महर्षी मेँहीँ कृषि सहकारी संस्था लिमिटेड, रङेली-७, मोरङ

  • Home
  • Nepal
  • Rangeli
  • महर्षी मेँहीँ कृषि सहकारी संस्था लिमिटेड, रङेली-७, मोरङ

महर्षी मेँहीँ  कृषि सहकारी संस्था लिमिटेड,  रङेली-७, मोरङ It is a Co-operative which provides the local public to access loan & saving as well agricultural aspects.

Co-Operative Structure:-


Chairman/Managing Director: Sri Asheswar Prasad Sah

Vice-Chairman: Sri Mithlesh
Adhikari

Secretary: Sri Amit Kumar Yadav

Treasurer: Sri Kanhaiya Lal Sah

Member: Sri Ram Narayan mandal

M

ember: Sri lakhanlal Rajbanshi

Member: Sri Rinku Devi Sah

जय सहकारी🙏🙏आज सहकारी संस्था द्वारा आयोजित माटो जाँच शिविर कार्यक्रम सम्पन्न !प्रतिकूल परिस्थिति बावजुद पनि ४४ जना कृषकहर...
24/05/2026

जय सहकारी🙏🙏
आज सहकारी संस्था द्वारा आयोजित माटो जाँच शिविर कार्यक्रम सम्पन्न !
प्रतिकूल परिस्थिति बावजुद पनि ४४ जना कृषकहरूको खेतको माटो परीक्षण गराउन प्राविधिक सहयोग उपलब्ध गराइ दिने जी एम टि कृषि सामग्री कम्पनी,भरतपुर चितवन प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

सूचना          ~            सूचना        ~           सूचनानिःशुल्क माटो जाँच शिविर हुने बारे ! ...    यस महर्षी मेही कृष...
20/05/2026

सूचना ~ सूचना ~ सूचना

निःशुल्क माटो जाँच शिविर हुने बारे ! ...

यस महर्षी मेही कृषि सहकारी संस्थाले जी एम टि कृषि सामग्री भरतपुर, चितवनको प्राविधिक सहयोगमा तपसिल बमोजिम निम्न मिति समय र स्थानमा १ दिने निःशुल्क बृहत माटो जाँच शिविर आयोजना गरिने भएकोले आफ्नो खेतको माटो परीक्षण गराई मौकाको फाइदा उठाउन हार्दिक अनुरोध गर्दछौ !
जय सहकारी 🙏🙏🙏

तपसिल :-
मिति :- २०८३ साल जेष्ठ १० गते आइतबारका दिन
समय :- बिहान १० बजेदेखि ४ बजेसम्म
स्थान :- संस्थाको आफ्नै कृषि भवनको प्राङ्गणमा

नोट :- माटोको परीक्षण नमुना सङ्कलन गर्दा जग्गा प्लटको तीन ३ देखि ४ ठाउँबाट ८ इन्च गहिरो खनेर सबै ठाउँको अलि अलि माटो मिक्स गरी ल्याउनुपर्ने हुन्छ !

आज संस्थाद्वारा कृषक तालिम सम्पन्नमिति २०८२/०१/१९
02/05/2026

आज संस्थाद्वारा कृषक तालिम सम्पन्न
मिति २०८२/०१/१९

28/04/2026

खुशीको खबर ~ खुशीको खबर ~ खुशीको खबर
१ दिने कृषक तालिम हुने सम्बन्धमा ...

यस सहकारी संस्थाको नीति अनुसार स्थानीय कृषकहरूलाई मलखाद, बिउबिजन, किटनाशक प्रयोग सहित माटो बचाउ अभियान अन्तर्गत ~ " माइन्ड पावर करियर डेभलपमेन्ट इन्टरनेसनल ट्रेनिङ सेन्टर " विराटनगर मोरङ को प्राविधिक सहयोगमा तपसिल बमोजिम १ दिने निःशुल्क तालिमको आयोजना हुने भएकोले इच्छुक कृषक दाजुभाइहरूलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गर्दछौं ।

तपसिल :-
मिति :- २०८३ साल वैशाख १९ गते शनिबारका दिन
समय :- बिहान ११ बजेदेखि
स्थान :- संस्थाको आफ्नै खाद्यान्न भवन

आयोजक :-
महर्षी मेही कृषि सहकारी संस्था लिमिटेड
रङ्गेली - ७, मोरङ
सम्पर्क :- ०२१-५८०६७०, ९८०१०८९१११

