Raj Babu

Raj Babu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raj Babu, Pokhara.

24/05/2026

Should → गर्नुपर्छ
Must → अनिवार्य छ
Shall → हुनेछ
Will → हुनेछ
Would → हुन्थ्यो
Can → सक्छ
Could → सक्थ्यो
May → हुन सक्छ
Might → हुन सक्थ्यो
Need → आवश्यक छ
Needs → आवश्यक पर्छ
Needed → आवश्यक थियो
Ought to → गर्न उचित हुन्छ
Have to → गर्नै पर्छ
Has to → गर्नै पर्छ
Had to → गर्नुपरेको थियो
Want to → चाहन्छ
Wants to → चाहन्छ
Wanted to → चाहन्थ्यो
Like to → मन पराउँछ
Likes to → मन पराउँछ
Liked to → मन पराउँथ्यो
Love to → धेरै मन पराउँछ
Try to → प्रयास गर्नु
Trying to → प्रयास गर्दै
Plan to → योजना बनाउनु
Hope to → आशा गर्नु
Decide to → निर्णय गर्नु
Promise to → वाचा गर्नु
Agree to → सहमत हुनु
Refuse to → अस्वीकार गर्नु
Learn to → सिक्नु
Begin to → सुरु गर्नु
Start to → सुरु गर्नु
Continue to → जारी राख्नु
Stop to → रोक्नु
Forget to → बिर्सनु
Remember to → सम्झनु
Help to → सहयोग गर्नु
Ask to → अनुरोध गर्नु
Tell to → भन्नु
Allow to → अनुमति दिनु
Expect to → अपेक्षा गर्नु
Choose to → छनोट गर्नु
Prepare to → तयारी गर्नु
Manage to → सफल हुनु
Fail to → असफल हुनु
Use to → प्रयोग गर्नु
Try again → फेरि प्रयास गर्नु
Ready to → तयार हुनु

24/04/2026

अंग्रेजी भाषाका रोचक कुराहरू

१. अंग्रेजी भाषामा कुनै शब्दमा "Q" अक्षर आएमा जहिले पनि त्यसको पछाडी "u" नै आउँछ ।

२. "Dreamt" अंग्रेजी भाषाको एक मात्र शब्द हो, जुन "mt" मा समाप्त हुन्छ । यो बाहेक अंग्रेजी भाषामा "mt" मा समाप्त हुने अर्को कुनै शब्द छैन ।

३. "Underground" अंग्रेजी भाषामा एक मात्र शब्द हो
जुन "und" बाट सुरु हुन्छ र "und" मा समाप्त हुन्छ । अंग्रेजी भाषामा "und" बाट सुरू भएर "und" बाट अन्त्य हुने अर्को कुनै शब्द छैन ।

४. सम्पूर्ण अंग्रेजी भाषामा केवल चार शब्दहरू छन, जुन "dous" मा समाप्त हुन्छ ।
Tremendous, Horrendous, Stupendous & Hazardous

५. अक्सफोर्ड शब्दकोषअनुसार अंग्रेजी भाषाको सबैभन्दा ठूलो शब्द Pneumonoultramicroscopicsilicovolcanoconiosis
(निमोनोअल्ट्रामाइक्रोस्कोपिकसिलिकोभोल्कानोकोनिसिस) हो । यो फोक्सोको एउटा रोगको नाम हो ।

६. "Therein" एउटा त्यस्तो अंग्रेजी शब्द हो, जसबाट फरकफरक दश शब्द बनाउन सकिन्छ ।
The, there, He, In, Rein, Her, Here, Ere, therein, Herein

७. "Stewardesses" सबैभन्दा अर्थपूर्ण शब्द हो, जुन किबोर्डमा बाँया हातको औंलाहरूले मात्र टाइप गरिन्छ ।

८. हामी हाम्रो दैनिक कुराकानीमा हस भन्नुपर्दा "ok" शब्द धेरै प्रयोग गर्छौं, तर धेरै मानिसहरूलाई यो शब्द कसरी प्रयोगमा आयो भन्ने इतिहास बारे थाहा छैन । यसको इतिहास एक अमेरिकी राष्ट्रपति "एन्ड्र्यू ज्याक्सन" ले सबै सही छ" वा "भने बमोजिम छ" भन्ने अर्थमा "all correct" शब्द प्रयोग गर्नुपर्ने ठाउँमा गलत हिज्जे "oll kurrect" को संक्षिप्त अक्षर Ok लाई लोकप्रिय बनायो ।

९. धेरै मानिसहरूलाई संसारका महादेशहरूको नाम अंग्रेजीमा सम्झन गाह्रो हुन्छ । तर त्यसलाई याद गर्ने एकदम सजिलो उपाय छ । america, north तथा south शब्द बाहेक अरू सबै महादेशका नामहरू जुन अक्षरबाट सुरू हुन्छन, त्यही अक्षरमा समाप्त हुन्छन ।
1. Asia. 2. Africa 3. America. 4. Antarctica 5. Europe 6. Australia

