Global Institute of Management & Technology Pvt. Ltd.

Global Institute of Management & Technology Pvt. Ltd. GIMaT aims to provide management services, accounting & taxation services, trainings, software sales/ support.

'Everything in management'

28/05/2019

हामि सँग धेरै क्षमताहरु छन, त्यसलाई स्वागत गर्ने अन्य धेरै अवसरहरु पनि छन । हामि सँग भूगोल छ तर सीमा र सीमानाहरु निकै पर छन, साथहरु पनि छन, हातहरु पनि छन । परिपक्व सोचका साथ एकाग्र भएर सोच्यो भने सबै चीज वरीपरी छन ।

यि सबै कुरा आफै दौडेर आउँदैनन, ल्याउनु पर्छ । एउटा मिठो र सामाजिक सँस्कारको आजको प्रतिस्पर्धी ब्यबसायिक दौडमा अगाडी आउन सकिन्छ । हामि बिकल्प रहित छनौट होइनौँ हामि जस्ता वा हामि भन्दा पनि अब्बल बिकल्पहरु ग्राहकहरुका अगाडि यत्र तत्र छरिएका छन । ब्यबहारले बोलीले तथा प्रतिफल द्धारा उनीहरुको मन जित्नु पर्छ । हामिले सामान बेच्ने होइन ग्राहक किन्ने हो भन्ने मनसाय बोकेर अगाडि बढ्नु पर्छ ।

आफु भन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नेपाली मौलिक सँस्कारले सँसारमा हामिलाई अरु भन्दा फरक देखाएको छ । ब्यबसायमा ब्यबसायिक कुराहरु बढि हुनु पर्दछ । एउटा मिठो बोली र असल ब्यबहारले मानिसको जिवनमा तथा ब्यबसायमा समेत माधुर्यता थपिदिन्छ । समय यस्तै गरि चलिरहोस मिठास बनिरहोस भन्ने मा हामि जिपा टिम प्रतिबद्ध छौँ र रहिरहने छौँ ।

जय लेखा ! दोहोरो लेखा प्रणालीले हामि सबैको कल्याण गरुन !!

28/05/2019

हामि सँग धेरै क्षमताहरु छन, त्यसलाई स्वागत गर्ने अन्य धेरै अवसरहरु पनि छन । हामि सँग भूगोल छ तर सीमा र सीमानाहरु निकै पर छन, साथहरु पनि छन, हातहरु पनि छन । परिपक्व सोचका साथ एकाग्र भएर सोच्यो भने सबै चीज वरीपरी छन ।

यि सबै कुरा आफै दौडेर आउँदैनन, ल्याउनु पर्छ । एउटा मिठो र सामाजिक सँस्कारको उपयोग गरेर आजको प्रतिस्पर्धी ब्यबसायिक दौडमा अगाडी आउन सकिन्छ । हामि बिकल्प रहित छनौट होइनौँ हामि जस्ता वा हामि भन्दा पनि अब्बल बिकल्पहरु ग्राहकहरुका अगाडि यत्र तत्र छरिएका छन । ब्यबहारले बोलीले तथा प्रतिफल द्धारा उनीहरुको मन जित्नु पर्छ । हामिले सामान बेच्ने होइन ग्राहक किन्ने हो भन्ने मनसाय बोकेर अगाडि बढ्नु पर्छ ।

आफु भन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नेपाली मौलिक सँस्कारले सँसारमा हामिलाई अरु भन्दा फरक देखाएको छ । ब्यबसायमा ब्यबसायिक कुराहरु बढि हुनु पर्दछ । एउटा मिठो बोली र असल ब्यबहारले मानिसको जिवनमा तथा ब्यबसायमा समेत माधुर्यता थपिदिन्छ । समय यस्तै गरि चलिरहोस मिठास बनिरहोस भन्ने मा हामि जिपा टिम प्रतिबद्ध छौँ र रहिरहने छौँ ।

जय लेखा ! दोहोरो लेखा प्रणालीले हामि सबैको कल्याण गरुन !!