नाम दर्ता अन्तिम मिति:-
२०८३ साल वैशाख १८ गते शुक्रबारका दिन सम्म

20/04/2026

कर्मचारी आवश्यकता :-
यस संस्थाका लागि योग्य, सक्षम र अनुभवी कर्मचारीहरु आवश्यक भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो
Bio Data सहित आवेदन आह्वान गरिन्छ ।
१) सह-व्यवस्थापक - १ जना
# वाणिज्य (Commerce) संकायमा कम्तीमा १२ कक्षा पास वा सो भन्दा माथि
# बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव
# सहकारी नीति र वित्तीय प्रणालीको ज्ञान भएको
# कम्प्युटर ज्ञान (MS Office: Word, Excel आदि)
# राम्रो नेतृत्व क्षमता र सञ्चार सीप भएको
# स्थानीय विवाहित महिलालाई विशेष ग्राह्यता
# तलब सेवा सुविधा संस्थाको नियमानुसार ।
२) कर्जा सहायक - १ जना
# वाणिज्य (Commerce) संकायमा कम्तीमा १२ कक्षा पास वा सो भन्दा माथि
# सहकारी नीति तथा नियमको आधारभूत ज्ञान
# प्रशासनिक कार्यसँगै हिसाबकिताब बुझ्ने क्षमता
# कर्जा/ऋण सम्बन्धी कामको अनुभव भएको
# स्थानीय बजार सम्बन्धी राम्रो जानकारी भएको ।
# कम्प्युटर ज्ञान (MS Office: Word, Excel आदि)
# तलब सेवा सुविधा संस्थाको नियमानुसार ।
३) ट्रेक्टर ड्राइभर - १ जना
# चालक अनुमति पत्र भएको
# Tractor सम्बन्धी राम्रो ज्ञान भएको
# सामान्य लेखपढ गर्न सक्ने स्थानीय
# स्थानीय कृषि क्षेत्रको ज्ञान भएको
# आपसी समझदारीमा अनुसार तलब सेवा

नोट:- हस्त लिखित आवेदन अनलाइन मार्फत पनि दिन सकिनेछ !
आवेदन दिने अन्तिम मिति २०८३/ ०१ /१७ सम्म !

सम्पर्क :-
महर्षि मेही कृषि सहकारी संस्था लिमिटेड
रङ्गेली -७, मोरङ्ग
०२१-५८०६७०, ९८१५३०५५०७
Whats app No. - ९८०१०८९१११
Email :- [email protected]

नववर्ष २०८३ को हार्दिक शुभकामनानववर्षको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य बचतकर्ता कर्मचारी एवं शुभेच्छुक वर्गमा सुख शान्त...
14/04/2026

नववर्ष २०८३ को हार्दिक शुभकामना
नववर्षको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य बचतकर्ता कर्मचारी एवं शुभेच्छुक वर्गमा सुख शान्ति समृद्धि को हार्दिक मङ्गलमय शुभकामना 🙏

आज ६९ औ राष्ट्रिय सहकारी दिवससम्पूर्ण सहकारीकर्मीहरूमा हार्दिक शुभकामना ।जय सहकारी
03/04/2026

आज ६९ औ राष्ट्रिय सहकारी दिवस
सम्पूर्ण सहकारीकर्मीहरूमा हार्दिक शुभकामना ।
जय सहकारी

सूचना          ~          सूचना         ~          सूचनानिःशुल्क आँखा जाँच शिविर  ! ....... संस्थाको सामाजिक उत्तरदायित्...
23/03/2026

सूचना ~ सूचना ~ सूचना
निःशुल्क आँखा जाँच शिविर ! .......
संस्थाको सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै यस वर्ष पनि ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगर आँखा अस्पताल रानी को प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविरको आयोजना हुने भएकोले सम्बन्धित सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं ।