१०. "Typewriter" शब्द एक मात्र त्यस्तो शब्द हो जुन किबोर्डमा अक्षरहरूको पहिलो पंक्तिमा मात्र टाइप गर्न सकिन्छ ।

११. अंग्रेजी शब्द ''Good bye" को प्रयोग "God be with you" (भगवान तपाईको साथमा रहून) भन्नका लागि प्रयोग गरिन्छ । Copied

14/04/2026

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥

हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

07/10/2025

तासको पत्तिको गणित।
तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्। तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै यो प्रकृतिसँग पनि सम्बन्धित छ।
आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।
कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा ।

१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात लीप वर्ष।
७. ५२ पत्तिमा १२चित्रका पत्ति - १२ महिना
८. रातो र कालोः दिन र रात
पातको अर्थ
१. दुक्की (2) - पृथ्वी र आकाश
२. तिक्की(3) - ब्रह्मा, विष्णु, महेश
३. चौकी(4) - चार वेद (अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद)
४. पन्जा(5) - पञ्च प्राण (प्राण, अपन, व्यान, उडान, सामना)
५. छक्का(6) - षड रिपु (काम, क्रोध, वस्तु, आसक्ति, मत्सर, लोभ)
६. सत्ता(7) - सात सागर
७. अठ्ठा(8)- आठ सिद्धि
८. नहल(9) - नौ ग्रह
९. दहल(10) - दस इन्द्रिय
१०. गुलाम(J) - मनको लालसा
११. मिस्सी(Q) - माया
१२. बास्सा(K) - सबैको शासक
१३. एक्का(A) - मानिसकाे विवेक

20/01/2025

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।

कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् - सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ ?

कालीदास :- म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलो धन र दोस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन को हाौ तिमी?

कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहाेस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलाे, धर्ती जो पापी - धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन्। अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त काे हाै तिमी?

कालीदास :- म हठी हुँ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन्।
पहिलाे नङ र दाेस्राे केश।
जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बोल , को हौ तिमी?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)

कालीदास :- म मूर्ख हुँ।
महिला :- होइन तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सकेउ उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन्।
(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन्। )

कालीदास: म कालीदास हुँ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हुँ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नुपर्यो।

कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ।

04/01/2025

खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो - "हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !"
मैले भनेँ - हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो। अर्को स्टेशनमा त्यो अपरिचित झर्यो । त्यसपछि मैले खै के झिक्न पाइन्टको गोजीमा हात लगेको त दिमाग चकराए झैँ भयो । पकेटमारा रहेछ, पाइन्टको पछाडिको खल्तीमा भएको पैसा सबै लिएर झरेको रहेछ ।

केही दिन पछि मैले त्यो चोरलाई बजारमा भेटेँ । चोर मलाई अँगालो हालेर रुँदै भन्यो - हजुर ! मलाई माफ गर्नुस् ! हजुरको पैसा चोरेको बेलुका नै मेरी श्रीमति र छोरी एकाएक मरे । सायद मैले चोरी गरेको पापले हो कि ? माफ गर्नुस् हजुर ! यो अभागीलाई माफ गर्नुहोस् ।

उसको कुरा सुनेर म पग्लिएँ । हृदय ठूलो बनाएर माफी दिएँ । चोर गयो तर अँगालो हालेर रुँदै माफी माग्ने बेला मेराो कमिजको खल्तीबाट फेरि पनि सबै पैसा चोरेर लगेछ ।

केहि दिनपछि म काम विशेषले मोटरसाइकलमा कतै जाँदै थिएँ, बाटोमा त्यही चोरले मलाई रोक्यो । चोरले फेरि पनि रूँदै माफी माग्यो अनि चोरेको सबै पैसा फिर्ता पनि गरिदियो । त्यसपछि त्यो चोरले मलाई नजिकैको होटलमा लग्यो, मलाई चिया नास्ताको व्यवस्था गरिदियो अनि विदा माग्यो र निस्कियो। खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चोरको हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । सोझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन्।

Source : Socal Media

40 SUCCESS QUOTES:1. "Success is not the key to happiness. Happiness is the key to success. If you love what you are doi...
03/08/2024

40 SUCCESS QUOTES:

1. "Success is not the key to happiness. Happiness is the key to success. If you love what you are doing, you will be successful." - Albert Schweitzer

2. "Success is not in what you have, but who you are." - Bo Bennett

3. "Success is not final, failure is not fatal: It is the courage to continue that counts." - Winston Churchill