सहकारी सँग सहकार्य
21/06/2018

सहकारी सँग सहकार्य

सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सरकार, निजी क्षेत्र र सहकारी रहेकाले सहकारीमा इमान्दारिता, अनुसाशित, ....

20/06/2018

२०७५ जेष्ठ १५ देखि नै प्रभावकारी कर व्यवस्था

आर्थिक आदेश, २०७५

सामान्यतयाः सामयिक कर ऐन,२०१२ अन्तर्गत जारी हुने आर्थिक आदेशका मूख्य व्यहोराहरु सम्बन्धित श्रावणदेखि आर्थिक ऐन पारित नभएसम्म लागु हुने भएता पनि यो वर्षको आर्थिक आदेशले केही नयाँ अवधारणा कायम गर्दै साविकमा श्रावणदेखि लागु हुने व्यवस्थाहरु जेष्ठ १५ बाटै लागु गरेको छ ।

आर्थिक आदेश अनुसार निम्न व्यवस्थाहरु २०७५ जेष्ठ १५ बाटै प्रभावकारी भैसकेका छन्:

दफा २ र ३१:भन्सार सम्बन्धी दरहरुको अनुसूचि र भन्सार ऐन,२०६४ को संशोधन२०७५ जेष्ठ १५ बाटै प्रभावकारी
दफा ३:भन्सार सेवा दस्तुर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
दफा ४:कृषि सुधार शुल्क २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
दफा ७:स्वास्थ्य जोखिम कर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी (खारेज भएको स्वास्थ्य सेवा कर भने २०७५ श्रावण १ देखिमात्र खारेज हुने हुनाले २०७५ आषाढ मसान्तसम्म दुवै कर लागि रहन्छन्)

उत्पादन वा पैठारी दुवैमा स्वास्थ्य जोखिम कर थप गरिएकोः

चुरोट,बिँडी,सिगार प्रति खिल्ली पच्चीस पैसा

खानेसूर्ति,खैनी,गुट्खा,पान मसाला प्रति किलो पच्चीस पैसा

दफा ८:शिक्षा सेवा शुल्क २०७५ जेष्ठ १५ बाटै प्रभावकारी (विदेश पठाउँदा २ प्रतिशत कर लाग्ने स्थानिय शिक्षामा कर नलाग्ने)
दफा ९:पूर्वाधार कर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
दफा ११:सडक मर्मत तथा सुधार दस्तुर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
दफा २०: विगतमा स्थायी लेखा नम्बर नलिएका व्यक्तिले २०७१/७२ देखिको आयकर २०७५ पुसभित्र बुझाएमा सो अगाडीको आयकर र सो अवधीको व्याज शुल्क जरिवाना मिन्हा२०७५ जेष्ठ १५ बाटै प्रभावकारी

दफा २१: विगतमा स्थायी लेखा नम्बर लिएका व्यक्तिले २०७२/७३ सम्मको आय विवरण पेश नगरेका भए २०७१/७२ र २०७२/७३ को आयविवरण र लागेको आयकर २०७५ पुसभित्र बुझाएमा सो अगाडीका आयकर शुल्क व्याज सबै मिन्हा

२०७४ आषाढसम्मको मूअकर विवरण २०७५ पुसभित्र बुझाइ लागेको कर तिरेमा बाकी जरिवाना व्याज थप दस्तुर मिनाहा

२०७१ आषाढसम्मका non-filer ले २०७५ पुसभित्र विवरण र कर नबुझाएमा (suo motu) दर्ता खारेज गरिने

२०७५ जेष्ठ १५ गतेदेखि नै लागु

दफा २२: शिक्षण संस्थाको चमेना गृह छात्रावास तथा धितोपत्र दलाल सेवाको निर्धारित मूअकरमध्ये तिर्न बाकी मिनाहा

२०७५ जेष्ठ १५ गतेदेखि नै लागु

कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु
20/06/2018

कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु

कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भइसकेपछि कम्पनीले एउटा कानून

मिस म्याच के हो र यसबाट कसरी बच्ने ?
20/06/2018

मिस म्याच के हो र यसबाट कसरी बच्ने ?

