Zest Saving and Credit Co-operative Ltd

Zest Saving and Credit Co-operative Ltd Zest Saving and Credit COOP Ltd is a leading financial organization centrally located at Samakushi Self-employment is the key vision of our Co-operative.

Zest Saving and Credit Co-operative are established in accordance with the Co-operatives Act 2048. Zest (Zeal Enthusiasm supporting Team) Saving and Credit Co-operative Ltd have established with the aim to initiate the employment opportunity by investing in a variety of companies, that finishes up in customizing the Natural resource, with the small capital collected from our heartfelt depositors.

With the small amount poised from our depositors and investing it on possible resource management, helps to commence different kinds of self-employment opportunity in our own country. This aim and motive will help to uplift the standards of our shareholders and revenue of the country. So, Zest Saving and Credit Co-operative Ltd are here for you with different varieties of Saving accounts that is beneficial to you. Objective :

1. To provide quality service to the member using modern tools and
technology.
2. To increase employment by mobilizing capital in production sector
through cooperatives.
3. To provide membership to all kinds of cooperatives.
4. To assist to reduce poverty by mobilizing fund through the
cooperative sector.
5. To help the cooperative sector to become a professional and sound
financial service provider in remote areas of Nepal.
6. To meet the changing needs of members.

२०६४/६५ सालदेखि संस्थाको सुरुवातकर्ता संस्थापक सदस्य देखि हालसम्म अटल ,अडिक र अविचलित नेतृत्व ,बिषम परिस्थितिमा पनि साहस...
18/08/2026

२०६४/६५ सालदेखि संस्थाको सुरुवातकर्ता संस्थापक सदस्य देखि हालसम्म अटल ,अडिक र अविचलित नेतृत्व ,बिषम परिस्थितिमा पनि साहसिक र हिम्मतका साथ नेतृत्वदायी भुमिका गरिरहनुभएका ,सदस्य कर्मचारी तथा सदस्यहरु सबैका साझा संस्थाका निवर्तमान सचिव (प्रमुख) ,कलाकर्मि एवं बहुमुखी प्रतिभाका धनि संघर्षशिल युवा आदरणीय मधुशुधन पाठक लाई जन्मदिनको उपलक्ष्यमा धेरै शुभकामना !!!
साथै कोभिड र राजनितिक परिवर्तन सँगै चरम आर्थिक मन्दिले सिर्जित संस्थाको हालको बिचलित तरल परिस्थितिलाई बदलि सबल र सदस्यको हितमा निर्णायक परिवर्तन गर्ने सामर्थ्य मिलोस् संस्थागत शुभकामना !!!

आदरणीय सदस्य ज्युहरु ,
देशकै बिध्यमान समस्या बनेको सहकारि क्षेत्रको हालको अवश्थामा जेष्ट सहकारि अछुतो छैन ,तमाम समस्याहरु छन जस्तै नितिगत समस्या,ऋण असुली नहुनु,बैंक बित्तिय क्षेत्रमा ऋण परिचालन ठप्प भई पैसा डम्प हुनु ,लामो समय बजार चलायमान नहुनु ,घरजग्गा शेयर बजार मा निराशाजनक अवमुल्यन हुनु ,आन्दोलन लगायतका कारण लगानिका बातावरण नहुनु व्यवस्थापनमा जनशक्ति अभाव भै चरम अविश्वास र भ्रम ले जनजनमा त्रास पैदा हुनु ,अटल नेतृत्व भएपनि हरहिसाब मिलानका लागी परिस्थिति कठिन हुनु आदि इत्यादि कारणले संस्थाको बिकास क्रम रोकिएको छ ,कारोबार न्युन घटेको छ ,नाफा छ र पनि नगद प्रवाह नहुँदा स्थिति अन्योलपुर्ण छ ।
निरन्तर प्रयासमा रहेका नेतृत्वकर्ता संचालक र कर्मचारी हरुमा बिचलन ,नैराश्यता र मनोबल गिरेको स्थिति छ यो सबै यहाँहरुलाई सर्वविदित नै छ ।परिस्थिति जे भए पनि संस्थाको सचिव आदरणीय मधुसुधन जी अहोरात्र संस्थाकै चिन्तनमा देखिनु झिनो आशा र सकारात्मक अवस्था हो जस्तो लाग्छ , संस्थाको बिकास एक व्यक्तिले गर्न असंभव छ राज्य ,समिति,कर्मचारी र सदस्य सबैको सामुहिक पहल बिना यो बिकराल परिस्थिति लाई सामान्य स्थितिमा ल्याउन कठिन देखिन्छ । सबै सदस्यले एकैपटक बचत फिर्ता माग्दै गर्दा र संस्था तोड़फोड़ गरि नेतृत्वलाई लखेट्नुको परिणाम आज सबै सदस्यले भोगिरहेको महशुस हुन्छ यधपी निरन्तर संस्थागत चिन्तन र सम्पति व्यवस्थापन ,ऋण असुलीमा फलोअप गरिरहनु भएका कर्मचारी र संचालक हरुलाई सधन्यवाद साथै सचिव मधु जी लाई सामना शक्ति मिलोस भन्ने कामना व्यक्त गर्दछौ ॥
सदस्य समन्वय कार्यदल ॥
अध्यक्ष
संचालक समिति ॥

