Bihani Saving & Credit Co-Operative Ltd,Pokhara

Bihani Saving & Credit Co-Operative Ltd,Pokhara आथिक उन्नति सम्भब ६ बिहानी संगै

परिचय
सहकारी आथिक उन्नति सम्भब ६ बिहानी संगै भन्ने मूल नाराका साथ सहकारी एन २०४८ अनुसार यस बिहानी सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड पोखरा ८ सभागृहबाट वित्तीय कारोबार संचालन गरिरहेको छ। यस संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु रहनु भएको छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय बजारमा स्वस्थ प्रतिस्

पर्धाको माध्यमबाट सदस्यहरुलाई आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको निक्षेप रकमलाई व्यवसायी, उधमी सदस्यहरुको आर्थिक, सामाजिक विकास सहित व्यवसाय प्रवर्द्धनको लागि सुलभ ब्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रबाह गरि सदस्यहरुलाई आर्थिक, सामाजिक रुपमा सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाई संस्थाको महत्वपूर्ण हिस्सेदारको रुपमा स्थापित गर्दै लाने उद्देश्य रहेको छ ।
शेयर पूँजी
यस संस्थाको शेयर पूँजी रु. १,००,००,०००/– (रु.एक करोड) कायम गरिएको छ । शेयर सदस्यहरुबाट दशक सहयोग तथा नयाँ शेयर सदस्यता वृद्धि र थप शेयर लगानी कार्यलाई प्रोत्साहन दिइ आ.व. २०७०/७१ सम्ममा शेयर चुक्ता पूँजी रू. ५०००००००/–(रु. पाच करोड) र आ.व. २०७४/७५ सम्ममा रू. १५००,०००००/–(रु. पन्ध्र करोड) पु-याउने लक्ष्य रहेको छ ।
व्यवस्थापन
सहकारी ऐन नियमावली तथा संस्थाको विनियम र नीति नियमको अधिनमा रहि निर्भिक भएर ईमान्दारीपूर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको प्रतिबिम्ब हो । व्यवस्थापन पक्ष यो यथार्थलाई सदा शिरोपर गर्न दृढ संकल्पित छ । संस्थाको नीति/कार्यक्रमहरु प्रभावकारीताका साथ कार्यान्वयन गर्न दक्ष तथा अनुभवी कर्मचारीहरु कार्यरत रहेका छन् ।
प्रविधि
छिटो छरितो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनिक रुपमा हुने कारोबारलाई व्यवस्थित ढंगले लेखाङ्कन गर्न संस्थालाई पूर्ण रुपमा कम्प्युटराइज् गरिएको छ । यसको साथै वित्तीय कारोबारलाई विश्वसनीय तथा ब्यवस्थित गर्नको लागि बैंकिङ्ग सफ्टवेयर (Finsys) जडान गरिएको छ ।

Address

POKHARA/8
Pokhara

Telephone

+97761581457

Website

Alerts

Be the first to know and let us send you an email when Bihani Saving & Credit Co-Operative Ltd,Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bihani Saving & Credit Co-Operative Ltd,Pokhara:

Shortcuts

Share