13/01/2026

महर्षि मेही कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा भाव्यताका साथ सम्पन्न ।।
२०८२ साल गत्ते २८ गते सोमबार
"आजको आवश्कता सहकारीमा अवद्धता" भन्नेे मुल भावका साथ महर्षि मेही कृृृषि सहकारी संस्थाको ऐतिहासिक १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मोरङ जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा सम्मानित यस महर्षी मेही सहकारी संस्थालेे आफ्नैै खाद्यान्न अनाज भवनको प्राङ्गणमा उक्त कार्यक्रम गरिएको थियो । साधारण सभामा आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार संस्थाले कुल ४ करोड ३३ लाख ३६ हजार चार ४ सय ६१ करोड रुपैया लगानी गरेकाे छ । संस्थाले १ करोड १६ लाख ४१ हजार ७ सय ८३ रुपैयाँ २९ पैसा कुल आम्दानी गरी १ करोड ११ लाख ६४ हजार ८५ रुपैया ९६ पैसा खर्च गरेको छ । संस्थाले ४ लाख ७७ हजार ६ सय ९७ रुपैया ३३ पैसा शुद्ध मुनाफा समेत गरेको छ ।
संस्थाको आगामी आर्थक वर्ष २०८२/ ८३ मा रू १ करोड ३७ लाख २१ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने गरी लक्ष्य तथा योजना लिएको छ । त्यसैगरी संस्थाले वित्तीय कारोबार सँगै स्थानीय कृषि क्षेत्रमा रहेका बिभिन्न समस्याहरु लाई सहजीकरण सँगै व्यवसायिकरण गर्ने गरी कृषकहरूले कृषि कार्य गर्दा लाग्ने सम्पूर्ण लागत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै हाल कृषकहरूले उत्पादन गरेका खाद्यान्न अनाजलाई कृषि मण्डी बजारको अवधारणा अनुसार खाद्यान्न खरिद बिक्री एबम् भण्डारण समेत गर्दै आएका छन् ।
संस्थाको बार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना संस्था का अध्यक्ष- श्री अशेश्वर प्रसाद साह ले प्रस्तुत गरेका थिए । संस्थाका धितो मूल्याङ्कन संयोजक रामनारायण मण्डलले स्वागत मन्तव्य दिएका थिए ।
उक्त संस्थाकाे ६ सय ८० जना शेयर सदस्य रहेको छ । सदस्य र समाजमा समर्पित संस्थाले सामाजिक उत्तरदायित्व निर्बाह गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । संस्थाले शेयर सदस्यलाई ऋणी मात्र नबनाई धनी बनाउने उद्देश्य लिई रङ्गेली नगरपालिका, सुनवर्सि नगरपालिका लगायत धनपालथान गाउँपालिका मा कृषि तथा व्यवसायिक क्षेत्रमा कारोवार गर्दे आइरहेको छ । उक्त भव्य समारोहका बिच दोसल्ला ओढाएर अबिर माला पुरस्कार सहित सस्थाले ७ जना जेष्ठ नागरिक सदस्य, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी, २ जना उत्कृष्ट बाल बचतकर्ता र ८ जना कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । साथै १ जना युवा कृषि उद्यमी लाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो !
प्रमुख अतिथिमा राष्ट्रिय सहकारी बैंक लिमिटेड, कोशी प्रदेश प्रमुख चिरञ्जीवी तिम्सिना ज्यूले पानसमा दियो बालेर महर्षी मेही को तस्बिरमा माल्यार्पन गर्दै साधारण सभाको उद्धाटन गर्नु भएको थियो । बिशिस्ट अतिथिहरुमा जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड, बेलबारी का उपाध्यक्ष सोवित पौडेल नेपाल, त्यसैगरी रङ्गेली नगरपालिका कृषि विभागका प्रमुख वीरेन्द्र मण्डल सहीत अतिथिहरुमा भिन्न वित्तीय संघ संस्था तथा कार्यालयका प्रतिनिधिहरु जगरनाथ मण्डल, गौराङ देव दास, फेकन कामत, अरविन्द कुमार शाह, विश्वर सिंह राई, विनोद कुमार यादव, राधे श्याम साह, कमलेश मण्डल, शत्रुधन रजक, राम नरेश झा, प्रमाेद चक्रवति, सरोज साह, लगायतकाे उपस्थिति रहेको थियोे ।
कार्यक्रम संचालन संस्थाका सचिव अमित कुमार यादवले गरेका थिए भने साधारण सभाको संयोजन कन्हैया लाल साहले गरेका थिए । संस्थाका अध्यक्ष - अशेश्वर प्रसाद साहको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियोे ।

संस्था का सम्पूर्ण सेयर सदस्य लगायत शुभेच्छुक महानुभावहरूमा हार्दिक निमन्त्रणा 🙏🌹🙏
09/01/2026

संस्था का सम्पूर्ण सेयर सदस्य लगायत शुभेच्छुक महानुभावहरूमा हार्दिक निमन्त्रणा 🙏🌹🙏

Address

Man Mohan Gandhi Marg , Malpot Office Line, Rangeli/7, Morang
Rangeli
021-580670

Opening Hours

Monday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9842089111

Website

Alerts

Be the first to know and let us send you an email when महर्षी मेँहीँ कृषि सहकारी संस्था लिमिटेड, रङेली-७, मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to महर्षी मेँहीँ कृषि सहकारी संस्था लिमिटेड, रङेली-७, मोरङ:

Share