Meghashree co-operative ltd.

Meghashree co-operative ltd. Meghashree Saving And Credit Co-Operative ltd is mass based financial co-operation organization. stablest in the year jan 2011

जरुरी सूचना!
29/03/2024

जरुरी सूचना!

सदस्यज्यूहरुको जानकारीको लागी!
09/03/2024

सदस्यज्यूहरुको जानकारीको लागी!

27/08/2023

सहकारीका वचतकर्ता र ऋणीका नाममा पत्र !
प्रतिमान पौडेल ।

पछिल्लो सहकारी क्षेत्रमा समस्या देखियो । समस्या धेरै पहिलादेखि नै देखिएको हो पछिल्लो समय अलि बढी देखियो भन्दा हुन्छ । ओरेण्टीयल लगायतका केही सहकारीमा समस्या आएको एक दशक भन्दा धेरै भयो । थोरै सहकारीमा समस्या आएका कारण होला, राज्य सहकारीको समस्या समाधानमा कही कतै देखिएन, अभियानले पनि ध्यान दिएन । सरोकारवालाहरुको मौनताले सहकारी क्षेत्रमा भित्रभित्रै समस्याहरु बढ्दै गए । विश्वमा देखिएको वित्तीय संकटसंगै नेपालको वित्तीय क्षेत्र पनि निकै नै प्रभावित भयो । वित्तीय क्षेत्रमा देखिएको संकटको सिधा असर नेपालको सन्दर्भमा सहकारीमा देखियो । यो समस्या कुनै न कुनै दिन त आउथ्यो नै, वित्तीय संकटकै समयमा देखियो ।

एक दुई गर्दै सयौ सहकारीहरुमा समस्या देखियो । बाहिर आएका सयौको संख्यामा होलान, बाहिर नआएका हजारौको संख्यामा छन् । वित्तीय क्षेत्र चलायमान छैन, पूँजि परिचालन नभएका कारण साना व्यवसायीहरुले पूँजि परिचालन गर्न सकिरहेका छैनन्, जसका कारण सहकारीलाई प्रत्यक्ष असर परेको छ । ठुला पूँजिवालाहरुलाई हेरेर नेपालको बैंकिङ क्षेत्रले योजना बनाउछ, साना व्यवसायीलाई तंग्राउने माध्यम सहकारी थियो, सहकारीमा समस्या आएपछि साना व्यवसायीहरु अहिले मर्कामा छन् ।

सहकारीले आम समुदायसंग निष्क्रिय रहेको पूँजिलाई परिचालन गरिदिएको थियो । गाउँघरमा साहु महाजनको चर्काे ब्याजको सट्टा सहकारीबाट सस्तो ब्याजको पैसा चलाउन पाएर साना व्यवसायीहरु फष्टाएका थिए । यद्यपी केही सहकारीहरुले साहु महाजनकै जस्तो व्यवहार गरेको पनि पाइन्छ । तर आम सहकारीहरुले कमजोर आर्थिक अवस्था भएकाहरुलाई माथि उठाउन योगदान नै गरेका छन् । मैले यो लेखमा सहकारीका शेयर सदस्यहरु जसले बचत गरेका छन् उनीहरु र जसले ऋण लगेका छन् उनीहरुका बारेमा केही चर्चा गर्न गैरहेको छु ।

वचतकर्ता सदस्यहरु :

नेपालमा जति पनि सहकारीहरुमा समस्या आयो, समस्या आएका सहकारीका सञ्चालकहरु मध्ये केही भागे, वेपत्ता भए, केही जेलमा छन् । केहीसंस्थाका सञ्चालकहरु व्यवस्थापन गर्ने प्रतिवद्धताका साथ कार्यक्षेत्रमै खटिएका छन्् । यि तीन पाटोमा रहेका सञ्चालकहरु मध्ये जुन सहकारीका सञ्चालकहरु हामीले व्यवस्थापन गर्छौ, भनेर सदस्यहरुका बीचमा बसेका छन्, तिनले विस्तारै विस्तारै वचतकर्ताको रकम फिर्ता गरिरहेका छन् । उनीहरुले समय तालिका दिएर वचतकर्तालाई थोरै थोरै भए पनि रकम फिर्ता गरेका थुप्रै उदाहरणहरु छन् ।तर जुन सहकारीका सञ्चालकहरु सम्पर्क विहिन भए वा जेलमा छन् ति सहकारीका वचतकर्ताहरुले आफ्नो रकम पाउन सकेका छैनन् । जेल बसेका सञ्चालकहरु हामीलाई जेल हाल्यौ भन्दै बसेका छन् ।

