08/06/2026
उदयपुर जिल्लाको समग्र विकास र नागरिकको सहज आवागमनका लागि करोडौँ रुपैयाँका महत्वपूर्ण पुल निर्माण आयोजना सुनिश्चित गराएको छु।
मुख्य आयोजनाहरू:
१. शहरेदेखि मदन भण्डारी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल।
२. चौदण्डीगढी नगरपालिका–९ हडियादेखि ज्यामिरे वडा कार्यालय जाने सडकअन्तर्गत त्रियुगा नदीमा पक्की पुल।
३. ताप्ली गाउँपालिकास्थित यारीखोला पक्की पुल।
४. चौदण्डीगढी नगरपालिका–५ मा पक्की पुल निर्माण।
५. त्रियुगा पुल–सिबाई, उदयपुरमा पक्की पुल निर्माण।
६. त्रियुगा नगरपालिका–९ खावा टोल हुँदै त्रियुगा नगरपालिका–६ देउरी जाने सडकमा त्रियुगा नदी र साई खोलाको दोभानमा मोटरेबल पुल निर्माण।
७. त्रियुगा नगरपालिका अन्तर्गत थाडीखोला पक्की पुल निर्माण।
८. चौदण्डीगढी नगरपालिका अन्तर्गत चुनियाखोला पक्की पुल निर्माण।
९. चौदण्डीगढी नगरपालिका अन्तर्गत माडीबासखोला पक्की पुल निर्माण।
१०. बेलका नगरपालिका अन्तर्गत लालखहरे खोलामा पक्की पुल निर्माण।
११. बेलका नगरपालिका घुम्ने–रातापानी–आम्बासी–फत्तेपुर (सप्तरी) सडकखण्डको लालखहरे खोलामा पक्की पुल निर्माण।
यी आयोजनाहरू सम्पन्न भएपछि जिल्लाका विभिन्न पालिकाहरूबीचको यातायात सञ्जाल थप सुदृढ हुने, वर्षायाममा हुने आवागमनका समस्या न्यूनीकरण हुने तथा कृषि, व्यापार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको पहुँचमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
"समृद्ध उदयपुर निर्माणको आधार बलियो पूर्वाधार हो। विकासका यी योजनाहरू उदयपुरको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका महत्वपूर्ण आधारस्तम्भ बन्नेछन्।"
कोहिपनी नबौलाउनु होला, राचिको टिकट बजेट छैन।
जनता जनार्दनको जय होस ।।