Bricks Investment Pvt. Ltd.

Bricks Investment Pvt. Ltd. Investment Company

12/12/2016

शेयरमा लगनी गर्दा के कुरामा ध्यान दिने ??
-मूल्य आम्दानी अनुपात २० गुणा वा सो भन्दा तल भएका,
-पूँजी आधार राम्रो रहेको,
-निक्षेप र कर्जा बिस्तार आक्रामक रुपमा गरेको वा ब्यापार बढाउँदै लगेको,
-गत बर्षको खुद नाफाबाट आकर्षक बोनस सेयर दिएर पूँजी कृछि गरेको,
-हकप्रद पनि दिएको रहेछ भने दुबै जोड्दा प्रति सेयर आम्दानीलाई सन्तुलनमा राखेको वा बढाएको,
-तीन बर्षदेखि लगातार बोनस सेयरको मात्रा बढाउँदै आएको,
-हकप्रद भन्दा बोनस सेयर धेरै दिने,
-निस्क्रिय कर्जा ३ प्रतिशत मुनी रहेको,
-चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै रहेको,
-देशब्यापी कार्य क्षेत्र भएको,
-प्रतिष्ठित र बिबादमुक्त संचालकहरु रहेको,
-संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली राम्रो रहेको,
-नियमनकारी निकायहरुको कारबाहीमा नपरिरहेको वा पर्ने संभावना नरहेको कम्पनीको सेयर मूल्य तल झरेको बेलामा खरिद गरौं ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण समेत अध्ययन गरी गत बर्षको बोनस घोषणा गर्न बाँकी कम्पनीको सेयर सस्तोमा किनौ ।
source: merolagani

14/08/2016

हकप्रद निष्काशन गर्दै ‘२३ कम्पनीहरु’

राष्ट्र बैंकले तोकेको निश्चित पुँजी निश्चित समयावधिमा पुर्याउनका लागि प्राय बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निष्काशनलाई नै मुख्य माध्यमका रुपमा लिएका छन् । जसअनुरुप अहिले बैंक तथा वित्तीय संस्थाहरु आफ्नो संस्थाको वर्तमान चुक्ता पुँजीको विस्तृत अध्ययन पश्चात सकेसम्म अपुग पुँजी पुर्तिका लागि मर्जर एक्युइजिसन भन्दा हकप्रद सेयर निष्काशन नीति नै लागु गर्ने होडमा छन् । कति वित्तीय संस्थाले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र वोर्डबाड अनुमति पाइसकेका छन्, भने कति अनुमतिका लागि पर्खिरहेका छन् ।
आर्थिक वर्ष ७३/७४ मा वित्तीय संस्था (बैङ्क, विकास बैङ्क, फाइनान्स, र बीमा) र जलविद्युत गरी २३ ओटा कम्पनीको ८ करोड ७३ लाख कित्ता शेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीमध्ये सबैभन्दा बढि विकाश संख्या विकाश बैंकहरुको छ । जसमा १३ ओटा विकास बैङ्क, ४ ओटा फाइनान्स, २ ओटा वाणिज्य बैङ्क एक ÷एक ओटा जलविद्युत् र बीमा कम्पनी रहेका छन् ।
ती कम्पनीमध्ये प्राइम कमर्शियल बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क तथा माउण्ट मकाउ विकास बैङ्क गरी तीनओटा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । निष्कासन अनुमति पाएका ती वित्तीय संस्थाबाट रू. २ अर्ब १२ करोडबराबरको २ करोड १२ लाख कित्ता शेयर निष्कासन हुँदैछ । जसमा प्राइम कमर्शियल बैङ्कले ३ः१ को अनुपातमा (३ शेयर कित्ताबराबर १) शेयर निष्कासन गर्ने भएको छ भने सेञ्चुरी कमर्शियल बैङ्कले १०ः३ र माउण्ट मकाउ विकास बैङ्कले १ः१.५ का दरले शेयर निष्कासन गर्न लागेका छन् ।
हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएका तर वोर्डको स्विकृती पाइनसकेका कम्पनीहरुमा, हिमालय बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सेन्टर फाइनान्स, कामना विकाश बैंक, सेती फाइनान्स, सहारा विकाश बैक, अपी पावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, त्रिवेणी विकाश बैंक, ललितपुर फाइनान्स, नागबेली लघुवित्त विकाश बैंक, अरनीको विकाश बैंक, सप्तकोशी विकाश बैंक, सेवा विकाश बैंक, मुक्तिनाथ विकाश बैंक, मितेरी विकाश बैंक, एनएमबी माइक्रो फाइनान्स, सिद्धार्थ बैंक, नेको इन्स्योरेन्स र कन्चन विकाश बैंक रहेका छन् ।
हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका र अनुमतिको पर्खाइमा रहेका हिमालय बैङ्क, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सेण्टर फाइनान्स, कामना विकास बैङ्क र सेती फाइनान्स गरी ४ ओटा कम्पनीबारे बोर्डले अध्ययन गरी प्रतिक्रिया पठाइसकेको छ । तर ती कम्पनीहरुले वोर्डमा कुनै जवाफ नआएकाले यसपश्चात वोर्डले कुनै कार्य अगाडी बढाएको छैन ।
त्यस्तै वोर्डले प्रतिक्रिया पठाइसकेका कम्पनीमा ललितपुर फाइनान्स, नागबेली लघुवित्त विकास बैङ्क, अरनिको विकास बैङ्क, सप्तकोशी विकास बैङ्क, सेवा विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, मितेरी विकास बैङ्क, एनएमबी माइक्रो फाइनान्स र सिद्धार्थ बैङ्क परेका छन् ।
यसबाहेकका कम्पनीहरु, सहारा विकास बैङ्क, अपी पावर कम्पनी, गुह्येश्वरी मर्चेण्ट बैङ्क एण्ड फाइनान्स, त्रिवेणी विकास बैङ्कको आवेदनका विषयमा भने वोर्डले अध्ययन गरिरहेको छ ।
वोर्डमा ढिला आवेदन दिनेहरुमा परेका २ कम्पनीहरु कञ्चन विकास बैङ्क र नेको इन्स्योरेन्सको आवेदनमाथि भने बोर्डले कुनै काम कारबाही अघि बढाएको छैन ।
Source: Bankingkhabar

