Shree Siddhichandi Saving & Credit Cooperative Ltd.

Shree Siddhichandi Saving & Credit Cooperative Ltd. Established by merging Shree Chandi & Siddhilaxmi Cooperarive Ltd.

21/06/2026

https://chat.whatsapp.com/HLQMtK33mE8BOLLaHl6v8O

यस संस्थाले चुस्त र प्रभावकारीरूपमा आफ्ना सदस्य महानुभावहरू माझ सूचना सम्प्रेषण गर्न यस संस्थाको WhatsApp Group प्रयोगमा ल्याईएको जानकारी गराउँदछौं ।
यस संस्थाका वचतकर्ता महानुभावहरूलाई उपर्युक्त link बाट उक्त Groupमा आबद्ध भई दिनुहुन अनुरोध गर्दछौं ।

यस संस्थाको system मा भएका mobile no. लाई मात्र उक्त Group मा समावेश गराइनेछ ।

धन्यवाद । जय सहकारी !

11/06/2026

संस्थागत ऋण असुली, बचत सुरक्षण तथा कानुनी प्रक्रिया सम्बन्धी अत्यन्त जरुरी सूचना!

आधिकारिक सूचना

आदरणीय कार्यसमिति सदस्यज्यूहरू, शेयरधनी महानुभावहरू तथा आदरणीय बचतकर्ताज्यूहरू,

संस्थाको समग्र वित्तीय हित, सदस्यहरूको बचत सुरक्षण र थाती रहेका ऋण असुली प्रक्रियालाई कानुनी रूपमा थप व्यवस्थित, सबल र परिणाममुखी बनाउने सम्बन्धमा नियमनकारी निकाय (सहकारी रजिष्ट्रारको कार्यालय) सँग सघन परामर्श र आपसी सल्लाह सम्पन्न भएको ब्यहोरा सहर्ष अवगत गराइन्छ।

उक्त कानुनी परामर्श र निर्देशनानुसार, संस्थाको विस्तृत ऋण असुली कार्ययोजना तथा वित्तीय प्रतिवेदन पेस गर्ने पूर्वनिर्धारित मिति २०८३/०२/२८ को समयावधिलाई परिमार्जन गरी आगामी २०८३ साल असार ९ गते मंगलबारका दिन नियमनकारी निकायमा प्रतिवेदन दर्ता गर्ने गरी कानुनी लचकता सहितको अन्तिम समयसीमा सुनिश्चित गरिएको छ।
तोकिएको उक्त नयाँ समयसीमाभित्रै बुझाइने रणनीतिक प्रतिवेदनलाई कानुनी रूपमा अकाट्य र संस्थागत रूपमा सर्वसम्मत बनाउन देहायबमोजिमका संगठनात्मक एवं कानुनी कार्यहरू तत्काल (असार ९ गते अगावै) सम्पादन गर्नुपर्ने भएकाले सम्पूर्ण सरोकारवालाहरूमा सक्रिय सहयोगका लागि हार्दिक आह्वान गरिन्छ:

१.निर्णय पुस्तिका (माइन्युट) को कानुनी प्रमाणिकरण र हस्ताक्षर संकलन:

बचतकर्ता महानुभावहरूसँगको आपसी छलफल, सहमति र मञ्जुरीबाट तयार पारिएको निर्णय पुस्तिका (माइन्युट) लाई कानुनी रूपमा बलियो प्रमाणका रूपमा स्थापित गर्न यथाशक्य धेरै भन्दा धेरै सदस्यहरूको भौतिक उपस्थिति र हस्ताक्षर अनिवार्य रहेकाले कार्यसमयभित्र कार्यालयमा उपस्थित भई दस्तखत गरिदिनुहुन अनुरोध छ।

२.बृहत् पारिवारिक संलग्नता र ऐक्यबद्धता:

गत बैठकमा उपस्थित हुनुभएका आदरणीय सदस्यज्यूहरूका साथै निजका परिवारमा आबद्ध अन्य सदस्यहरूलाई समेत संस्थाको वर्तमान कानुनी प्रक्रिया र ऋण असुली रणनीतिको गम्भीर्यताबारे स्पष्ट पारी उहाँहरूको समेत ऐक्यबद्धता (हस्ताक्षर) प्राप्त गर्नुपर्नेछ।

३.ऋण असुली कार्ययोजना (Recovery Action Plan) को ब्रिफिङ:

संस्थाको ऋण असुली प्रक्रिया कुन कानुनी विधि, प्रशासनिक प्रक्रिया र समयतालिका अन्तर्गत अगाडि बढिरहेको छ भन्ने सम्बन्धमा आफ्ना नजिकका तथा सम्पर्कमा रहेका अन्य बाँकी सम्पूर्ण सदस्यहरूलाई पूर्ण रूपमा सुसूचित गराई, संस्थाको हितका लागि उहाँहरूको पूर्ण मञ्जुरीका साथ हस्ताक्षर गराउन सहयोग गरिदिनुहुन अनुरोध छ।

४.स्वैच्छिक एवं सकारात्मक सहभागिता:

संस्थाको पुनरुत्थान, कानुनी उपचार र बचतकर्ताको रकम फिर्ता गराउने यस संस्थागत अभियानमा सकारात्मक रूपमा आबद्ध भई हस्ताक्षर गर्न इच्छा व्यक्त गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई मात्र यस प्रक्रियामा सहभागी गराइनेछ।

अति महत्त्वपूर्ण समयतालिका :

