AQN World

AQN World AQN World is dedicating on Nepse (Nepal Stock Exchange) Technical Analysis. Our mission is to help ne

Master the Technical Analysis Book प्राविधिक विश्लेषणमा महारत पुस्तक लिङ्क कमेन्टमा छ The wait is finally over! Pre-book...
15/08/2026

Master the Technical Analysis Book प्राविधिक विश्लेषणमा महारत पुस्तक लिङ्क कमेन्टमा छ
The wait is finally over! Pre-booking deliveries will commence from Monday.
This is your last chance to pre-book — only 2 days remaining. Seize the opportunity today!

बजारको मेरुदण्ड: सिद्धान्त । बजार संरचना । बजार चक्रप्राविधिक कला: मूल्य व्यवहार (Price Action) । भोल्युम । सूचकहरूसफलता...
01/08/2026

बजारको मेरुदण्ड: सिद्धान्त । बजार संरचना । बजार चक्र
प्राविधिक कला: मूल्य व्यवहार (Price Action) । भोल्युम । सूचकहरू
सफलताको सूत्र: मनोविज्ञान । ट्रेडिङ रणनीति । जोखिम व्यवस्थापन । नाफा अभिवृद्धि

पूर्ण मार्गदर्शिका चाँडै आउँदैछ | Final days of pre-booking! Secure your copy before it closes. www.tasathi.com

The Complete Reference Book Is Almost Here, The Wait Is Nearly Over!
30/07/2026

The Complete Reference Book Is Almost Here, The Wait Is Nearly Over!

📉 क्यापिचुलेसन (Capitulation):  From Master the Technical Analysis Book जब लगानीकर्ताले बजारसमक्ष आत्मसमर्पण गर्छन्बजारक...
14/07/2026

📉 क्यापिचुलेसन (Capitulation): From Master the Technical Analysis Book

जब लगानीकर्ताले बजारसमक्ष आत्मसमर्पण गर्छन्

बजारको गिरावट चरणको अन्तिम र सबैभन्दा भावनात्मक रूपमा पीडादायक अवस्थालाई क्यापिचुलेसन भनिन्छ।

यस अवस्थामा लगातार नोक्सानी बेहोरेका लगानीकर्ताहरू थप घाटाको डरले बाँकी पुँजी जोगाउन अत्यन्त सस्तो मूल्यमा पनि आफ्ना सेयर बिक्री गर्न थाल्छन्। यहाँ बिक्री निर्णय तार्किक विश्लेषणभन्दा बढी डर, हताशा र आतंक बाट निर्देशित हुन्छ।

🔹 असामान्य रूपमा उच्च कारोबार परिमाण
सबै लगानीकर्ता एकैपटक बजारबाट बाहिरिन खोज्दा कारोबार परिमाण तीव्र रूपमा बढ्छ।

🔹 भावनात्मक बिक्री
लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था वा मूल्यांकनभन्दा पनि त्रासका आधारमा सेयर बिक्री गर्छन्।

🔹 चरम निराशा र आत्मसमर्पण
“अब बजार कहिल्यै माथि जाँदैन” भन्ने सोच बलियो हुन्छ र धेरै लगानीकर्ता पूर्ण रूपमा बजार छोड्ने अवस्थामा पुग्छन्।

तर क्यापिचुलेसन केवल संकटको संकेत मात्र होइन। प्रायः यसले गिरावट चरण अन्त्यको नजिक पुगेको सम्भावना पनि देखाउँछ।

यसपछि अधिकांश कमजोर हातहरू बजारबाट बाहिरिसकेका हुन्छन्, बिक्री दबाब क्रमशः घट्न थाल्छ र मूल्य स्थिर हुँदै नयाँ सञ्चय चरण (Accumulation Phase) का लागि आधार निर्माण हुन सक्छ।

📌 बजारमा सबैभन्दा ठूलो निराशा देखिएको समय नै सम्भावित अवसरको सुरुवात पनि हुन सक्छ—तर निर्णय सधैँ मूल्य, परिमाण र बजार संरचनाको पुष्टिपछि मात्र लिनुपर्छ।