नेपालजात्रा :२०८३सरकारि बैङ्क घाटामा, निजि बैङ्क नाफामा ,जनताको दामासाहि लगानि भएका सहकारी तहसनहस  ।नागरिक अभाव र महँगीक...
05/08/2026

नेपालजात्रा :२०८३

सरकारि बैङ्क घाटामा, निजि बैङ्क नाफामा ,जनताको दामासाहि लगानि भएका सहकारी तहसनहस ।नागरिक अभाव र महँगीको मारमा ।।

निजि बैङ्कले सरकारको सहयोग पाउँछ, सहुलियत ऋण पाउँछ, यातायात, मालपोत, अदालत प्रशासन सरकारि अड्डा सबैतिर व्यापक सेटिगं छ, शाखै खोल्याछन, सबै राज्य कोष,बिमा कोष वा अन्य सबै कोष तथा कारोबार निजि बैङ्कलाई चलाउन दिने सुबिधा छ तर याद गर ति सबै निजि हुन ,सिमित व्यक्ति शक्ति र पुँजिको आडमा अडिएका मालिक नै त्यहाँ संचालक प्रमोटर छन सरकारि बैङ्क को हालत खराबै छ नपत्याय कृषि बिकास बैङ्कलाई हेरौँ ।
धनि झन धनि गरिब झन गरिब बनाउने अर्थतन्त्र चलाउने ठेक्का लिएका ठेकेदारले सहकारिको मर्म र धर्म बुझेनन् पार्टि का झोलेहरुले यो सहकारिको गरिबलाई धनि र उधमि बनाउने सर्वोच्चता नबुझेर सहकारीलाई नियोजित सकाउने र उपल्लो पुँजिवादि वर्गलाई मात्र पक्षपोषण गरि नागरिकहरुको बचत नै फिर्ता गर्न नसक्ने अवस्था सिर्जना गरे ,मध्यम वर्गलाई नियोजित निरुत्साह फैलाएर लखेटिरहेछन सबै नियोजित छ सहकारीलाई षडयन्त्र गरि साख सकाउने र निजि बैङ्कको नाफा यति उति भनेर कारोबार बढाउने खेलमा सहकारी नराम्रोसँग फसेको छ याद गर निजी बैङ्क पनि गतिलो छैन सरकारसँग मिलेर राज्यकोष बाँडेर मात्र बाँचेका छौ नत्र ताल उहि हो ठिक छ सरकारि बैङ्क सक्षम छैनन र तिमिहरुको रजगज छ पैसा थुपारेर राख अब कसैले ऋण लिएर उत्पादन गर्दैनन् हेर्दै जाऊ खाद्य संकट भएर पैसा खाने दिन नजिकिँदै छ । एकपटक सहकारी मार्फत पुँजि घुमाएर हेर यो GDP डबल हुन्छ उत्पादन बढ्छ रोजगार प्रवर्द्धन हुन्छ, तिमिहरुका खोक्रो पुँजिवादी आईएमएफको ऋण नीतिले अब कसैले कर्जा लिएर काम गर्दैनन बुझ । सहकारीलाई अवहेलित र बिचलित बनाउने निती लिएर सिमित निजि बैङ्कलाई पक्षपोषण गरेको नतिजा पछि देखिन्छ हेर्दै जाऊ ,कति जलेर मर्छन ,कति देश छोड्छन, कति छाडिसके तसर्थ देश खालि गराउन लागिपरेकाहरु हो सुन मानवता मरेको छैन ,सबैलाई समान र उचित बितरण गर ,सबै बाच्ने आधार बनाउ सहकारीलाई हेलाँ नगर गरिखानदेऊ सहकारी मार्फत धेरै काम समुदायमा हुन्छन् खालि पैसा डम्पिगं गरेर कालोबजारि नगर ,मिटर व्याजको नाटक सबै देखेका छौँ कति धनाढ्य बने, कोको बने, सब था छ ।