30/09/2026
अहिले विभिन्न प्रलोभन देखाएर मानिसहरूलाई ठग्ने क्रम सामाजिक सञ्जालमार्फत तीव्र रूपमा बढिरहेको छ। “उपहार जित्नुभयो”, “बोनस पाउनुहोस्” वा “यो टास्क गरेर पैसा जित्नुहोस्” जस्ता आकर्षक सन्देशहरू प्रायः ठगीका माध्यम हुन सक्छन्। यस्ता लिंकहरू क्लिक गर्नु अघि वा आफ्नो व्यक्तिगत तथा बैंक सम्बन्धी जानकारी साझा गर्नु अघि एकछिन सोच्नुहोस्। सानो लापरबाहीले ठूलो नोक्सानी हुन सक्छ।
सचेत रहौं, सुरक्षित रहौं। अनलाइन ठगीबाट बचौं।..