Golden Saving and Credit Co-operative Limited

Golden Saving and Credit Co-operative Limited Website : www.goldencop.com
Contact No. 061-538567
सहकार्यका लागि सह?

Wanted .........................................................................................
17/07/2016

Wanted .........................................................................................

एस गोल्डेन सहकारी संस्था लि को छैटो बार्षिकोत्सवको अबसरमा निम्न कार्यक्रमहरुको आयोजना गरिएकोले यहाँहरुको गरिमामय उपस्थित...
01/12/2015

एस गोल्डेन सहकारी संस्था लि को छैटो बार्षिकोत्सवको अबसरमा निम्न कार्यक्रमहरुको आयोजना गरिएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ १. रक्तदान कार्यक्रम मिति : २०७२.०८.१९ गते शनिबार समय : बिहान ७:३० देखि १०:०० सम्म स्थान : गणेशमान सिंह पार्क, सृजनाचोक (मेत्रोसिटी हस्पिटल अगाडी) २. चियापान तथा सदस्य भेटघाट कार्यक्रम मिति : २०७२.०८.२२ गते मंगलबार समय : बिहान १० देखि बेलुका ५बजे सम्म स्थान : संस्थाको कार्यालय नोट : पोखरामा रगतको अभाव भएकोले साथीहरु सहित रक्तदानको लागि आउनु होला धन्यवाद