निजि बैङ्कको रजगजमा कसकसले कसकसलाई गरिब बनाए सब डाटा छन ,पछि समिक्षा गरौला तर सिमित धनि र असीमित गरिब बनाउने तिमिहरुको निति उल्टो पार्ने नेतृत्व आउँछ आउँनै पर्छ धैर्य गर।
के सहकारी यो देशको मेरुदण्ड होईन? हो भने ति कोषहरु र पुँजिहरु किन निजि बैङ्कलाई मात्र बाँडेको, राज्यकोषको पैसा कसैको प्याओ होईन याद गर् सबैको स्वामित्व हुनुपर्छ र जरुरी छ । सहकारीहरू चै तरलता अभावमा छटपटाएर बचतै फिर्ता गर्न र ऋण असुली समेत गर्न डराउनु पर्ने स्थिति कसरि बन्यो सोचेका छौ ? ग्वाम्म कर लिने अनि तरलता अभाव भएपछि चै यो र त्यो गल्तिमात्र देखाएर राज्य पन्छिन मिल्छ ???त्यै अभाव पनि राज्य टाट पल्टिन लाग्यो भनेर पेमेन्ट रोक्ने पैसा डम्प गर्ने निति लिने अनि बजारमा अभाव भएपछि ऋण नउठ्ने स्थितिमा चै संस्था र नागरिक दोषि, यो कहाँको न्याय हो ???
नगद प्रवाह को कमजोरि सरकारको हो भने यो सब जिम्मा सरकार कै हुन्छ ।सबै क्षेत्र व्यवस्थापन गर्नु सरकारको कर्तव्य हो ।नियोजित नगद अभाव सिर्जना गरि दुख दिने काम सरकारले गरेको छ त्यो गल्ति सच्याईयोस र सरकार सहकारी संचालक, कर्मचारी ,सदस्य मिलेर पहिले झै सहज र बिश्वासिलो बातावरण बनाईयोस् ।
नत्र यो भन्दा ठुलो जनधनको क्षति बेहोर्नु नपरोस् अब । युवा सरकारलाई बिगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गर्दछौँ ।
जय नागरिक ।
नोट : जनताको मात्र सहयोग र कारोबारमा त सहकारिले यति धेरै प्रगति गरेको थियो सोचौँ त सरकारको सहयोग सबै कारोबार र पुँजिगत सहयोग सहकारीलाई पनि दिएर गतिलो ब्यबस्थापन गरे अझ कति राम्रो हुने थियो ।
परिकल्पना गरौँ त सहकारिले सरकारबाट २% मा ऋण वा कोष लिएर ५% मा नागरिकलाई ऋण दिने अनि नागरिकले परिचालन गरि बेजोड उत्पादन दिने अनि त्यो उत्पादन सरकारले उचित मुल्यमा लिएर छिमेकीलाई बेच्ने, वा गजबै हुने थियो सबै नागरिक काममा व्यस्त सबै धनि पनि ।
ए सरकार यसो गर न लौ न !!!

