NIC ASIA Bank

NIC ASIA Bank Welcome to NIC ASIA Bank's official page. We are glad you are here! Vision:
To ensure the creation of optimum values for all the stakeholders.

NIC ASIA Bank has its antecedents in NIC Bank which was established on 21st July 1998. The Bank was rechristened as NIC ASIA Bank after the merger of NIC Bank with Bank of Asia Nepal on 30th June 2013. This was a historic merger in the annals of the Nepalese financial landscape as the first of its kind merger between two successful commercial banks in the country. Today, NIC ASIA has established i

tself as one of the most successful commercial banks in Nepal. During the post-merger integration phase, NIC ASIA managed the transition very smoothly receiving accolades from the regulators as well as the stakeholders, paving the way for other mergers and consolidations in the Nepalese financial sector. After the merger, NIC ASIA was recognized as “Bank of the Year 2013-Nepal” by The Banker, Financial Times, UK. This is the second time that the Bank was recognized with this prestigious award, the previous occasion being in 2007. NIC ASIA Bank is now, one of the largest private-sector commercial banks in the country in terms of capital base, balance sheet size, number of branches, ATM network, and customer base. The Bank strongly believes in meritocracy, transparency, professionalism, team spirit, and service excellence. These core values are internalized by all functions within the Bank and are reflected in all actions the Bank takes during the course of its business. Mission:
To be a Bank of 1st Choice for all the stakeholders. NIC ASIA Bank has been involved in contributing to society in various ways as a part of its Corporate Social Responsibility (CSR), CSR Culture in Nepal. For more information visit : https://www.nicasiabank.com/csr

Tagline:
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि

Subsidiaries:
NIC ASIA Laghubitta: https://www.nicasialaghubitta.com/
NIC ASIA Capital: https://www.nicasiacapital.com/

मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया ...
28/08/2026

मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरु हाल सुरक्षित स्थानमा रहनुभएको र आवश्यक परेमा कर्मचारीहरु र परिवारका सदस्यहरु सहितलाई हेलिकोप्टर मार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको छ ।

बाढीका कारण यस बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको छ । उक्त शाखा कार्यालयहरु पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने जानकारी समेत गराउँदछौं ।

आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति यस बैंक परिवार दुःख व्यक्त गर्दछ । साथै, उक्त बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौं । हालसम्म सम्पर्कमा नआउनु भएका नागरिकहरुको सकुशल रुपमा छिटो उद्दार र उक्त घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

विस्तृतमा:👇

https://www.nicasiabank.com/news/bhotekoshi-flood-and-its-impact-on-the-bank/

NIC Asia Bank Nepal

Alert!!
28/08/2026

Alert!!

शाखा कार्यालय खुल्ला रहने सम्बन्धी अत्यन्त जरुरी सूचना
28/08/2026

शाखा कार्यालय खुल्ला रहने सम्बन्धी अत्यन्त जरुरी सूचना

एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण ग...
27/08/2026

एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको रु २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ । बैंकका अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यू र प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यज्यूले संयुक्त रुपमा नेपाल सरकारका माननीय अर्थमन्त्री श्री डा.स्वर्णिम वाग्लेज्यूलाई २०८३/५/११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

विस्तृतमा:👇
https://www.nicasiabank.com/news/press-release-regarding-handover-of-npr-221-crore-to-prime-minister-disaster-relief-fund/

बाढीबाट प्रभावित परिवारहरूसँग यस कठिन घडीमा हामी सबै सँगै छौं ।सरकारको आधिकारिक राहत कोषमा सहयोग गरौँ। 🙏उद्धार तथा राहत ...
27/08/2026

बाढीबाट प्रभावित परिवारहरूसँग यस कठिन घडीमा हामी सबै सँगै छौं ।
सरकारको आधिकारिक राहत कोषमा सहयोग गरौँ। 🙏

उद्धार तथा राहत कार्यमा खटिनुभएका सबैप्रति हार्दिक सम्मान र आभार। 🙏

Give More, Support More.

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकता र बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राखी 'NADA Auto Show 2026' क...
27/08/2026

एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकता र बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राखी 'NADA Auto Show 2026' को अवसरमा ल्याएको विशेष अटो लोन योजना ग्राहक महानुभावहरुमाझ लोकप्रिय बन्दै गएको छ । यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो सो २०२६’ को अवसरमा बैंकले ७ वर्षसम्म वार्षिक ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘एन आई सी एशिया अटो लोन’ योजना उपलब्ध गराइरहेको छ । नाडा अटो सोको पहिलो दिनदेखि नै यस कर्जा योजनाप्रति ग्राहक महानुभावहरूको उल्लेख्य आकर्षण बढिरहेको छ । विशेषगरी ७ वर्षसम्म ब्याजदर परिवर्तन नहुने गरी ५.९९ प्रतिशतको स्थिर ब्याजदर उपलब्ध हुने भएकोले ग्राहक महानुभावहरूले आफ्नो दीर्घकालीन वित्तीय योजना तथा मासिक कर्जा दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

विस्तृतमा:👇
https://www.nicasiabank.com/news/pr-on-auto-loan-offer-/

26/08/2026

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

अत्यन्त जरुरी सूचना
26/08/2026

अत्यन्त जरुरी सूचना

 #राष्ट्र_बैंकको_सन्देश
25/08/2026

#राष्ट्र_बैंकको_सन्देश

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ भदौ ९) #राष्ट्र_बैंकको_सन्देश

Address

Pragya Marg, Kamaladi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NIC ASIA Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NIC ASIA Bank:

Shortcuts

Share