Champawati Saving & Credit Cooperative Ltd

Champawati Saving & Credit Cooperative Ltd Financial Institution, located at kathmandu 16 Balaju Machhapokhari.

देशकाे दुरदराज वाट काठमाडौमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न रहनुभएकाे सदस्यज्यूहरूकाे व्यवसायलाई थप उर्जाशिल र अग्रगामी बनाउन वित्तिय रूपमा सहयाेग र हातेमालाे गर्ने उदेश्यले २०६७ श्रावण ३० गते नियामक निकायमा विधिवत दर्ता गरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरिरहेका छाै

कार्यालय बन्द रहने सम्बन्धी सुचना
27/08/2026

कार्यालय बन्द रहने सम्बन्धी सुचना

बचत तथा ऋणको ब्याजदर परिवर्तन सम्बन्धी सुचना
18/08/2026

बचत तथा ऋणको ब्याजदर परिवर्तन सम्बन्धी सुचना

15/08/2026

❤️ सेवा नै हाम्रो धर्म, समाज नै हाम्रो कर्म ❤️

वृद्ध आमा–बुबाहरूको मुहारमा मुस्कान ल्याउने सानो प्रयास पनि हाम्रो लागि ठूलो खुसी हो। 🙏

नवजीवन परोपकार समाज (वृद्ध आश्रम) मा आयोजित खाना खुवाउने तथा खाद्यान्न वितरण कार्यक्रममा सहभागी भई उहाँहरूसँग केही समय बिताउन पाउँदा अत्यन्तै आत्मीय र खुसी महसुस भयो। ❤️

उहाँहरूको आशिर्वाद, मुस्कान र खुसी नै हाम्रो सेवाको सबैभन्दा ठूलो उपलब्धि हो।
कार्यक्रम सफल बनाउन साथ, सहयोग र माया दिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। 🙏

❤️ सेवा नै हाम्रो धर्म, समाज नै हाम्रो कर्म ❤️वृद्ध आमा–बुबाहरूको मुहारमा मुस्कान ल्याउने सानो प्रयास पनि हाम्रो लागि ठू...
15/08/2026

❤️ सेवा नै हाम्रो धर्म, समाज नै हाम्रो कर्म ❤️

वृद्ध आमा–बुबाहरूको मुहारमा मुस्कान ल्याउने सानो प्रयास पनि हाम्रो लागि ठूलो खुसी हो। 🙏

नवजीवन परोपकार समाज (वृद्ध आश्रम) मा आयोजित खाना खुवाउने तथा खाद्यान्न वितरण कार्यक्रममा सहभागी भई उहाँहरूसँग केही समय बिताउन पाउँदा अत्यन्तै आत्मीय र खुसी महसुस भयो। ❤️

उहाँहरूको आशिर्वाद, मुस्कान र खुसी नै हाम्रो सेवाको सबैभन्दा ठूलो उपलब्धि हो।
कार्यक्रम सफल बनाउन साथ, सहयोग र माया दिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। 🙏

१५औँ वार्षिक उत्सव 🎉“जहाँ छ उद्यमी र व्यवसायीको हात, त्यहाँ छ चम्पावतीको साथ।”चम्पावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडक...
14/08/2026

१५औँ वार्षिक उत्सव 🎉

“जहाँ छ उद्यमी र व्यवसायीको हात, त्यहाँ छ चम्पावतीको साथ।”

चम्पावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक उत्सवको सुखद अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, सल्लाहकार, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक बधाई एवं शुभकामना। 🌹

विश्वास, सहकार्य र सेवाको यात्रालाई निरन्तरता दिँदै संस्थालाई अझ सबल, व्यवस्थित र गुणस्तरीय बनाउने हाम्रो प्रतिबद्धता सदैव कायम रहनेछ।

यहाँहरूको साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार।
🙏 जय सहकारी । जय चम्पावती । 🙏

आजदेखि हाम्रो संस्थाको परिवारमा जोडिनुभएका नयाँ कर्मचारीज्यूलाई हार्दिक स्वागत तथा बधाई व्यक्त गर्दछु। यहाँको अनुभव, क्ष...
09/08/2026

आजदेखि हाम्रो संस्थाको परिवारमा जोडिनुभएका नयाँ कर्मचारीज्यूलाई हार्दिक स्वागत तथा बधाई व्यक्त गर्दछु। यहाँको अनुभव, क्षमता, ज्ञान र सीपलाई संस्थाको हितमा प्रयोग गर्दै संस्थाको उद्देश्य र लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।

