03/02/2025
👉️👉️समानुपातिक करकट्टी सम्बन्धमा👈️👈️
👉️ म कर लाग्ने र कर छुट दुवै किसिमको कारोबार गर्ने भ्याटमा दर्ता भएको व्यवसायी हुँ, यस्तो अवस्थामा मैले किनेका स्थिर सम्पत्ति र खर्च हरूमा तिरेको सम्पूर्ण भ्याट रकम कट्टी गर्न पाउँछ र ?
👉️भ्याट लाग्ने कारोबार सँग प्रत्यक्ष सम्बन्धित खरिदमा मात्र तिरेको भ्याट रकम मात्र कट्टा गर्न पाइन्छ।
👉️ यदि हजुर भ्याट लाग्ने र नलाग्ने दुवै किसिमको कारोबार गर्नुहुन्छ र खरिद गरेको सम्पत्ति वा खर्च दुवै कारोबारमा प्रयोग हुन्छ भने उक्त खरिदमा तिरेको भ्याट रकम समानुपातिक गणना गरेर मात्र करकट्टी गर्न पाइन्छ ।
👉️कर लाग्ने कारोबारमा मात्र उक्त सम्पत्ति वा खर्च रकम के कति प्रयोग भएको हो सो अनुपातमा मात्र खरिदमा तिरेको भ्याट रकम कट्टी गर्न पाइन्छ।
👉️कर लाग्ने कारोबार र कर छुटको कारोबार मा प्रयोग भएको सम्पत्ति र खर्चको अनुपात छुट्याउन गाह्रो भएमा वार्षिक कारोबार का आधारमा निकाल्न सकिन्छ ।
👉️ जस्तै हजुरको वार्षिक कारोबार १ करोड छ, जसमध्ये भ्याट लाग्ने कारोबार ६० लाख र भ्याट नलाग्ने कारोबार ४० लाख भयो भने यस्तो अवस्थामा अनुपात ६०/४० को भयो । अब हजुरले सामान ढुवानी प्रयोजनका लागि मानौँ २००००००/- किनेको ट्रकमा २६००००/- भ्याट रकम तिर्नुहुन्छ र उक्त ट्रक भ्याट लाग्ने र नलाग्ने दुवै सामान ढुवानीका लागि प्रयोग हुन्छ भने हजुरको करयोग्य कारोबारको अनुपात ६०% गणना गर्दा हुन आउने रकम (२६०००० ×६०%) =१५६०००/- मात्र कट्टी गर्न पाइन्छ । बाँकी १०४०००/- भ्याट रकमलाई ट्रकको मूल्यमा नै जोड्नुपर्दछ । अन्य खर्च (जस्तै डिजल, पेट्रोल, स्टेसनरी, बीमा आदि) का हकमा समेत यसैगरी गणना गरी भ्याट कट्टी गर्नुपर्दछ।
👉️मासिक रूपमा यसरी गणना गरी हिसाब निकाल्न गाह्रो हुने भएकाले अषाढ महिनाको विवरण हाल्दा वर्षभरिको एकमुष्ट हिसाब निकाली कट्टा गर्न नपाउने भ्याट रकमलाई बिक्रीतर्फ अन्य थपघटमा समायोजन गर्नुपर्दछ ।
👉️यसरी समानुपातिक करकट्टी गणना नगरी विवरण पेश गरेमा कर अधिकृतले बढी दाबी गरेको भ्याट रकममा ब्याज र थप २०% जरिवाना गर्न सक्दछ।