Nepal Tax Online is a comprehensive tax knowledge base that provides resources designed to solve your Nepal tax queries and everyday tax problems.

20/06/2018

‘कर कार्यालय र बैंक बीच सुचना आदानप्रदान हुन्छ, तयार भएर बस्नुस’

काठमाडौं- सरकारले कर कार्यालय र बैंक वित्तीय संस्था बीच वित्तीय विवरण आदानप्रदान गरिने बिषय कडाईका साथ कार्यान्वयन गर्ने भएको छ।

बजेट मार्फत सरकारले कर कार्यालय र बैंक वित्तीय संस्था बीच वित्तीय विवरण आदानप्रदान गरिने प्रणालीको विकास गरिने घोषणा गरेको थियो।

हाल व्यवसायीले तीन किसिमको वित्तीय विवरण तयार गर्ने गरेको आरोप लाग्दै आएको छ। व्यवसायीलाई कर प्रयोजनकालागी नाफा घटाएर, बैंक वित्तीय संस्थाबाट ऋण लिन नाफा बढाएर र वास्तविक नाफा घाटाको छुट्टै वित्तीय विवरण तयार गर्ने गरेको आरोप छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रम राजस्व सचिव शिशिर ढुगांनाले सरकारले कार्यान्वयन गर्न नै उक्त व्यवस्था बजेटमा समावेश गरेको बताए।

कार्यक्रममा उपस्थित एक उद्योगीले कर कार्यालय र बैंक वीत्तिय संस्था बिच सुचना आदानप्रदान हुने खबरले धेरै साना उद्योगीहरु कर्जा नविकरण हुने नहुनेमा चिन्तित रहेको प्रश्न गरेका थिए।

जवाफमा ढुगांनाले भने, ‘तपाईले गल्ती गरे जस्तै प्रश्न गर्दै हुनुहुन्छ, अडिड रिपोर्टको विषयमा सार्वजनिक ठाँउमा यस्तो बोल्नु भएन। सरकारले कुनै न कुनै प्रणाली बनाएर सुचना आदानप्रदान हुने व्यवस्था कार्यान्वयन गर्छ। तयार भएर बस्नुस।’

छलफल कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सरकार अर्थतन्त्रलाई सही बाटोमा लैजान लगिरहेको बताएका थिए। उनले भने, ‘अर्थतन्त्रका आधारभूत समस्यालाई समाधान गर्दै आयातित पुँजी, श्रम र सामानको अवस्थाबाट अगाडि हिड्न खोजेका छौं।’

सुरुका दिनमा केही अप्ठ्यारो हुन्छ खतिवडाले भने, `रेमिटेन्सले हामीलाई क्षमता दिएको छ। त्यसको सहि सदुपयोग गर्छौ।´

खतिवडाले बैंकिङ प्रणालीबाट कारोबार हुन नसक्दा भन्सारको विवाद समाधान हुन नसकेको र व्यवसायीले पत्याउनै नसकिले मुल्य घोषणा गर्ने गरेको बताए ।

उनले भने, ‘भन्सारमा समस्या छ, हचुवा भरमा चलेका भन्सारलाई व्यवस्थित गर्नु पर्नेछ अब विगतमा देखिएका समस्या समाधान गर्दै जानेछौं। आयकर ऎन र अन्य ऎनमा व्यवस्था गरेका विषय मिलाएर सरकारले कार्यान्वयन गर्छ। निजीसँग सम्बन्धित कानुनलाई सरकारले संसोधनको प्रक्रिया अघि बढाएको छ। केही समय भित्र तपाईहरुले महसुस गर्नु हुनेछ। आर्थिक विकासका लागि दुई तिहाई लगानी निजी क्षेत्रबाट चाहिन्छ। सार्वजनिक निजी साझेदार गर्न खोजेका छौं। ब्याजदर अनुमानयोग्य बनाउने वातावरण बनाउन हामी सकारात्मक छौं। पर्यटन क्षेत्रमा धेरै परिवर्तन गरिरहेका छौं। र त्यो परिवर्तन हुन्छ। दुई वर्षको निरन्तर ६ प्रतिशतको आर्थिक वृद्धिले धेरै सकारात्मक आशा दिएको छ र केही पहल गर्ने हो भने ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ।’