जेल गएकाहरुले रकम भुक्तानको कुनै योजना बनाएका छैनन् । उनीहरुलाई हाइसञ्चो भएको छ, वचतकर्ताले पैसाको कुरा गरे हामी जेलमा छौ, कसरी गर्ने भन्छन् । यिनले वचतकर्तालाई दुख दिइरहेका छन् । यिनलाई अब सहकारी चलोस् नचलोस्, सदस्यले पैसा पाउन नपाउनसंग कुनै साइनो सम्बन्ध देखिदैन, राज्यले वचतकर्ताको रकम हिनामिना गर्ने ति व्यक्तिहरुको सम्पत्ती बेच विखन गरेर रकम भुक्तान गर्नका लागि सहज वातावरण बनाउन सकेन ।


अर्काथरी सञ्चालकहरु वेपत्ता छन्, वेपत्ता भएका सञ्चालकहरुको मुद्दा पनि अदालतमा छ, अदालतले कहिले फैसला गर्ला र पैसा पाउला भनेर वचतकर्ताहरु प्रतिक्षामा छन्, तर न फैसला समयमा आउछ, न वेपत्ता भएकालाई पक्राउ गरेर कार्वाही गरिएको छ । यस्ता खालका सञ्चालकहरु पनि वचतकर्तालाई पैसा फिर्ता गर्ने योजनामा छैनन्, दुखका साथ भन्नुपर्छ, पीडामा परेकाहरुको सहयोग गर्ने न नियम कानुन सहज छ, न त्यसलाई कार्यान्वयन गर्ने निकायले समयमै कार्यान्वयन गर्न सकेको छ ।


यसरी हेर्दा सहकारीका सञ्चालकहरु अर्थात जिम्मेवार मानिसहरु जेलमा पर्दा वा वेपत्ता हुदा सदस्यहरुलाई धेरै मर्का परेको देखियो । त्यसैले सरकारले आवश्यक पर्छ भने कानुन संशोधन गरेरै भएपनि सहकारीले संकलन गरेको वचत रकम सुरक्षित तरिकाले फिर्ता गराउन पहलकदमी लिनु पर्दछ ।

कुनै सहकारीमा समस्या आयो भने वचतकर्ताहरु लाईन लाग्ने, आन्दोलन गर्ने, सञ्चालक र कर्मचारीलाई पक्राउ गर्नका लागि दवाव दिने, कार्वाही प्रक्रियाका लागि समन्वय गर्ने गरेको पाइएको छ । पैसा फसेको मान्छेले गर्ने त्यही नै हो । पक्राउ परेका, जेल बसेकाहरुबाट रकम भुक्तानी गर्ने योजना वा त्यस अनुसारको कानुन नबन्दासम्म वा भएका कानुनलाई कार्यान्वयन गरेर पीडितलाई न्याय नदिदासम्म सहकारीको साख बढ्दैन ।


सहकारी विभागले गत जेठ १२ गते जारी गरेको वक्तव्यमा सहकारीमा आएका समस्या ३ प्रकारका छन्, र समाधानका उपाय पनि ३ प्रकारकै छन् भन्ने उल्लेख थियो ।


पहिलो : सहकारी ठिक ठाक नै चलेका थिए, वित्तीय क्षेत्रमा देखिएको समस्या र कतिपय सहकारीमा देखिएका समस्याका कारण राम्रै चलेको सहकारीमा पनि समस्या आयो, ति सहकारीहरु पहिलो कोटीका हुन्, तिनले श्वेत पत्र जारी गरेर सम्पूर्ण दायित्व सञ्चालकले लिने गरी निश्चित समय दिई सदस्यहरुलाई वचत फिर्ता गर्न सक्छन् ।


दोस्रो : यि पनि राम्रै चलेका थिए, तर यिनले संस्थाको ऋण लगानी ठुला व्यवसायीलाई गरे, एउटै व्यक्तिलाई ठुलो रकम लगानी गरे, घर जग्गामा लगानी गरे । यिनलाई पनि सम्पूर्ण दायित्व सञ्चालकहरुले लिने गरी श्वेत पत्र जारी गरेर सदस्यलाई निश्चित समय दिई वचत फिर्ता गर्न सक्छन, तर यस्ता संस्थालाई सहकारी ऐन अनुसार कार्वाही चाही हुन्छ ।


तेस्रो : यस्ता सहकारी संस्थामा जम्मा भएको रकम सञ्चालकहरुले आफ्नो र आफन्तको नाममा घरजग्गा लगायत निजी व्यवसाय सञ्चालनका लागि प्रयोग गरेका छन् । यिनले सहकारी ऐन पूर्ण रुपमा उल्लंघन गरेका छन् । यिनलाई कार्वाही गरी सञ्चालकहरुबाट वचत फिर्ता गराउने विभागको निर्देशनमा उल्लेख छ ।


