Invest Guru

Invest Guru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Invest Guru, Investing Service, kathmandu, Kathmandu.

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्...
21/01/2018

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । यी व्यक्तिलाई कमाउनका लागि विभिन्न देशको सीमा नियमले समेत छेक्दैन । यी व्यक्तिहरुले सेयर बजारमै लगानी गरेर पनि अरबौंको साम्राज्य तयार गरिसकेका छन् । हामी आज तपाईंलाई विश्वका यस्तै १० टप र सफल लगानीकर्ताको सफलताको मन्त्र बताउन गइरहेका छौ, जसलाई मनन् गरेर तपाईंले पनि धेरै कमाउन सक्नुहुन्छ।
यी हुन् विश्वका टप १० लगानीकर्ता र तिनको सम्पत्ति
१.वारेन बफे, ७१ अर्ब डलर
२.कार्लोस स्मिल, ४५.९ अर्ब डलर
३.जर्ज सोरोस, २४.९ अर्ब डलर
४.प्रिन्स अलवलीद बिन तलाल, १७.७ अर्ब डलर
५.कार्ल इकान, १६.४ अर्ब डलर
६.रोनाल्ड पर्लेमेन, १२.२ अर्ब डलर
७.बिल ग्रान्स, २.४ अर्ब डलर
८.राकेश झुनझुनवाला, २.२ अर्ब डलर
९.पिटर लिञ्च, ३५.२ करोड डलर
१०.जोन सी बोग्ले, ८ करोड डलर

कसको मन्त्र के ?
वारेन वफे : औसत मूल्यमा सही कम्पनी खरीद गर्नुभन्दा सही मूल्यमा राम्रो कम्पनी खरीद गर्नु बुद्धिमानी हो ।

कार्लोस स्मिल : यदि कहीँ गरीबी छ भने बुुझ्नुहोस् त्यहाँ अगाडि बढ्ने र लगानी गर्ने मौका रहेछ।

जर्ज सोरोस : गल्ती गर्नु मानवीय कमजोरी र स्वभाविक हो । तर यसको तुलनामा गल्तीलाई दूर गर्न असक्षम रहनु चाहि लाजमर्दो बिषय हो ।

रोनाल्ड पर्लेमेन: चौतर्फी अवसर हुन्छ । म मान्दिँन कि जे पनि भाग्यले हुन्छ भनेर ।

बिल ग्रान्स : यदि तपाईंलाई कुनै सेयर राम्रो लाग्छ भने त्यसमा बढीमा १० प्रतिशत मात्र लगानी गर्नुपर्छ ।

प्रिन्स अलवलीद बिन तलाल : मलाई घाटा भइरहेको छ, तर चिन्ता छैन, कारण म एक लङ टर्म इन्भेष्टर हुँ ।

कार्ल इकान : तपाईंले विजिनेशमा धेरै सिक्नुहुन्छ । यो क्षेत्रमा राम्रो साथी चाहिन्छ भने कुकुर पाल्नुहोस् ।

पिटर लिञ्च : सेयरमा पैसा कमाउने एउटै मन्त्र हो, योबाट नभाग्नुहोस् ।

राकेश झुनझुनवाला : सित्तैमा दिइने सल्लाहबाट ठूलो रकम कमाउन सकिन्न ।

जोन सी बोग्ल : लगानी गर्न उति गाह्रो छैन, जति देखिन्छ । सही काम गर्नुहोस् र गम्भीर गल्ति बाट बच्नुहोस ।

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्.....

21/01/2018

नयाँ लगानिकर्ता साथिहरु लाई यस भिडियोले पनि धेरै कुरा सिकाउने छ भन्ने आशा राखेको छु । पुरानो भिडियो भएता पनि आदरणिय छोटेलाल सरको हरेक शब्दले नयाँ कुरा सिकाउदछ ।
पुरा भिडियो यस लिंक मा छ ।

https://youtu.be/06srFOjW-Hg

Address

Kathmandu
Kathmandu
575

Telephone

9845528666

Website

Alerts

Be the first to know and let us send you an email when Invest Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share