरू पनि यसको हिस्सेदार बन्न सक्नुहुनेछ।
तर सोसल बिजनेसको उद्देश्य दान दिनु भने कदापि होइन। दान बाँडेर सामाजिक समस्याको समाधान हुन्छ, गरिबीको अन्त्य हुन्छ भन्नेमा मेरो पटक्कै विश्वास छैन। आजको विश्वमा रहेको सम्पूर्ण सम्पत्ति सात अर्ब जनसंख्यालाई दामासाहीको रूपमा बाँड्यो भने विश्वका सबै मानिस धनी हुन्छन्। कोही पनि गरिब हुनु पर्दैन। तर पाँच वर्षपछि ती सबै मानिस गरिब हुनेछन्, जो आज गरिब छन्।तिनै मानिस धनी हुनेछन्, जो आज धनी छन्। किन? आज जति पनि मानिस धनी भएका छन्, कर्मशील भएकै कारण धनी भएका हुन्। जो कर्मशील छैनन्, उनीहरूलाई पैसाको भारी बोकाइदिए पनि एक दिन गरिबीमै झर्छन्। त्यसैले माछा दिएर हैन, माछा मार्ने कला सिकाइदिएर मात्रै गरिबीको अन्त्य गर्न सम्भव छ भन्नेमा मलाई पूरै विश्वास छ। सोसल बिजनेसको उद्देश्य ठीक यही हो।
सफल उद्यमी-व्यवसायी बन्नका लागि केही निश्चित नियम पालना गर्नैपर्छ। म यहाँ तपाईंहरूलाई १० वटा बुँदामा ‘बिजनेस मन्त्र’ दिन चाहन्छु, जसलाई मैले मेरो आत्मकथामा विस्तृत रूपमा प्रस्तुत गरेको छु- १. उच्च महत्त्वाकांक्षा, २. संगठन निर्माण, ३. हार नखानुस्, ४. बजार चेत, ५. नकारात्मक सोच्नुको फाइदा, ६. व्यग्रता नेगोसियसनको शत्रु, ७. सफलताले सफलता पछ्याउँछ, ८. खर्च घटाउनुस्, ९. अनुशासन र १०. अपडेट रहनुस्।
यसको मतलब तपाईंहरू बिजनेसबाहेक अन्यत्र नजानुस् भनेको होइन। आफूले के गर्ने र के बन्ने भन्ने तपाईंको आफ्नै निर्णय सबैभन्दा महत्त्वको हो। अन्योलमा पर्नुभयो- आफैंसँग सोध्नुस्। जे उत्तर आउँछ त्यही गर्नुस्। तर जे गर्नु छ, तन, मन र वचनका साथ गर्नुस्। लक्ष्य निर्धारण गर्नुस् र आफैंलाई पटकपटक जाँच्नुस्। यसो गर्नुभयो भने अरूले जाँच्दा तपाईं कहिल्यै फेल हुनुपर्ने छैन। तपाईंहरूमध्ये अधिकांशका बाबुआमा छोराछोरी सरकारी सेवामा जाऊन् भन्ने चाहना राख्नुहुन्छ। सरकारी सेवामा जान चाहने आजको पुस्ताले वर्तमान कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन गर्ने लक्ष्यका साथ त्यहाँ प्रवेश गर्नुहोस् भन्ने मेरो शुभेच्छा छ। सजिलो गरी पैसा कमाउने अड्डा ताक्नुको साटो कसरी समग्र कर्मचारीतन्त्रको तलब पाँच गुणा वृद्धि गर्न सकिन्छ भन्ने सोचसहित त्यहाँ जानुस्।
यति मात्रै सोच्नुस् त, तपाईंको तलब पाँच गुणाले वृद्धि हुँदा नेपाली समाजको आर्थिक स्तर कुन तहमा पुगेको हुनेछ? तपाईंले आफ्नो तलब पाँच गुणाले बढाउने लक्ष्य पूरा गर्न देशको अर्थतन्त्रको विस्तार कम्तीमा तीन गुणा गराउनुपर्ने हुन्छ। त्यो दिन तपाईंको तलब त बढ्छ नै, नेपालको पहिचान पनि विकासशील मुलुकका रूपमा हुनेछ। तपाईं चाहे प्राध्यापक बन्नुस्, चाहे कलाकार, चाहे वकिल बन्नुस् वा पत्रकार जहाँ भए पनि आखिर हामीले सोच्ने तरिका भने यस्तै हुनुपर्छ, जहाँ देशको आर्थिक विकास पहिलो प्राथमिकतामा रहोस्।
