27/08/2026
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको Management Team द्वारा Info Developers का Director श्री अरविन्द प्रधानज्यू तथा पोखराका Business Development Manager श्री सुवास आचार्यज्यू बाट सफ्टवेयरसम्बन्धी महत्वपूर्ण जानकारी तथा प्रस्तुतीकरण प्राप्त गर्ने अवसर मिल्यो।
सहकारीको व्यवस्थापन, डिजिटल प्रणाली, कार्यक्षमता तथा प्रविधिको प्रभावकारी प्रयोगका विषयमा प्राप्त जानकारी अत्यन्त उपयोगी र ज्ञानवर्धक रह्यो।
यस महत्वपूर्ण जानकारी तथा सहजीकरणका लागि Info Developers परिवार, Director श्री अरविन्द प्रधानज्यू र Business Development Manager श्री सुवास आचार्यज्यूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
आगामी दिनमा पनि यस्तै सहकार्य, प्राविधिक ज्ञान आदान–प्रदान र नवप्रविधिमार्फत सहकारी क्षेत्रलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अपेक्षा गर्दछौँ।