Pre-book at www.tasathi.com

Moving Average Note:मुभिङ एभरेजको विश्लेषण गर्दा केवल मूल्य एभरेजभन्दा माथि वा तल छ भन्ने सीमित अवलोकनमा निर्भर रहनु पर्...
09/07/2026

Moving Average Note:

मुभिङ एभरेजको विश्लेषण गर्दा केवल मूल्य एभरेजभन्दा माथि वा तल छ भन्ने सीमित अवलोकनमा निर्भर रहनु पर्याप्त हुँदैन। मूल्य, अल्पकालीन एभरेज, दीर्घकालीन एभरेज तथा तिनको स्लोप बीचको समन्वित संरचनात्मक सम्बन्धलाई समग्र रूपमा मूल्याङ्कन गर्नु आवश्यक हुन्छ। यही दृष्टिकोणले बजारमा प्रवृत्तिको दिशा, शक्ति तथा स्थायित्व सम्बन्धी निष्कर्षलाई अझ विश्वसनीय र विश्लेषणात्मक रूपमा सुदृढ बनाउँछ।

१. सञ्चय चरण (Accumulation Phase)सञ्चय चरण सामान्यतया साइडवेज प्रवृत्ति वा ट्रेडिङ रेन्जभित्र विकसित हुन्छ। यस अवधिमा बज...
08/07/2026

१. सञ्चय चरण (Accumulation Phase)

सञ्चय चरण सामान्यतया साइडवेज प्रवृत्ति वा ट्रेडिङ रेन्जभित्र विकसित हुन्छ। यस अवधिमा बजारको नियन्त्रण प्रायः ठूला संस्थागत लगानीकर्ता, पोर्टफोलियो प्रबन्धक वा अन्य पेशेवर सहभागीहरूको हातमा रहन्छ। उनीहरूले ठूलो परिमाणको खरिद आदेशलाई बजारमा अत्यधिक उतारचढाव नल्याई, क्रमशः, गोप्य र रणनीतिक ढङ्गले कार्यान्वयन गरिरहेका हुन्छन्।
यस चरणमा मूल्य सामान्यतया समर्थन र प्रतिरोधको सीमित दायराभित्र सञ्चालित हुन्छ।

यही सीमित दोहोरिने चालका कारण सर्वसाधारण लगानीकर्ताहरूमा अन्योलता पैदा हुन्छ र धेरैजसो सहभागीहरू बजारबाट टाढा रहन वा निर्णायक रूपमा सक्रिय हुन हिचकिचाउँछन्। कहिलेकाहीँ, यस अवधिमा नक्कली ब्रेकआउट (False Breakout) वा नक्कली ब्रेकडाउन (False Breakdown) पनि देखापर्न सक्छन्, जसले बजारलाई अझ भ्रमपूर्ण बनाउँछ र कमजोर पोजिसनधारीहरूलाई बजारबाट बाहिर निकाल्न सहयोग पुर्‍याउँछ।

यद्यपि बाहिरी रूपमा माग र आपूर्ति तुलनात्मक रूपमा सन्तुलित देखिन सक्छ, यस चरणको अन्तर्निहित उद्देश्य भनेको आगामी बुलिस प्रवृत्तिका लागि बलियो आधार निर्माण गर्नु हो। यस अर्थमा, सञ्चय चरणलाई बजारमा आगामी तीव्र चाल (Significant Move) अघि देखिने “तूफान अघिको शान्त अवस्था” (Calm Before the Storm) का रूपमा व्याख्या गर्न सकिन्छ।

03/07/2026

किन शेयर बजार सधैं यसको उचित मूल्य (Fair Price) को नजिक रहँदैन? Free Webinar Today, विवरण Comment मा छ

01/07/2026

नि:शुल्क शेयर तालीम "विपरीत सोचेको सिद्धान्त"
Registration लिङ्क comment मा छ

नयाँ ट्रेन्डको सुरुवात  कस्तो अवस्थामा हुन्छ ?  content from the upcoming book
30/06/2026

नयाँ ट्रेन्डको सुरुवात कस्तो अवस्थामा हुन्छ ? content from the upcoming book

Address

New Banesowr
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when AQN World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share