Shree Nava Kantibhairav Multipurpose Co-Operative Ltd.

Shree Nava Kantibhairav Multipurpose Co-Operative Ltd. This co-operative is established with the motto to uplift the entire community above from economic c

मिति २०८३ श्रावण २७ गते बुधबार  बिहान १० बजे देखी कागेश्वरी मनोहरा ४ का किसानहरुलाई अतिआवश्यक रासायनिक मल ( यूरिया प्रति...
10/08/2026

मिति २०८३ श्रावण २७ गते बुधबार बिहान १० बजे देखी कागेश्वरी मनोहरा ४ का किसानहरुलाई अतिआवश्यक रासायनिक मल ( यूरिया प्रति किसान सदस्य १५ के.जी.र डि.ए.पि.१५ के.जी.) बिक्रि वितरण गर्नेहुँदा २०८३ श्रावण २६ गते मंगलबार देखी नै यस श्री नव कान्ति भैरब बहुउद्देश्यीय सहकारी संस्था लि.मा किसान कार्ड सहित उपस्थित भई नाम दर्ता गर्नका लागि यो सुचना प्रकासन गरिएको छ ।

मिति ः २०८३÷०३÷२५सूचनामिति २०८३ असार २८ गते आइतबार  बिहान १० बजे देखी कागेश्वरी मनोहरा ४ का किसानहरुलाई अतिआवश्यक रासायन...
09/07/2026

मिति ः २०८३÷०३÷२५

सूचना

मिति २०८३ असार २८ गते आइतबार बिहान १० बजे देखी कागेश्वरी मनोहरा ४ का किसानहरुलाई अतिआवश्यक रासायनिक मल ( यूरिया प्रति किसान सदस्य १५ के.जी.) बिक्रि वितरण गर्नेहुँदा २०८३ असार २६ गते शुक्रबार देखी नै यस श्री नव कान्ति भैरब बहुउद्देश्यीय सहकारी संस्था लि.मा किसान कार्ड सहित उपस्थित भई नाम दर्ता गर्नका लागि यो सुचना प्रकासन गरिएको छ ।

राजेन्द्र थापा
व्यवस्थापक

आपूर्तिकर्ता तथा मूल्याङ्कनकर्ता सूचीकृत गर्ने सम्बन्धमायस सहकारी संस्थाको मिति २०८३ असार २० गते शनिबार बसेको संचालक समि...
05/07/2026

आपूर्तिकर्ता तथा मूल्याङ्कनकर्ता सूचीकृत गर्ने सम्बन्धमा

यस सहकारी संस्थाको मिति २०८३ असार २० गते शनिबार बसेको संचालक समिति बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०८३÷८४ का लागि आवश्यक पर्ने कार्यालय सामग्री, फर्निचर तथा स्टेशनरी सामान खरिद गर्न इच्छुक आपूर्तिकर्ता फर्म वा कम्पनीलाई यस कार्यालयमा सूचीकृत हुन सूचना प्रकाशन गरिएको छ।

त्यसैगरी, धितोमा राखिने घर–जग्गा तथा अन्य सम्पत्तिको मूल्याङ्कन कार्य गर्न इच्छुक मूल्याङ्कनकर्ता, फर्म वा कम्पनीलाई पनि यस कार्यालयमा सूचीकृत हुन सूचना प्रकाशन गरिएको छ।

इच्छुक आपूर्तिकर्ता तथा मूल्याङ्कनकर्ताले आवश्यक कागजातसहित १५दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
............
महेश्वर श्रेष्ठ
सचिव

ऋणी सदस्यहरूलाई साँवा तथा ब्याज भुक्तानी सम्बन्धी सूचनायस सहकारी संस्थाको मिति २०८३ असार २० गते शनिबार बसेको संचालक समित...
05/07/2026

