NEHCO NEPAL

NEHCO NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEHCO NEPAL, Financial service, NEHCO, Kathmandu.

देशमा छरिएर रहेका पूँजिलाई सहकारीको माध्यमबाट एकीकृत गरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नदक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिई नेपाली राजनितिका शिखर पुरुष, नेपाल र नेपाली जनताको सम्वृद्धिका लागि आफ्नो जीवनको ५० वर्ष निरन्तर संघर्ष गर्नु भएका नेपाली जनताको आस्थाका धरोहर महान नेता एवं पूर्व प्रभानमन्त्रि स्व. मनमोहन अधिकारीको स्मृतिलाई शिक्षा र स्वास्थ्यको माध्यमबाट चीरस्थायी बनाउने उद्धेश्यले म

िति २०६२ साल चैत्र ४ गते नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) को स्थापना गरिएको हो । सोही अनुरुप नेको नेपाल अन्र्तगत काठमाडौँ, ठमेलमा २०६३ जेष्ठ १ गतेदेखि १०० शैयाको मनमोहन मेमोरियल सामुदायिक अस्पताल सञ्चालन भइरहेको छ । यसै गरि ललितपुर उपमहानगरपालिका वडा नं. ४ नख्खु बजारमा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस स्थापना गरी स्वास्थ्य क्षेत्रका ८ ओटा कार्यक्रमहरु आफ्नै भवनमा सञ्चचलन गरिएको छ । शुलभ एवं गुणस्तरिय स्वास्थ्य सेवा, योग्य एवं दक्षः स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य अनुसन्धानका लागि उत्कृष्ट केन्द्र निमार्ण गर्ने सोच अनुसार नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) अन्तर्गत नामोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (MMIMS) स्थापना गरिएको छ । यो कलेज (MMIMS) राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयात्री निकाय, कलेज, विश्वविद्यालय आदि सँग सम्पर्क समन्नवय एवं सहकार्य गरी आफ्नो लक्ष्य प्राप्त गर्न प्रतिबद्ध छ । शिक्षा सेवा र स्वास्थ्य अनुसन्धानको संयुक्त अभ्यासले क्षमतावान, सामाजिक रुपले स्वीकार्य एवं अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त योग्य एवं दक्ष स्वास्थ्य जनशक्ति निमार्ण गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विश्वास लिएको छ ।

जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !
28/08/2026

जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !

कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०८३।०५।०६ गते प्रकाशित सूचना ः मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ मेडिकल साईन्स प्रा.लि. ...
24/08/2026

कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०८३।०५।०६ गते प्रकाशित सूचना ः
मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ मेडिकल साईन्स प्रा.लि. दहचोक, काठमाण्डौंको ब्यवस्थापन करारमा अस्पताल सञ्चालन गर्न दिने बारेको पुनः सूचना (सूचना प्रकाशित मिति २०८३।०५।०६) यस प्रा.लि.को मिति २०८३।०४।१४गते हिमालय टाईम्समा काठमाण्डौ जिल्ला, चन्द्रागिरी न.पा. वडा नं. १ दहचोक स्थित १०० (एक सय) शैय्या सञ्चालन स्वीकृत प्राप्त मनमोहन अस्पताल विशिष्टीकृत सेवा सहित थप व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना रहेकोले व्यवस्थापन करारमा अस्पताल सञ्चालन गर्न ईच्छुक योग्य व्यक्ति,फर्म,कम्पनीले यस प्रा.लि.बाट उपलब्ध गराईने फाराममा उल्लेखित विषय समेटिने गरि प्रस्ताव सहित निवेदन आह्वान गरिएकोमा आवश्यक प्रस्ताव प्राप्त नभएकोले प्राप्त प्रस्ताव नखोली,पछि हुने मूल्याङ्कनमा समावेश हुने गरि यथास्थितिमा राखि थप प्रस्तावको लागि यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र प्रस्ताव सहित निवेदन दिन पुुनः सूचना आह्वान गरिएको छ ।
विस्तृत जानकारीको लागि: www.nehconepal.org.np

सुचना !हिमालय टाईम्स दैनिक पत्रिकामा प्रकाशित !मिति : २०८३/०४/२२ गते
16/08/2026

सुचना !
हिमालय टाईम्स दैनिक पत्रिकामा प्रकाशित !
मिति : २०८३/०४/२२ गते

भावपुर्ण श्रद्धाञ्जली !नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) का लेखा सुपरिवेक्षण समिति सदस्य श्री हरिहर का...
11/08/2026

भावपुर्ण श्रद्धाञ्जली !