05/08/2026
05/08/2026

बजारमा क्यास र ग्यास दुबै अभाव छ सरकार!!!!

05/08/2026

ए सरकार !!!
जचाउ कान र सुनिदेऊ संचालक कर्मचारि नागरिकका पिडा !😢

सहकारि संचालकको कालोसूचीबाट नाम हटाई ऋण लिएर भएपनि बचत फिर्ता गर्न बातावरण बनाईदेऊ। राष्ट्र बैङ्कमा पैसा थुपारेर देश चल्दैन, बन्दैन सरकार। ऋण लिने अधिकार नखोस, देश छाड्न बाध्य नबनाऊ, हिसाब मिलान गर्न समय देऊ,ऋण असुलीलाई सहयोग गर ,अदालतको शुल्क घटाएर निशुल्क गराऊ, सम्पति किनबेच गर्ने बातावरण बनाईदेऊ, संस्था संचालन गर्न सुरक्षित वातावरण बनाईदेऊ सरकार। सबै समस्याग्रस्त गरेर मात्र समाधान नहोला, गर्नेनै भएपनि अलि राम्रो र बिश्वासिलो व्यवस्थापन गर जनशक्ति थपेर ऋण असुली लाई प्रभावकारि बनाईदेऊ सरकार!!!! समस्या बढाउन होईन घटाउन तिर लागौँ संचालक कर्मचारीलाई बोलाएर छलफल गराऊ सबै तितरबितर छन डराएर कार्यालय जान सकेका छैनन ।अलि गम्भीर ध्यानाकर्षण होस् हामि पनि देशकै नागरिक हो गर्दा भन्दा बिभिन्न कारण समस्या भएको छ ।संस्थागत लेनदेन गरेको हो अपराध गरेको होईन बचतकर्तालाई अन्याय भयो ठिक छ ऋणि खुलेआम हिडिराछन संचालक भाग्नु,लुक्नु परेको हजारौँ उदाहरण छन ।
संस्थागत कर तिरेर रोजगार सिर्जना गरि अर्थतन्त्र चलायमान बनाउन प्रयासरत सबै युवा नेतृत्वहरु बिचलित छन ,निराश छन, कालोसूचिकृत छन सबैलाई फरक मापदण्ड बनाई काम गर्ने बातावरण बनाईदेऊ बालेन सरकार, तिम्रो हातमा छोपेको गौँथली छ,त्यो मर्छ या बाँच्छ त्यो तिम्रै हातमा छ । हामि भुँईमान्छेको कुरा पनि सुनिदेऊ सरकार ।
ऋणि सदस्य साथिहरु तपाईँहरूलाई अलिकति लाज लाग्न पर्ने हो यस्तो बिषम परिस्थितिलाई बुझेर कम्तिमा १०\२०% ऋण घटाएर सहयोग गरे हुन्न ??? पाप लाग्छ एकदिन याद गर् !!! यति दुःख दिएका छौ नि हामि संचालकलाई अपराध गर्न बाध्य बनाउँदै छौ, पख न एकदिन पाप धुरीबाट कराउँछ। कागज अनुसार ऋण फिर्ता गर बरु सिधै बचत सदस्यहरूलाई दिए पनि हुन्छ कति गारो छ वहाँहरूलाई, दिनहुँ हस्पिटलबाट सयौँ फोन आउँछ, उठाउने पैसा दिने अवस्थासम्म छैन ,खालि नानाभाँति भिरपाखो जग्गा देखाएर तपाईको ऋण घट्दैन ब्याज बढिरहेछ, घाटा आफैलाई हो ।अझै आँखा खुलेन तपाई ८१० जनाको ,पत्रिकामा नाम निकाल्दा समेत चिन्तन छैन कति हेपेको हो ,हिजो ऋण लिन आउँदाका दिन पनि सम्झिनुस त ,लाजको पसारो ,छि यस्तो नि हुन्छ व्यवहार ।

