Janak Saving & Credit Cooperative Ltd.

Janak Saving & Credit Cooperative Ltd. Cooperative

17/10/2023
आज दशैंको पहिलो दिन घटस्थापना ।  घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।पौराणिक र तान्त्रिक महत...
15/10/2023

आज दशैंको पहिलो दिन घटस्थापना । घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । घटस्थापनाको शुभकामना ।

जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेड

हिण्दु महिलाहरुको महान पर्व तिजको अवसरमा सम्पूणर्मा सुख, सु-स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना।Janak Saving...
18/09/2023

हिण्दु महिलाहरुको महान पर्व तिजको अवसरमा सम्पूणर्मा सुख, सु-स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना।

Janak Saving and credit Co-operative Ltd.

आज श्रीकृष्ण जन्माष्टमी, प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी यो पर्व मनाइन्छ । कंस...
06/09/2023

आज श्रीकृष्ण जन्माष्टमी, प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी यो पर्व मनाइन्छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । श्रीकृष्ण जन्माष्टमीको शुभकामना ।

जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

श्रावण १५, खीर खाने दिनको सम्पूर्णमा मीठो शुभकामना 🙏🙏
31/07/2023

श्रावण १५, खीर खाने दिनको सम्पूर्णमा मीठो शुभकामना 🙏🙏

आज साउने सक्रान्ती, अर्थात आषाढ महिनामा खेतवारीमा हिलोमा खेली रोपाई गर्दाको थकित शरीरलाई विश्राम दिइ हाम्रो संस्कृति र प...
17/07/2023

आज साउने सक्रान्ती, अर्थात आषाढ महिनामा खेतवारीमा हिलोमा खेली रोपाई गर्दाको थकित शरीरलाई विश्राम दिइ हाम्रो संस्कृति र परम्पराअनुसार मीठो मीठो परिकार खाइ लुतो फाल्ने दिन । साउने सक्रान्तीको सबैमा शुभकामना । श्रावण महिना सबैको सुखदायी बितोस् ।
#जनक बचत तथा ऋण सहकारी संस्था लि.

आज २१० औं भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली ...
14/07/2023

आज २१० औं भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका थिए ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित भएका थिए । उनका विभिन्न कृतिहरु अहिले पनि जिबन्त छन् । भानु जयन्तीको शुभकामना ।

#जनक बचत तथा ऋण सहकारी संस्था लि.

आज माघ १ अर्थात माघे संक्रान्ति । माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो ।विशेष गरि हिन्दू, बुद्...
15/01/2023

आज माघ १ अर्थात माघे संक्रान्ति । माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो ।

विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति । यस विशेष दिनको अवसरमा हाम्रा समस्त ग्राहक वर्ग, सुभेच्छुकलगायत सम्पुर्णमा हार्दिक मंलगमय शुभकामना व्यक्त गर्दछौं ।

जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेड . ।

आज असार १५ गते १९ औं धान दिवस । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको १५ गते धान दिवस संगै रोपाईं जात्राका रुपम...
29/06/2022

आज असार १५ गते १९ औं धान दिवस । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको १५ गते धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

यस दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको सबैमा शुभकामना ।

जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Address

Sakhuwanankarkatti
Lahan
033

Opening Hours

09:00 - 17:00

Telephone

+9779862858629

Website

Alerts

Be the first to know and let us send you an email when Janak Saving & Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share