27/10/2015

हकारीको गुणात्मक विकासका लागि फोर्स मर्जर अपरिहार्य-तुलसी सुवेदी
sahakari nepal--
नेपालमा सहकारीको बिकास क्रमले फड्को मारेको छ । गुणात्मकरुपमा सहकारीको विकास हुन नसकेपनि संख्यात्मकरुपमा सहकारीले गति लिइरहेको छ । खासगरी सहकारी ऐन २०४८ पछि च्याउसरी सहकारी स्थापना भएका छन् । सहकारीले नेपालको अर्थतन्त्रको मुहार फेर्न सक्छ । सहकारीको सही व्यवस्थापन हुुन सके सहकारीले केही वर्षभित्रै देशको काचुली र्फेन सक्छ तर त्यसका लागि नीतिगत कुरामा सुधार गर्न आवश्यक छ । सर्बप्रथम सहकारीको संख्या घटाउनुपर्छ । जसरी हुन्छ, आपसमा सहकारी एकीकरण गर्नु नै अपरिहार्य भइसकेको छ ।
अब सहकारीको संख्यात्मक विकास भन्दा गुणात्मक बिकासमा जोड दिन आजश्यक भइसकेको छ । सहकारीको विकास संख्या वृद्वि हुनुले मात्र मापन गर्दैन्, सहकारीले दिने नतिजाले सहकारीको सही मुल्यांकन हुने हो । अब सहकारीले आफूलाबई सुधार गर्दै गुणात्मक विकासमा जोड दिनुको विकल्प छैन् । सहकारीको गुणात्मक विकासको पहिलो आवश्यकता भनेको आपसमा सहकारी एकीकरण हुनु नै अपरिहार्य भइसकेको छ ।
नेपालमा सहकारीको शुरुवात भएको ६ दशक भएपनि २०४८ पछि सहकारी खुल्ने क्रम बढेको छ । सहकारी बिभागका अनुसार हाल सहकारीको संख्या ३२ हजार बढी छ । सहकारीको संख्यात्मक विकास भएपनि गुणात्मक विकास हुन नसक्नु हाम्रा लागि दुर्भाग्य नै हो । सहकारीको सञ्जाल व्यापक भएपनि सहकारीले अपेक्षाकृत लाभ दिन सकेन भने सहकारी स्थापना हुुनुको के काम । नेपालमा सहकारीको विकास बिस्तारै अगाडि बढ्दै गएको छ । केही सहकारीले रचनात्मक काम गरिरहेका छन् । वास्तवमा नेपालको अर्थतन्त्र सबल बन्नका लागि सहकारी बलियो खम्बा बन्न सक्छ । नेपालको संबिधान २०७२ ले पनि सहकारीलाई तीन खम्बामा स्वीकार गरिसेको छ ।
अब सहकारीलाई झन् चुनौति थपिएको छ । सहकारी अभियानमा ४५ लाख बढी सदस्य छन् भन्ने गरिन्छ । तर त्यसलाई केलाएर हेर्ने हो भने सहकारीमा लागेका अधिकांश मान्छेहरु अन्य सहकारीमा पनि बसेका छन् । जसले गर्दा सहकारीमा लाग्ने मान्छेको संख्या बढी देखिने गरेको छ । २५ जना मात्र भए सहकारी दर्ता हुने भएकाले पूँजी नभएका मानिसहरुले पनि सहकारी खोलेका छन् । जसमा लाखसम्मको पनि कारोबार नहुने सहकारी देख्न सकिन्छ । सहकारी खोल्नका लागि शेयर पूँजीको सिमा छैन् । त्यसकारण पनि मान्छेहरु सहकारी खोल्न लागिपरेका छन् ।
सहकारी खोल्ने क्रम त अझ शहरी क्षेत्रमा व्याप्त छ । जहाँ सहकारी नभएपनि हुने अवस्थामा एउटै घरमा दुईतीनवटा सहकारीको ब्यानर देख्न पाइन्छ । वास्तवमा यो सहकारीमा देखिएको विकृति नै हो । अब सहकारीमाब सुद्विकरण गर्न आवश्यक छ । सहकारी सुद्विकरणका लागि मर्जर नै उत्तम विकल्प हो । अहिले नेपाल राष्ट्र बैंकले बैँक तथा बित्तीय संस्थालाई पूँजी वृद्विब गर्न कठोर नीति अबबलम्बन गरेको छ । पूँजी वृद्विका लागि बैंक तथा बित्तीय संस्थाबहरु व्यापक गृहकार्य गर्नुका साथै एक्सनमा उत्रिएका छन् । अब सहकारीमा पनि त्यो नियम लागू हुन आवश्यक छ ।
सहकारीको संख्या धेरै देखिदैँमा सहकारीको विकास हुने होइन् । अहिले सहकारीमा विकृति छाएको छ । सहकारीले चर्को ब्याज लिएर सदस्यलाई नै शोषण गरेको अवस्था छ । सहकारीमा चर्को ब्याजका कारण सदस्यले ऋण तिर्न नसकी टाट पल्टेको अवस्था छ । सर्वप्रथम त सहकारी निम्नवर्गको लागि हो । तर साँच्चै भन्ने हो भने सहकारी निम्नवर्ग ठग्नकै लागि भएको छ । यो नेपालको बिडम्बना नै हो । पछिल्लो समयमा केही सहकारीका सञ्चालक गलत मनसायका कारण सहकारीमा विकृति ठपिएको छ । निक्षेपकर्ताको निक्षेप कुम्ल्याएर भाग्ने प्रवृति बढी छ ।
धेरै सहकारी हुदाँ सदस्यले चाहेजस्तो सेवा पाउन सकेका छैनन् । त्यस्तै प्रशासनिक खर्च चुलिएको छ । सहकारीको अनावश्यक खर्च बढेको छ । सहकारीले थोरै पूँजीका कारण रचनात्मक काम गर्न सकेका छैनन् । सहकारी मर्जरमा जान सके सदस्यले गुणस्तरको सेवा पाउन सक्छन् । सेवासुविधा वृद्वि हुुन सक्छ । मुख्य कुरो सदस्यले चाहेजति नै सहकारीबाट सेवा पाउन सक्छन् । यतिखेर केही सहकारीमा बाहेक अधिकांश सहकारीबाट सदस्यले आफूले चाहेजस्तो सेवा पाउन सकेका छैनन् ।
नेपालमा सहकारीको संख्या बढ्नुका साथै सहकारीमा विकृति पनि बढेको छ । सहकारीको नाममा लुट्ने काम पनि भएको छ । निक्षेपकर्ताबाट बढी ब्याज दिने लोभमा निक्षेप संकलन गर्ने र कुम्ल्याउने प्रवृति बढेको छ । यसले सहकारी अभियान नै बदनाम हुन पुगेको छ । सहकारी आफैमा आकर्षक भएपनि सहकारी सञ्चालन प्रक्रिया आफू अनुकुल बनाउँदा सहकारीमा समस्या देखिने गरेको छ । ओरियन्टल, गुणलगायतका १ सय ३५ वटा सहकारीको हबिगत त्यही हो । अन्य सहकारी पनि कुनै न कुनै समस्यामा गुर्जिरहेका छन् ।
जसले जेसुकै भनेपनि नेपालको सहकारी आन्दोलन एकदमै कमजोर छ । सहकारी सञ्जाल देशभर भएपनि, संख्या बढी भएपनि सहकारीले कुल ग्राहस्थ उत्पादनमा योगदान दिन सकेको छैन् । बित्तीय क्षेत्रमा पनि संख्याको अनुपातमा यसको योगदान न्यून हो । बित्तीय क्षेत्रमा १८ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान दिएको भन्ने गरिन्छ । तर सहकारीको खासै योगदानको मूल्यांकलन नभएको पनि हुन सक्छ । तीनखम्बामा सहकारी राखिनु सकारात्मक कुरा हो तर सहकारी खम्बा लंगडो बन्न नसकोेस् ।
अन्तमा के भन्न सकिन्छ भने सहकारी अभियान सुद्विकरण गर्न सहकारी एकीकरण पहिलो शर्त हो । सम्भव भएसम्म मुमेन्टबाटै सहकारी एकीकरणका लागि क्रियाशील हुनुपर्छ । आफ्नो गाउँटोल, छरछिमेकमा सहकारी एकीकरण हुन सके मात्र सहकारीले सार्थकता पाउन सक्छ । यदी त्यसो हुन सकेन् । सहकारीका सञ्चालकले पदको लोभमा सहकारी एकीकरण गर्न मानेनन् भने पनि सकारले फोर्स सहकारी मर्जर ल्याउन जरुरी छ । बैंैक बित्तजस्तो फोर्स रणनीति सहकारीमा अबलम्बन हुन नसकेपनि सहकारी एकीकरणलाई विशेष प्रोत्साहन दिनुपर्छ । एकीकरण हुने सहकारीलाई बढी सेवा सुविधा दिन सक्यो भने मात्र सहकारी मर्जरमा जान सक्छन् । मर्जरमा जाने सहकारीलाई करमा छुट दिनुपर्छ । मर्जर प्रक्रिया सरलीकृृत गर्नुपर्छ । यसो हुन सके मात्र सहकारीले कुल ग्राहस्थ उत्पादनमा आफ्नो पकड जमाउन सक्छ । सहकारी सबल खम्बा बन्न सक्छ । सहकारी मर्जर गरेर मात्र सबै कुरा समाधान हुन्छ भन्ने पनि होइन । कतिपय अवस्थामा मर्जरपछि पनि समस्या देखिन सक्छ । समस्या आउन नदिन चालखीपूर्ण ढंगले मर्जर गर्नुपर्छ । अबको बावश्यकता सहकारीको गुणस्त वृद्वि हो । गुणस्तर वृद्विका लागि सहकारी मर्जर नै पहिलो आवश्यकता हो ।