ऋणी सदस्यहरूलाई साँवा तथा ब्याज भुक्तानी सम्बन्धी सूचना
यस सहकारी संस्थाको मिति २०८३ असार २० गते शनिबार बसेको संचालक समिति बैठकको निर्णय अनुसार तपशिलमा उल्लेखित ऋणी सदस्यहरूलाई यो सूचना प्रकाशन भएको मितिले पन्ध्र (१५) दिन भित्र आफुले लिएको कर्जाको साँवा तथा ब्याज रकम भुक्तानी गर्न सूचित गरिन्छ। तोकिएको समयसीमा भित्र भुक्तानी नगरेमा सहकारी नियमावली, २०७५ तथा सहकारी ऐन, २०७४ ,राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका निर्देशनहरू अनुसार आवश्यक कारबाही गरिने जानकारी गराइन्छ।

ऋणी सदस्यहरूको नामावली

नारायण भुजेल
प्रकाश गिरी
गङ्गा शिवभक्ति
राजु निरौला
उमेश ठकुरी
सरिता खड्का
श्यामसुन्दर के.सी.
भीमबहादुर थापा
राजु शर्मा
धर्मेन्द्र चौधरी
नवराज नगरकोटी
प्रेम तुलाधर
सरिता तामाङ
कालुमान राई
चन्दु नगरकोटी
झम्क प्रसाद दाहाल
सुरजकुमार थापा क्षेत्री
दिलीप थापा
सुनिता लामा
चन्द्रबहादुर राई



............
महेश्वर श्रेष्ठ
सचिव


सचिव

16/06/2026

मिति २०८३ असार ४ गते बिहिबार बिहान १०ः०० बजेदेखि कागेश्वरी मनोहरा–४ का किसान सदस्यहरूलाई श्री नव कान्ति भैरव बहुउद्देश्यीय सहकारी संस्था लि. मार्फत १५ के.जी. यूरिया मल बिक्री वितरण गरिनेछ। यसअघि मिति २०८३ बैशाख २९ गते मंगलबार यूरिया मल नलिएका कृषक सदस्यहरूले मात्र २०८३ असार ३ गते बुधबारदेखि किसान कार्ड सहित उपस्थित भई नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको हुँदा यस सम्बन्धमा सम्पूर्ण किसान सदस्यहरूलाई जानकारी गराइन्छ।

शेयर बिक्रि सम्बन्धि सार्वजनिक सुचना  मिति २०८३ जेष्ठ २३ गते शनिबार बसेका यस सहकारी संस्थाको बैठकको निर्णय अनुसार यस सहक...
08/06/2026

शेयर बिक्रि सम्बन्धि सार्वजनिक सुचना


मिति २०८३ जेष्ठ २३ गते शनिबार बसेका यस सहकारी संस्थाको बैठकको निर्णय अनुसार यस सहकारी संस्थाले आफ्ना सदस्यहरूको हित तथा संस्थाको पूँजी संरचना सुदृढीकरण गर्ने उद्देश्यले प्रति सदस्य १० कित्ता देखि १०० कित्ता सम्म शेयर बिक्री गर्ने निर्णय गरिएको छ । सो सन्दर्भमा सम्पूर्ण सदस्यज्यूहरूलाई १५ दिन भित्र आफूले लिन चाहेको शेयरको कित्ता खुलाई निवेदन पेश गर्नुहुनका लागि यो सूचना प्रकाशन गरिएका छ ।
.........
महेश्वर श्रेष्ठ
सचिव

सांवा तथा ब्याज भुक्तानी गर्ने ऋणी तथा जमानी बस्नुभएका सदस्यहरुलाई सार्वजनिक सुचना । मिति २०८३ जेष्ठ २३ गते शनिबार बसेका...
08/06/2026

सांवा तथा ब्याज भुक्तानी गर्ने ऋणी तथा जमानी बस्नुभएका सदस्यहरुलाई सार्वजनिक सुचना ।