After KHANI KHOLA HIDRO, next opportunity to invest in primary share of GREEN DEV BANK.
28/05/2016

After KHANI KHOLA HIDRO, next opportunity to invest in primary share of GREEN DEV BANK.

जेठ १६ गते आइतबारदेखि खानी खोला हाइड्रोको साधारण शेयर निष्काशन हुनै लाग्दा ग्रीन डेभलपमेण्ट बैंकले पनि साधारण शेयर निष्काशनको मिति निर्धारण गरेको छ । बैंकले जेठ २३ गतेदेखि साधारण शेयर निष्काशन गर्ने निर्णय सहितको आह्वानपत्र प्रकाशित गरेको छ ।

It would better knowing all aspect about "Fast Track" so that our decision will be better..
13/05/2016

It would better knowing all aspect about "Fast Track" so that our decision will be better..

नोट: सरकारले काठमाडौं-निजगढ फास्ट-ट्रयाक आफैं बनाउने निर्णय गरेपछि त्यो सम्भव छ कि छैन भन्ने बहस सुरु भएको छ। यो बहसलाई अगाडि बढाउदै यसमा हामीले ...

It sounds good.. lets see its implementing aspect.
08/05/2016

It sounds good.. lets see its implementing aspect.

Investors are going to get core information to invest.. It's good news for investors.
21/04/2016

Investors are going to get core information to invest.. It's good news for investors.

काठमाडौं । अर्को कम्पनीले पनि क्रेडिट रेटिङ एजेन्सी सञ्लान गर्न नेपाल धितोपत्र वोर्डसँग स्वीकृति माग गरेको छ । अमेरिकी संयुक्त…

It's an another opportunity.. Market price of Sunrise Bank today is Rs. 592.. and its offer auction at list at Rs 100 an...
21/04/2016

It's an another opportunity.. Market price of Sunrise Bank today is Rs. 592.. and its offer auction at list at Rs 100 and more.

25/03/2016
23/03/2016

हामी सबै आँफुले लगानी गरेको कम्पनी सबै पक्षबाट सबल र उत्कृष्ट होओस् प्रतिफल पनि आकर्षक पाईयोस् भन्ने चाहना राख्छौं । तर पनि सबै कम्पनीहरु सोचेजस्तो सबल देखिँदैनन । उसोभए नेपालमा हाल

15/03/2016

केही समय अघिसम्म नेपालको शेयर बजारमा निर्जिवन बिमा कम्पनीको शेयरमा लगानी गर्न लगानीकर्ताहरु त्राहीमाम हुने गर्थे । यस्ता कम्पनीहरुमा संस्थागत सुशासन कमजोर हुने र उनीहरुले राम्रो आम्दानीी गर्न नसक्ने आरोप लगाइन्थ्यो र केही घटनाहरुमा यो पुष्टि पनि भएको थियो । तर अहिले तिनै निर्जिवन बिमा कम्पनीहरु स…

http://www.merolagani.com/NewsDetail.aspx?newsID=25895
05/03/2016

http://www.merolagani.com/NewsDetail.aspx?newsID=25895

पुर्व सूचना दिएर मात्र कुनै पनि कामको सुरुवात गर्ने प्रचलन संसर भरि छ । दैवी प्रकोप मात्र बिनाजानकारी आइलाग्ने विपत्ती हो । इन्भेष्टमेण्ट बैंकको एफपिओमा अधिकांसले बहुसंख्यक आवेदन फारममा एकल चेकको प्रयो गरेका छन् । तर बोर्डले काम सकिए पछि यस्तो निर्देशन जारी गरेका कारण सामाजिक सञ्जालदेखि यत्रतत्र…

02/03/2016

Address

Siddhi Bhawan, Jamal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bricks Investment Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share