साधारणसभा सम्बन्धी सुचना । ।
03/09/2015

साधारणसभा सम्बन्धी सुचना । ।

गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि. को सहकारी अबलोकन भ्रमणको सिलसिलामा काठमाडौँ, ललितपुर, भक्तपुर, दक्षिणकाली,नगरकोट जा...
23/03/2015

गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि. को सहकारी अबलोकन भ्रमणको सिलसिलामा काठमाडौँ, ललितपुर, भक्तपुर, दक्षिणकाली,नगरकोट जाँदाका केहि अविस्मरणीय क्षणहरु

03/12/2014

यस गोल्डेन सहकारीको पाचौ बार्षिकोत्सवको अवसरमा निम्नानुसारका कार्यक्रमहरु आयोजना गरिएको हुँदा यहाँहरुको गरिमामय उपस्थिति सहित सक्रिय सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ
१ रक्तदान कार्यक्रम मिति : २०७१.८.२० गते
स्थान : गणेशमान पार्क ( मेट्रो सिटी hospital अगाडी) श्रीजनाचोक
समय : बिहान ७:३०देखि
२. चियापान तथा शुभकामना कार्यक्रम मिति : २०७१.८.२२
स्थान : संस्थाको कार्यालय
समय : बिहान ९:३० देखि बेलुका ५ बजे सम्म

24/09/2014

सहकारी बैंकमाथि राष्ट्र बैंकको सौतेनी व्यवहार !