मिति २०८३ जेष्ठ २३ गते शनिबार बसेका यस सहकारी संस्थाको बैठकको निर्णय अनुसार यस संस्थाबाट विभिन्न सदस्यहरूले यसै संस्थाका सदस्यहरुलाई जमानी राखी ऋण लिएको सन्दर्भमा, केही ऋणी सदस्यहरूले लामो समयसम्म भाखा नघाई संस्थाले पटक–पटक ताकेता गर्दा समेत बेवास्ता गरेको पाइएकाले, सो ऋणमा जमानी बस्नुभएका शेयर सदस्यज्यूहरूलाई सूचित गरिन्छ कि आफू जमानी बसेर यस संस्थाबाट कुनै सदस्यले ऋण लिएको र समयमै ऋण तथा ब्याज भुक्तानी गरे÷नगरेको सम्बन्धमा जानकारी लिई सो कर्जा चुक्ता गर्न ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्नका लागि यो सुचना प्रकाशन गरिएको छ । साथै जमानीकर्ता सदस्यले आफ्नो दायित्वबोध गरी सम्बन्धित ऋणीलाई ऋण तिर्न लगाई आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरिन्छ । सहकारी ऐन, नियमावली तथा राष्ट्रिय सहकारी नियामक प्राधिकरणका प्रावधान अनुसार जमानीकर्ताले ऋण भुक्तानी सुनिश्चित गर्न कानुनी तथा संस्थागत दायित्व पूरा गर्नुपर्ने भएकाले, ऋण नतिर्ने ऋणी सदस्यको जमानी कर्तालाई समेत पत्र काटी कानुनी कारबाही हुने हुँदा सम्पूण जमानीकर्ता सदस्यज्यूहरूलाई सचेत गराइन्छ।
.........
महेश्वर श्रेष्ठ
सचिव

यस श्री नवकान्ति भैरब बहुउद्देश्यीय सहकारी संस्था लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडको संयुक्त आयोजनामा ३ दिने उद्यमशील...
24/05/2026

यस श्री नवकान्ति भैरब बहुउद्देश्यीय सहकारी संस्था लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडको संयुक्त आयोजनामा ३ दिने उद्यमशीलता विकास तालिम सञ्चालन हुन गइरहेको छ। यस तालिममा सहभागिता जनाउन इच्छुक सदस्यहरूले यथाशीघ्र आफ्नो नाम दर्ता गर्नुपर्नेछ। तालिममा सीमित संख्यामा मात्र सहभागीता सुनिश्चित गर्न सकिने भएकाले, इच्छुक सदस्यहरूले ढिलाइ नगरी तुरुन्तै सम्पर्क गरी नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ।

यस श्री नव कान्तिभैरब बहुउद्देश्यीय सहकारी संस्था लि.ले मिति २०८३ बैशाख १३, १४, १५ र १६ गते ऋणी सदस्यहरूलाई १५ दिनको समय...
24/05/2026

यस श्री नव कान्तिभैरब बहुउद्देश्यीय सहकारी संस्था लि.ले मिति २०८३ बैशाख १३, १४, १५ र १६ गते ऋणी सदस्यहरूलाई १५ दिनको समयावधि राखी पत्राचार गरेकोमा केही सदस्यहरूले बेवास्ता गरी सम्पर्क नगरेको हुँदा, संस्थाको मिति २०८३ जेष्ठ ९ गते बसेको सञ्चालक समिति बैठकको निर्णयानुसार आजको मितिले ७ दिनभित्र आफ्नो कर्जाको सम्पूर्ण साँवा तथा ब्याज भुक्तानी गर्न सूचना प्रकाशित गरिएको छ। तोकिएको समय सिमा भित्र साँवा तथा ब्याज भुक्तानी नगर्ने ऋणी सदस्यहरूको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भन्ने जानकारी समेत यसै सूचना मार्फत सूचित गराइन्छ।

Address

Kageshwori Manohar/04 Danchhi Kath, Mandu
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714450274

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nava Kantibhairav Multipurpose Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Nava Kantibhairav Multipurpose Co-Operative Ltd.:

Shortcuts

Share