02/06/2026
तीनदिने व्यवसाय प्रवर्द्धन बुट क्याम्प सफलतापूर्वक सम्पन्न
नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको आयोजना, IEDI को सहयोग तथा कैलाली उद्योग वाणिज्य संघ तथा The Incubator Academy को सहकार्यमा सञ्चालन गरिएको तीनदिने व्यवसाय प्रवर्द्धन बुट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ।
बुट क्याम्पको अन्तिम दिन सहभागी स्टार्टअप उद्यमीहरूले आफ्ना उत्पादन, सेवा तथा व्यवसायिक अवधारणाहरू हाटबजार तथा प्रदर्शनीमार्फत प्रस्तुत गर्दै बजार परीक्षण, ग्राहक प्रतिक्रिया र सम्भावित साझेदारीका अवसरहरू खोजेका छन्।
The Incubator Academy का लागि यो कार्यक्रम युवा उद्यमीहरूमा नवप्रवर्तन, व्यवसायिक सोच र उद्यमशील क्षमताको विकासतर्फ महत्वपूर्ण कदम बनेको छ। सहभागी सबै उद्यमी, साझेदार संस्था, सहजकर्ता तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद।
उद्यमशीलता, नवप्रवर्तन र स्थानीय आर्थिक विकासका लागि हाम्रो यात्रा निरन्तर जारी रहनेछ।