सरकार कृपया हामिलाई सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।हाम्रो पिडा बेग्लै छ ।
सरकार सम्म पुर्‍याउन सबै सहकारि शुभचिन्तक ज्युहरुलाई अनुरोध छ। शेयर गरौँ ।

हार्दिक अनुरोध तथा जानकारी सम्वन्धमा !!!आदरणीय बचतकर्ता सदस्यज्यूहरू,सादर नमस्कार ।यस संस्थासँग सम्बन्धित विभिन्न किसिमक...
05/08/2026

हार्दिक अनुरोध तथा जानकारी सम्वन्धमा !!!

आदरणीय बचतकर्ता सदस्यज्यूहरू,
सादर नमस्कार ।

यस संस्थासँग सम्बन्धित विभिन्न किसिमका भ्रामक, अपुष्ट तथा भ्रम सिर्जना गर्ने सूचनाहरू विभिन्न माध्यमबाट सम्प्रेषण भइरहेको विषयमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा सम्पूर्ण बचतकर्ता सदस्य महानुभावहरूलाई सत्यतथ्य जानकारी गराउनु हाम्रो दायित्व ठानेका छौँ । केही समययता सञ्चालकहरू नियमित रूपमा संस्थामा उपस्थित हुन नसकेको अवस्थालाई विभिन्न ढङ्गले व्याख्या गरिएको पाइए पनि यसको अर्थ संस्था आफ्नो दायित्वबाट पछि हटेको भन्ने कदापि होइन । संस्था बचतकर्ता सदस्यहरूको बचत फिर्ता गर्ने दायित्वबाट कहिल्यै विमुख भएको छैन र भविष्यमा पनि हुने छैन भन्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ ।
पुनः एकपटक स्पष्ट गर्न चाहन्छौँ कि संस्था, सञ्चालक समिति तथा कर्मचारी वर्गले आफ्नो जिम्मेवारी सदैव इमान्दारी, पारदर्शिता तथा संस्थाप्रतिको निष्ठाका साथ निर्वाह गर्दै आएका छन् । कुनै पनि बदनियतपूर्ण मनसायका कारण संस्था आजको अवस्थामा आइपुगेको होइन भन्ने विषयमा यहाँहरू विश्वस्त हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ, र सोही विश्वासलाई पुनः दोहोर्याउन चाहन्छौँ । संस्था समस्यामा परेपछि केही समयका लागि सञ्चालक समिति र कर्मचारीबीच सामान्य मतभेद तथा असमझदारी उत्पन्न भएको यथार्थ हो । तर त्यो अवस्था अल्पकालीन थियो । आज संस्थाको हित, बचतकर्ता सदस्यहरूको विश्वास तथा समस्याको समाधानलाई सर्वोच्च प्राथमिकतामा राखी सकारात्मक समन्वय र सहकार्यका साथ अगाडि बढ्ने साझा प्रतिबद्धता कायम रहेको छ । केही सदस्यहरूबाट सिर्जित असहज परिस्थितिका कारण संस्थाको नियमित सञ्चालनमा केही अवरोध उत्पन्न भएको यथार्थ भए पनि त्यसको समाधानका लागि सम्बन्धित सबै पक्षसँग निरन्तर संवाद, समन्वय तथा आवश्यक पहल भइरहेको छ । संस्था सदैव सहकारी ऐन, सहकारी नियमावली तथा संस्थाको विनियम बमोजिम सञ्चालन हुँदै आएको छ र आगामी दिनमा पनि कानुनको पूर्ण पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै, ऋण असुली (Loan Recovery) कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अघि बढाइएको छ । यस कार्यमा सम्बन्धित सबै पक्षसँग सकारात्मक समन्वय भइरहेको छ र संस्थाले आफ्नो कानुनी तथा संस्थागत दायित्व पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन । “ऋणीले आफ्नो दायित्वबाट पन्छिन खोज्न सक्छ, तर संस्थाले ऋण असुलीको प्रक्रिया र आफ्नो जिम्मेवारी कहिल्यै त्याग्ने छैन ।” भन्ने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ । हालको