व्यवसायीले औद्योगिक प्रवर्द्धन ऐनले दिएका सुविधा आर्थिक ऐनले नदिएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा अर्थमन्त्रीले अन्य ऐनमा गरिएका व्यवस्था सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

कर्जाको माग र प्रवृत्ति धान्न सकिने अवस्थामा नरहेको बताउँदै बैंक बित्तीय संस्थालाई बाहिरबाट पुँजी ल्याउने विकल्पमा लाग्न खतिवडाले सुझाव दिए।

करप्रणालीले बोझ बढाएको छ भने सरकार अनुदान लगायतका क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका थिए। संघीयता संचालनका लागि बढी कर उठाउनु परेको भन्दै खतिवडाले भने, ‘तपाईले तिरेको कर सदुपयोग भयो कि भएन भनेर खबरदारी गर्नुस्।’

व्यवसायीले मुल्य अभिबृद्धि कर फिर्ताको निरन्तरता हुनु पर्ने माग गर्दा राजस्व सचिव ढुंगानाले मुल्य अभिबृद्धि कर फिर्ता करको सिद्धान्त विपरीत भएकाले उक्त निर्णयमा केहि परिवर्तन हुन नसक्ने बताएका थिए।

उनले भने, ‘नितिगत रुपमा मुल्य अभिबृद्धि कर फिर्ताको प्रावधान हटाएर सबैलाई समान बनाउन खोजेका हौं र यो व्यवस्था भिएटीको सैद्धान्तिक मान्यता बिपरित भएकाले फिर्ता दिने प्रावधान हटाईएको हो।’

यस अघि सरकारले आन्तरिक उद्योगलाई प्रवर्धन गर्न भन्दै चिनी, खानेतेल, कपडा लगाएतका उद्योगलाई छुट दिने गरेको थियो।

मूल्य अभिवृद्धि कर फिर्ताको प्रावधान हटाए पनि सरकारले सहुलियत दिनु पर्ने उद्योगलाई आयकरमा छुट दिएको उनको भनाई थियो।

समाजिक सुरक्षा र अर्थतन्त्रको अवस्था हेर्दे १५० सिसि भन्दा बढिको मोटरसाइकलमा कर बढाएको उनले बताए।

भन्सार मुल्यांकनलाई प्रभावकारी बनाउँदै न्यून बिजकीकरणको समस्या समाधान गर्न न्युन मूल्यमा भन्सार कार्यालयमा आउने सामानलाई सरकारले खरिद गर्ने ढुंगानाले बताए।

उनले भने विगतमा के भयो भन्दा पनि अब भन्सार कार्यालयलाई शंका लागेका सामान खरिद हुन्छन्।

यो समाचार देश सञ्चार डट कम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

पसलले काटेको बिल सोझै आन्तरिक राजस्व विभागको सर्भरमा, सिप्रदीदेखि भाटभटेनी जोडिए
20/06/2018

पसलले काटेको बिल सोझै आन्तरिक राजस्व विभागको सर्भरमा, सिप्रदीदेखि भाटभटेनी जोडिए

काठमाडौं। मंसिर १ गतेबाट आन्तरिक राजस्व विभागले ट्रायलको रुपमा  सिप्रदी

थप ३६ उद्योग भ्याटको दायरामा
20/06/2018

थप ३६ उद्योग भ्याटको दायरामा

सरकारले थप ३७ प्रकारका उद्योगलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्या

Address

Shantinagar Chowk/7
Pokhara
33700

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Global Institute of Management & Technology Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Institute of Management & Technology Pvt. Ltd.:

Share