संस्था एउटा भवन वा कार्यालय मात्र होइन, यो हामी सबैको साझा जिम्मेवारी र साझा भावना हो। संस्थाको प्रगति र सफलताका लागि सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सदस्यहरूबीच आपसी विश्वास, सहकार्य, अनुशासन र सकारात्मक सोच आवश्यक हुन्छ। त्यसैले आगामी दिनमा पनि हामी सबैले एकअर्कालाई सहयोग गर्दै संस्थाको गरिमा र विश्वसनीयता अझ उचाइमा पुर्‍याउन निरन्तर प्रयास गरौँ भन्ने अनुरोध गर्दछु।

आज हामी यस संस्थामा लामो समयदेखि आफ्नो जिम्मेवारी इमानदारी, लगनशीलता र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै आउनुभएका कर्मचा...
09/08/2026

आज हामी यस संस्थामा लामो समयदेखि आफ्नो जिम्मेवारी इमानदारी, लगनशीलता र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै आउनुभएका कर्मचारीज्यूको बिदाइ गर्ने महत्वपूर्ण अवसरमा यहाँ उपस्थित भएका छौँ।

सबैभन्दा पहिले, संस्थामा उहाँले पुर्‍याउनुभएको योगदान, मेहनत, अनुशासन र सहकार्यका लागि संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। संस्थामा बिताउनुभएको समय, उहाँले दिनुभएको सेवा र सहकर्मीहरूसँग गर्नुभएको सहकार्य हामी सबैका लागि सदैव स्मरणीय रहनेछ। आगामी दिनहरूमा उहाँको व्यक्तिगत तथा व्यावसायिक जीवन अझ सफल, सुखद र उज्ज्वल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस संस्थाको  ऋण उप समितिका सदस्य तपाई श्री दिपक कुवॅरज्युलाई आजपर्न गएकाे जन्मदिनको अबसरमा यहाँको  सु-स्वास्थ्य , दिर्घा...
04/08/2026

यस संस्थाको ऋण उप समितिका सदस्य तपाई श्री दिपक कुवॅरज्युलाई आजपर्न गएकाे जन्मदिनको अबसरमा यहाँको सु-स्वास्थ्य , दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना
गद‌‍छाै ।
🙏🎂🎂🎂🎂🎂🎉🎉🎉
चम्पावती साकोस परिवार ।।

यस संस्थाको सल्लाहकार समितिका सदस्य श्री जीवन कुमार पाण्डे ज्युलाई आज पर्न गएकाे जन्मदिनको अबसरमा यहाँको  सु-स्वास्थ्य ,...
25/07/2026

यस संस्थाको सल्लाहकार समितिका सदस्य श्री जीवन कुमार पाण्डे ज्युलाई आज पर्न गएकाे जन्मदिनको अबसरमा यहाँको सु-स्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना
गद‌‍छाै ।
🙏🎂🎂🎂🎉🎉🎉
चम्पावती साकोस परिवार ।।

यस आर्थिक वर्ष२०८२/८३को आषाढ क्लोजिङमा यस संस्थामा आबद्ध ऋणी शेयर सदस्य ज्यूहरु मध्ये धेरै सदस्यहरुले आफ्नो नियमित ब्याज...
16/07/2026

यस आर्थिक वर्ष२०८२/८३को आषाढ क्लोजिङमा यस संस्थामा आबद्ध ऋणी शेयर सदस्य ज्यूहरु मध्ये धेरै सदस्यहरुले आफ्नो नियमित ब्याज किस्ता समयमा तिरि तपाई हामी सबैको आफ्नै साझा संस्थालाई सुखद वषर्ान्त गर्न सहयोग गर्नु भएकोमा यहाँहरु लगायत सबै शेयर सदस्यहरु तथा कर्मचारीहरु, संचालक, लेखा तथा विभिन्न साझा, नियमनकारीहरू सबैलाई हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछु। यहाँहरुको माया साथ तथा विश्वास आगामी वर्षरुमा पनि निरन्तर कायम रहोस भन्ने अपेक्षा पनि गर्दछु। समयमा किस्ता ब्याज ऋणमा हर्जाना तिर्ने र मासिक नियमित बचत नगर्ने सदस्यहरुलाई संरक्षित पुजीकोष नपाउने कुरा पनि सबैलाई जानकारी गराउन चाहन्छु।
सचिव
हरि प्रसार खरेल

Address

Kathmandu 16 Machhapokhari Kathmandu
Kathmandu

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715906224

Alerts

Be the first to know and let us send you an email when Champawati Saving & Credit Cooperative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Champawati Saving & Credit Cooperative Ltd:

Shortcuts

Share