07/04/2026
सहकारी ऐन, २०७४ को अनुभाग-७९ (Recovery of Debt and Due Amount) अनुसार, सदस्यले सहकारीबाट लिएको कर्जा, ब्याज, हर्जाना तथा अन्य शुल्क समयमै बुझाउन असफल भएमा सहकारीले कर्जा असुलीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सक्ने अधिकार छ ।
तसर्थ सहकारीकाे नीति नियममा रही मासिक सावाँ तथा ब्याज(किस्ता) बुझाउने सर्तमा कर्जा भाेगचलन गरिरहनु भएका तर मासिक किस्ता नबुझाउनुभएका, म्याद नाघे पनि बेवास्ता गरि बस्नुभएका सदस्यज्यूहरूलाई याे सूचना अन्तिम पल्टकाे भनेर बुझ्नु । अब अब पनि फाेन नउठाउने, आज भाेली नै पैसा आउँछ भनेर झुलाउने सदस्यलाई फाेटाे र तीन पुस्ते विवरणसहित सार्वजनिक पत्रपत्रिकामा तपिशल बमाेजिम सूचना प्रकाशन गरिनेछ । तसर्थ चाँडाे भन्दा चाँडाे यस सहकारीकाे कार्यालयमा आई तिर्नु बुझाउनुपर्ने रकम बुझाउनु हुन अनुराेध गर्दछाैं ।
तपशिल