अवस्थामा पनि संस्था बचतकर्ता सदस्यहरूसँग नियमित सम्पर्क, भेटघाट तथा संवादमा रहेको जानकारी गराउन चाहन्छौँ । बचत फिर्तासम्बन्धी विषयमा प्रत्येक सदस्यको अवस्था, आवश्यकता तथा संस्थाको वर्तमान क्षमतालाई मध्यनजर गर्दै सम्भव भएसम्म विभिन्न व्यावहारिक विकल्पहरू प्रस्तुत गर्दै आवश्यक समन्वयसमेत गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । हामी वर्तमान परिस्थितिबाट कुनै पनि रूपमा विचलित भएका छैनौँ र भविष्यमा पनि हुने छैनौँ भन्ने दृढ विश्वास व्यक्त गर्दछौँ । संस्थाको समस्या समाधान, बचतकर्ताको हित संरक्षण तथा संस्थाको पुनर्स्थापनाका लागि हामी निरन्तर इमान्दारीपूर्वक प्रयासरत छौँ ।
साथै, आगामी एक हप्ताभित्र संस्थाले हालसम्म भएका प्रगति, सम्पादन गरिएका कार्यहरू, ऋण असुलीको अवस्था, संस्थाको वर्तमान स्थिति तथा आगामी कार्ययोजनासहितको विस्तृत विवरण सम्पूर्ण बचतकर्ता सदस्यहरू माझ सार्वजनिक रूपमा प्रस्तुत गर्ने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराउँदछौँ ।यस कठिन परिस्थितिलाई आधार बनाई व्यक्तिगत स्वार्थ पूर्ति गर्न वातावरणलाई अनावश्यक रूपमा भड्काउने, भ्रम सिर्जना गर्ने वा असत्य सूचना फैलाउने प्रयासप्रति सम्पूर्ण सदस्य तथा सरोकारवालाहरू सदैव सजग रहनुहुन हार्दिक अनुरोध गर्दछौँ। समस्याको समाधान संयम, आपसी विश्वास, कानुनी प्रक्रिया तथा सकारात्मक सहकार्यबाट मात्र सम्भव हुने भएकाले कुनै पनि अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न हार्दिक अनुरोध गर्दछौँ । संस्थाप्रति यहाँहरूले हालसम्म देखाउनुभएको विश्वास, धैर्यता, सहयोग तथा सद्भावप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। यस कठिन परिस्थितिमा धैर्य नहार्न, हतोत्साहित नहुन तथा संस्थामाथिको विश्वास कायम राख्न सम्पूर्ण सदस्य महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। संस्था समस्याको दिगो, न्यायोचित तथा कानुनी समाधानका लागि निरन्तर प्रयासरत रहेको विश्वास दिलाउन चाहन्छौँ।

धन्यवाद ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढङ्गले न्य...
01/08/2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढङ्गले न्याय निरुपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ ।
मुद्दा दर्ता दस्तुर निशुल्क गराऊन आग्रह छ श्रीमान, दर्ता गर्न जाँदा अनेक अवरोध छ कमिसन घुस सबै निशुल्क गराईयोस श्रीमान, कर चुक्ता प्रमाण पत्र नभएका सहकारीलाई दर्तामा दुख छ ,त्यो सहजीकरण गराईयोस ,ऋणिलाई ऋण नतिराई हिसाब फरफारक गर्न गारो छ श्रीमान ।
हेक्का राखि समर्पित इजलास मार्फत ऋण असुलीलाई सहयोग गरे सबै सहकारीलाई सहज हुनेछ।

29/07/2026

Goodnight ❤️

Address

Gongabu
Kathmandu
00977

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97714988561

Alerts

Be the first to know and let us send you an email when Zest Saving and Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zest Saving and Credit Co-operative Ltd:

Shortcuts

Share