दस्तखत गरिसक्नुपर्ने अन्तिम मिति: २०८३ साल असार ८ गते (कार्यालय समयभित्र)।

दस्तखत गर्ने स्थान: संस्थाको आफ्नै कार्यालय।

रजिष्ट्रारको कार्यालय प्रस्थान गर्ने मिति: २०८३ साल असार ९ गते, मंगलबार।

भेला हुने समय: मध्यान्ह १२:३० बजे।

भेला हुने स्थान: संस्थाको आफ्नै कार्यालय (यहाँबाट सम्पूर्ण प्रतिनिधि एवं सदस्यज्यूहरू संयूक्त रूपमा रजिष्ट्रारको कार्यालय प्रस्थान गर्नेछौँ)।

विशेष कानुनी नोट:

पूर्वतयारी गरिएका पत्राचारहरूमा प्रयुक्त शब्दहरूलाई कानुनी एवं व्यावहारिक दृष्टिकोणबाट परिमार्जन गरी पूर्ण रूपमा शिष्ट, व्यावसायिक र कानुनी रूपमा अकाट्य भाषामा रूपान्तरण गरिएको छ। संस्था अब नियमनकारी निकायको प्रत्यक्ष समन्वयमा ठोस कानुनी एवं प्रशासनिक उपचारको मार्गमा दृढताका साथ अगाडि बढिसकेको हुनाले यस ऐतिहासिक मोडमा सम्पूर्ण बचतकर्ता र सरोकारवालाहरूको सक्रिय साथ र साझा प्रतिबद्धताको अपेक्षा गर्दछौँ।

"संस्थागत सुशासन र सदस्यको बचत सुरक्षा नै हाम्रो मुख्य प्रतिबद्धता हो।"
धन्यवाद।
नबिन शाक्य

यस सहकारी संस्थाले विगतदेखि नै आफ्ना सदस्यहरूको हितमा समर्पित रही आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको विदितै छ ।महाभूकम्प...
15/11/2025

यस सहकारी संस्थाले विगतदेखि नै आफ्ना सदस्यहरूको हितमा समर्पित रही आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको विदितै छ ।

महाभूकम्प र कोरोना महामारीमा समेत यस सहकारीले सदस्यहरूको सेवामा घर-घरमै सेवा पुऱ्याउन सकेको इतिहास पनि यस संस्थाले गर्वका साथ लिएको छ ।

राष्ट्रव्यापी र विश्वव्यापी रूपमा आएको संकटमा यस संस्थाले आफूभन्दा उच्च निकायहरूले जारी गरेका विभिन्न निर्देशनहरू पालना गर्दै हाम्रा ऋणी सदस्यहरू प्रति निकै लचकता अपनाउँदै ऋण असुलीमा हदैसम्मको नरमपना देखाएकै हो ।

तर केही वर्षदेखि देश र विश्वव्यापी रूपमा आएको आर्थिकमन्दिले गर्दा सबैलाई गाह्रो भइरहेको कटु सत्य पनि जगजाहेरै छ । अझ आर्थिक कारोबार गर्ने अधिकांश सहकारी संस्थाहरूमा तरलताको अभाव भई वचतकर्ताहरूको वचत फिर्ता गर्न समेत निकै सकस भइरहेको यथार्थता छ ।

त्यसैले यस सहकारीले आफ्नो दायित्व घटाउन र वचतकर्ताहरूले आफ्नो मेहनतले सानो सानो रकम जम्मा गरी वचत गरेका रकमहरू चाँडोभन्दा चाँडो फिर्ता गर्न हाम्रा ऋणी सदस्यहरूबाट ऋण असुली गर्न कडाइका साथ अघि बढ्ने जानकारी गराउँदछौं ।
यसै सूचनासँग प्रकाशित भएका ऋणी तथा धनजमानीहरूलाई संस्थाको बाँकी बक्यौदा फिर्ता गर्न यो अवसरलाई सदुपयोग गर्नुहुन अनुरोध गर्दछौं । अन्यथा कानून बमोजिम कारवाही हुने जानकारी गराउँदछौं ।

अन्तमा यस संस्थाका अन्य सदस्य महुभावहरूमा यस विषम परिस्थितिमा पनि संस्थालाई देखाउनु भएको माया, विश्वस र धैर्यताको लागि हामी सधैं आभारी रहने छौं ।

धन्यवाद । जय सहकारी !

ललितपुर  नगरपालिकाका पूर्व मेयर, ललितपुर उद्योग वाणिज्य  संघका पूर्व अध्यक्ष,पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्...
20/07/2025

ललितपुर नगरपालिकाका पूर्व मेयर, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष,पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री,एवं बरिष्ठ समाजसेवी । तथा यस श्री सिद्धिचण्डी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य आदरणीय श्री "बुद्धिराज बज्राचार्य " ज्यू को हिजो असामयिक निधन को खबरले हामी निशब्द छौं । यस शोकको घडीमा शोक सन्तप्त परिवारजन प्रति
हार्दिक समवेदना प्रकट गर्दै, मृतक प्रति चीरशान्तिको लागि कामना गदॅछौं ।🙏🙏

07/01/2025
Hardik Naman sanchalak barga garu majh ...
20/10/2023

Hardik Naman sanchalak barga garu majh ...

Address

Kumaripati/19
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 14:00
Tuesday 10:00 - 14:00
Wednesday 10:00 - 14:00
Thursday 10:00 - 14:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 14:00

Telephone

+977015521341

Alerts

Be the first to know and let us send you an email when Shree Siddhichandi Saving & Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Siddhichandi Saving & Credit Cooperative Ltd.:

Shortcuts

Share