4. "Success is not the absence of failure; it's the persistence through failure." - Aisha Tyler

5. "Success is not about the destination, but the journey." - Zig Ziglar

6. "Success is not measured by money, but by the impact you have on others." - Unknown

7. "Success is not about being the best, but becoming your best self." - Unknown

8. "Success is not about how much you accomplish, but how you inspire others to accomplish." - Unknown

9. "Success is not about luck, it's about hard work and dedication." - Unknown

10. "Success is not about the applause, but the satisfaction of knowing you gave it your all." - Unknown

11. "Success is not about the number of times you fall, but the number of times you get back up." - Unknown

12. "Success is not about being perfect, but embracing your imperfections." - Unknown

13. "Success is not about what you have, but who you become in the process." - Unknown

14. "Success is not about the size of your bank account, but the size of your heart." - Unknown

15. "Success is not about the destination, but the lessons learned along the way." - Unknown

16. "Success is not about winning every battle, but choosing the battles worth fighting for." - Unknown

17. "Success is not about the accolades, but the impact you make on others." - Unknown

18. "Success is not about the possessions you accumulate, but the memories you create." - Unknown

19. "Success is not about the title, but the influence you have on others." - Unknown

20. "Success is not about the quantity, but the quality of your relationships." - Unknown

21. "Success is not about the fame, but the fulfillment of living your purpose." - Unknown

22. "Success is not about the destination, but the person you become in the process." - Unknown

23. "Success is not about the material possessions, but the intangible values you hold dear." - Unknown

24. "Success is not about the external validation, but the internal satisfaction." - Unknown

25. "Success is not about the shortcuts, but the long-term commitment." - Unknown

26. "Success is not about the competition, but the collaboration." - Unknown

27. "Success is not about the quantity of your achievements, but the quality of your character." - Unknown

28. "Success is not about the destination, but the growth you experience along the way." - Unknown

29. "Success is not about the size of your dreams, but the determination to pursue them." - Unknown

30. "Success is not about the applause, but the fulfillment of knowing you gave it your all." - Unknown

31. "Success is not about the destination, but the lessons learned from the journey." - Unknown

32. "Success is not about the number of followers, but the impact you have on their lives." - Unknown

33. "Success is not about the recognition, but the satisfaction of knowing you made a difference." - Unknown

34. "Success is not about the destination, but the person you become in pursuit of it." - Unknown

35. "Success is not about the possessions, but the experiences that enrich your life." - Unknown

36. "Success is not about the external validation, but the internal fulfillment." - Unknown

37. "Success is not about the shortcuts, but the perseverance through challenges." - Unknown

38. "Success is not about the competition, but the collaboration that leads to greatness." - Unknown

39. "Success is not about the quantity of achievements, but the quality of your character." - Unknown

40. "Success is not about the destination, but the growth and transformation you undergo.”

30/05/2023

पढ्दै जाँदा यस्तो भेटे ....

घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन !

☆सेकेन्ड सुइ:
➙गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको अस्तित्वको नै प्रस्न उठेको छ !

☆मिनेट सुइ :
➙यो तुलनात्मक रुपमा कम मेहनत गर्ने मध्यम बर्ग हो ! सेकेन्ड सुइ ६० स्टेप दौड्दा यो एक स्टेप दौडछ ! हेर्दा मोटोघाटो देखिन्छ ! सेकेन्ड सुइ जस्तो सधै त्रासमा हुदैन ! सेकेन्ड सुइलाई कारिन्दा बनाको हुन्छ ! घन्टा सुइ र सेकेन्ड सुइबिचको बिचौलिया बन्छ ! सकेको फाइदा लिन्छ र घन्टा सुइ जस्तै माथिल्लो बर्गमा जान प्रयास गर्छ !

☆घन्टा सुइ :
➙यो उच्च बर्ग हो ! यसले मिनेट तथा सेकेन्ड सुइको दु:खको क्रेडिट आफुले लिन्छ! श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ !

20/02/2023

"past is a waste paper,
Present is a news paper,
Future is a question paper,
So,
Read and write carefully...
Otherwire
Life will be tissue paper...!

25/07/2022

Copied from social media.

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍

१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।

२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।

३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।

४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।

५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । माटाेकाे गाग्रीकाे पानी, भुँड्काकाे दही खायाैं ।

६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । रिठ्ठा र खरानीले लुगा धाेयाैं ।

७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।

८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं । माटाेकाे स्कुुलमा, चकटिमा बसेर पढ्याैं । केतुके घारीमा दिशा पिसाव गर्याैं ।

९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्थ्याैं ।

१०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले नुन ढिकीकाे चिया पिएका छौं , रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ ।

११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको

Address

Pokhara
00977

Website

Alerts

Be the first to know and let us send you an email when Raj Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj Babu:

Shortcuts

Share