आज म तपाईंहरूलाई गल्ती गर्नका लागि प्रोत्साहित गर्छु। तर सही उद्देश्य प्राप्तिका लागि। गल्ती त्यसले मात्रै गर्छ, जसले नयाँ सिर्जनाका लागि आफैंलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ। त्यसैले तपाईंहरूले पनि आजैका दिनदेखि गल्ती गर्न सुरु गर्नुस्। जब गल्ती गरेको थाहा हुन्छ, त्यसलाई सच्याउनुस्। गल्ती जीवनको सबैभन्दा ठूलो शिक्षा हो। गल्ती प्रगतिको सूचक हो। गल्ती गर्नु कुनै गल्ती होइन। गल्तीबाट पाठ नसिक्नु गल्ती हो। भनिन्छ नि- सच्याएको गल्ती बिलाएर जान्छ। तर लुकाएको गल्ती कुहिन थाल्छ। तपाईंले गल्ती गर्न सुरु गर्नुस्। यसको अर्थ हो तपाईंले प्रगति गर्न थाल्नुभयो।
तपाईंहरू भाग्यवादमा कति विश्वास राख्नुहुन्छ? म भने केही विश्वास अवश्यै राख्छु । जब दत्तचित्त भएर काम गरिन्छ, त्यसमा अलिकति भाग्य पनि मिसियो भने सुनमा सुगन्ध नै हुन्छ। एकपटक प्रख्यात पण्डित राधाकृष्णनलाई सोधिएको थियो- तपाईं भाग्यलाई कसरी लिनुहुन्छ? उहाँले सुन्दर उदाहरण प्रस्तुत गर्नुभयो- तासको गड्डीबाट थुत्दा जुन-जुन तास आए, ती तपाईंको भाग्यले आए। तर थुतेका तासहरू मिलाएर जे बनाउनुभयो, त्यो तपाईंका कर्मले बनाउन सक्नुभयो। मानिसले ठीकैका तास आएर पनि जित्न सक्छ र राम्रा तास आएर पनि हार्न सक्छ। तर हार्ने मान्छेले जहिले पनि तासलाई नै दोष दिन्छ। मेरो सल्लाह, तपाईंले आफ्नो वर्तमान अवस्थालाई दोष नदिनुस्। पहिले कर्म गर्नुस् अनि भाग्यको आशा गर्नुस्। तपाईं जतिसुकै भाग्यमानी हुनुहोला, डोकोमा दूध दुहिन थाल्नुभयो भने अवश्यै अडिँदैन।
आज तपाईंहरूका बाबुआमा यहाँ उपस्थित हुनुहुन्छ, तपाईंहरूको अनुहारमा भरिएको खुसी हेर्न। उहाँहरूले आजसम्म पनि तपाईंहरूको अनुहार कुनै दिन मलिनो होला कि भनेर आफ्ना सारा सुख त्याग्नुभयो। थाहा छ- अब तपाईंहरूको पालो सुरु भयो, आमाबाबुको अनुहारमा खुसी भर्ने। सम्झिनुस् त, अबको १० वर्षमा तपाईंहरूले आफ्ना प्रियतम, बालबच्चा र आमाबाबुका लागि एकैसाथ खुसी दिन सक्नुपर्नेछ। कलेजका असाइन्मेन्ट पूरा गरेर तपाईं आज दीक्षित हुनुभयो। कम्तीमा एकदशकका लागि एकमुष्ठ रूपमा यो मेरो असाइन्मेन्ट तपाईंहरूका लागि। यो असाइन्मेन्ट मलाई देखाइरहनु पर्दैन। आफैंले चेक गर्नुहोला। आमाबाबु, आफ्नो प्रियतम् र बालबच्चाको अनुहारमा हेर्नुहोला। उनीहरूका अनुहार खुसी छन् भने तपाईं आफ्नो जीवनमा पनि दीक्षित हुनुभयो।
पूर्वाञ्चल बिश्वबिद्यालयको दीक्षान्त समारोहमा व्यक्त विचार

23/05/2016
22/05/2016
Save on your wall
22/05/2016

Save on your wall

17/05/2016

our association with......

@  Belbhariya
01/05/2016

@ Belbhariya

Service of City Express Money Transfer is available at Yojana Saving & Credit Cooperative Ltd, Belbhariya

18/04/2016

सदस्यता को लागि सम्पुर्ण इच्छुक महानुभावहरुलाई अनुरोध गर्दछौं ।

Address

Gajedi 2
Rupandehi
977

Alerts

Be the first to know and let us send you an email when Namaste Money Transfer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Money Transfer:

Share