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) का लेखा सुपरिवेक्षण समिति सदस्य श्री हरिहर कार्की ज्यूका ममतामयी माता स्व. देव कुमारी कार्कीको ९१ बर्षको उमेरमा मिति २०८३/०४/१७ गते असामयिक देहावसान भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । यस दु:खद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै यस दु:खद घडीमा परिवारजनलाई समवेदना प्रकट तथा भेटघाट गर्दै नेको नेपाल सञ्चालक समितिका पदाधिकारीहरू ।

मिति : २०८३/०४/२५ गते

सुचना !!२०८३/०४/१४ गते हिमालय टाईम्स दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित शुचना !
02/08/2026

सुचना !!
२०८३/०४/१४ गते हिमालय टाईम्स दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित शुचना !

साउन १५ गते !खीर खाने दिनको सबै शेयर सदस्यज्यूहरूमा हार्दिक शुभकामना !
31/07/2026

साउन १५ गते !
खीर खाने दिनको सबै शेयर सदस्यज्यूहरूमा हार्दिक शुभकामना !

गुरू पुर्णिमाको सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक मंगलमय शुभकामना !
29/07/2026

गुरू पुर्णिमाको सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक मंगलमय शुभकामना !

प्रतिवेदन  बुझाउदै !नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा सञ्चालित चन्द्रागिरि नगरपालिका वडा नं.-१ ...
24/07/2026

प्रतिवेदन बुझाउदै !

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा सञ्चालित चन्द्रागिरि नगरपालिका वडा नं.-१ दहचोक स्थित मनमोहन अस्पताल संचालन सुझाव पेश गर्न बनेको उप-समितिले आज नेको नेपालका सञ्चालक समिति अध्यक्ष श्री राजेन्द्र प्रसाद पाण्डेजयूलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

मनमोहन अस्पताल दहचोक संचालन सुझाव पेश उप-समिति

१. डा. झलक शर्मा गौतम - संयोजक
२. श्री टेक बहादुर बम - सदस्य
३. श्री राजु ढकाल - सदस्य
४. श्री लक्ष्मी राई - सदस्य

अभिमुखिकरण कार्यक्रम !नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) का नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्ष...
23/07/2026

अभिमुखिकरण कार्यक्रम !

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) का नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि मिति २०८३/०४/०६ र ०७ गते संस्थाद्वारा सञ्चालित कलेज मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ् हेल्थ साईन्स (MMIHS) सोल्टिमोडमा आयोजित "अभिमुखिकरण कार्यक्रम" सफलता पुर्वक सम्पन्न भएको छ ।

मिति : २०८३/०४/०७ गते

परिचयात्मक कार्यक्रम स्वयम्भू !नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा सञ्चालित का.म.न.पा.-१५, स्वयम्...
22/07/2026

परिचयात्मक कार्यक्रम स्वयम्भू !

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा सञ्चालित का.म.न.पा.-१५, स्वयम्भू काठमाडौं स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल हाल सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्राप्त संस्था मेडि प्राईड हेल्थ केयर सेन्टर प्रा.लि. का संचालकहरू संग नेको नेपालको २० ओै वार्षिक साधारण सभाबाट नव निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिको परिचयात्मक कार्यक्रम ।

मिति : २०८३/०४/०५ गते

Address

NEHCO
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714034867

Alerts

Be the first to know and let us send you an email when NEHCO NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEHCO NEPAL:

Shortcuts

Share