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आफै अनुगमन गर्दै अाएको राष्ट्रिय सहकारी बैंकलाई सौतेनी व्यवहार देखाएको छ । गत वर्षहरुमा झै यस वर्षको दशैमा पनि बैंकले राष्ट्र बैंकलाई नयाँ नोट उपलव्ध गराइदिनका लागि आग्रह गर्दै लेखेको निवेदन लत्याउदै राष्ट्र बैंकले सहकारीहरुलाई नयाँ नोट अहिले उपलव्ध नगराउने भन्दै खाली हात पठाएको छ । पटक पटक आग्रह गर्दा पनि राष्ट्र बैकले सहकारी बैंकलाई नयाँ नोट नदिएको हो ।

सहकारी बैंकले प्रत्येक वर्ष राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर आफ्ना सदस्य सहकारीलाई नयाँ नोट प्रदान गर्दै आएको छ ।तर यो बर्ष सहकारीका बचत कर्ताहरुले नयाँ नोट नपाउने भएका छन् । उपत्यका भित्रका सहकारी संस्थाहरुलाई बैंकको केन्द्रिय कार्यालयबाटै र अन्य जिल्लाहरुमा बैंकको शाखाबाट नयाँ नोट दिदै आएको छ ।
यसपालि पनि गत वर्षझै नयाँ नोटका लागि राष्ट्र बैंकमा निवेदन दिएको तर सहकारीलाई नयाँ नोट नदिने भन्दै राष्ट्र बैंकले ठाडै अस्वीकार गरेको बैंकको दावी रहेको छ । बैंकले यस वर्ष १ करोड ४८ लाख रुपैयाँ बराबरको नयाँ नोटको माग गरेर राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

राष्ट्र बैंकले भने विभिन्न सहकारीहरुबाट पनि छुट्टा छुट्टै नयाँ नोटको माग गर्दै निवेदन आएकोले अहिले सम्पुर्ण सहकारीलाई नयाँ नोट नदिएको र त्यसमा सहकारी बैंक पनि परेको बताएको छ । राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठस‌ग यो विषयमा जनकारी लिन खोज्दा फोन उठाएनन् ।

गोल्डेन बचत तथा ऋण सहकारि सस्था लि. को पाँचौ बार्षिक साधारण सभामा प्रमुख अतिथि तथा सस्थाका सल्लाहकार  पूर्व न्यायाधिस कर...
08/09/2014

गोल्डेन बचत तथा ऋण सहकारि सस्था लि. को पाँचौ बार्षिक साधारण सभामा प्रमुख अतिथि तथा सस्थाका सल्लाहकार पूर्व न्यायाधिस करुणानिधि शर्मा , अध्यक्ष गुडाखर सापकोटा तथा सल्लाहकार बिष्णु प्रसाद बराल

04/09/2014

यस गोल्डेन बचत तथा ऋण सहकारि सस्था लि. को पाँचौ बार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा हुन गइरहेको हुँदा सबै सेयर सदस्यहरुलाई पत्राचार गरिसकिएको छ l पत्र प्राप्त नभयको भय यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ l
मिति : २०७१ भाद्र २१ गते सनिबार
स्थान : न्यु एरा पार्टी प्यालेस, जिरो कि.मि. पोखरा
समय : बिहान ७:३० बजे
गोल्डेन बचत तथा ऋण सहकारि सस्था लि.
Golden Saving And Credit Co-operative Ltd.
पोखरा-०८ सृजनाचोक, कास्की फोन : ०६१-५३८५६७

विद्युत प्राधिकरणले लोडसेडिङ बृद्धि गर्यो, हप्ताको ६० घन्टा हुने NEA increases load shedding effective from 2071/04/24
08/08/2014

विद्युत प्राधिकरणले लोडसेडिङ बृद्धि गर्यो, हप्ताको ६० घन्टा हुने
NEA increases load shedding effective from 2071/04/24

28/07/2014

सार्वजनिक पर्व विदा सम्बन्धी

इस्लाम धर्मावलम्वीहरूको पर्व ईद (इदुल्ल फित्र) यही मिति २०७१ साल श्रावण १३ गते मंगलवारका दिन पर्ने भएकोले उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व विदा दिने निर्णय भएको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ

स्रोत : नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौँ
http://www.moha.gov.np/news/fullnews/2/307

Address

Srijanachowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when Golden Saving and Credit Co-operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Saving and Credit Co-operative Limited:

Share