विभागकै भनाईलाई आधार मानेर हेर्ने हो भने दोस्रो र तेस्रो खालका सहकारीहरुलाई कार्वाही नै गर्नु पर्छ । जहाँसम्म पहिलो प्रकारका सहकारीहरु छन् तिनलाई जोगाउने दायित्व शेयर सदस्यहरुको पनि हो ।


शेयर सदस्य (वचतकर्ताहरु) संयमित भएर समुदायमा केन्द्रीत रहेका सहकारीहरुलाई जोगाउन लाग्ने हो भने वचतकर्ताको रकम सुरक्षित गर्न सकिन्छ भन्ने उदाहरणहरु पनि प्रशस्त देखिएका छन् । जेल पठाउने र भाग्ने दुवै तरिकाले समस्या वचतकर्तालाई नै भयो । यदी सहकारीमा समस्या आयो भने सदस्यहरुले सञ्चालकहरुसंग बसेर संस्थाको यथार्थ अवस्था देखाउन लगाउने र संस्थाका सञ्चालकहरुले व्यक्तिगत रुपमा सम्पत्ती आर्जन गर्न संस्थालाई प्रयोग गरेका छैनन्, ऋण लगानी गरेका छन्, ऋण नउठेका कारण समस्या सिर्जना भएको हो भने सञ्चालकहरुलाई वचतकर्ताहरुले सहयोग गरेर ऋण उठाउने र वचत फिर्ता गराउने अभियान सञ्चालन गर्न आवश्यक छ ।

सञ्चालकहरु सम्पर्क विहिन हुने वा जेल जाने कुरा वचतकर्ताहरुका लागि नै समस्या भएकाले सञ्चालकहरुलाई आफ्नो संस्थाको यथार्थ अवस्था जानकारी गराउन, वचत फिर्ताका लागि निजहरुले ग्यारेण्टी गर्न तथा नउठेको ऋण उठाउन समन्वय गर्न सकियो भने सहकारीका वचतकर्ताहरुको रकम डुब्ने संभावना धेरै कम हुने अवस्था रहन्छ ।

ऋणी सदस्यहरु

सहकारीमा समस्या आउनुको एउटा महत्वपूर्ण कारण ऋण नउठ्नु पनि हो । सहकारीमा समस्या आएपछि ऋण तिर्न पर्दैन भनेर निर्धक्क हिड्नेहरु धेरै नै देखिन थालेका छन् । आफु संलग्न नभएको सहकारीमा समस्या आयो भने पनि त्यस्ता सहकारीका वचतकर्ताले गर्ने आन्दोलनको अग्रपंक्तिमा सहकारीहरुबाट ऋण लगेर नतिर्नेहरु पनि लामवद्ध भएको र चर्का चर्का नारा लगाउने गरेका थुप्रै फुटेजहरु प्राप्त भएका छन् ।

जुन सहकारीले संस्थाको पैसा व्यक्तिगत रुपमा लगानी गरेको छ, ति सहकारीको समस्या र आफ्ना सदस्यहरुलाई ऋण लगानी गरेको सहकारीमा फरक छ । व्यक्तिगत रुपमा लगानी गरेका सहकारीका सञ्चालकहरु भागे वा जेल गए भने तिनीहरुबाट रकम असुली गर्ने अवस्था धेरै कमजोर देखियो ।

तर जुन सहकारीले आफ्ना सदस्यहरुमा लगानी गरेको छ र त्यस्ता सहकारीमा समस्या आयो भने सहकारीका वचतकर्ता, सञ्चालक र कर्मचारी तथा राज्यका निकायहरु समेत मिलेर ति ऋणीहरुबाट ऋण उठाउने र वचत फिर्ता गराउने हो ।

ऋण लगेका मध्ये कतिपयले नबुझेर र धेरैले बुझी बुझी पनि सहकारीलाई बद्नाम गराउन, सहकारी बन्द गराउन लागि परेको देखिन्छ । सहकारीबाट ऋण लगेर सहकारी बन्द गराउने ए अपराधीहरु हो तिमले ऋण लगेको सहकारी बन्द भयो भने सबै भन्दा पहिला वचतकर्ताको प्रहार तिमीहरु माथी नै हुन्छ के ? कस्तो कुरा नबुझेको हो ।

सहकारीका नाममा सबैले निजी व्यवसाय सञ्चालन गरेका छैनन्, केहीले त्यसो गरेका छन्, तर धेरैले सदस्यहरुमा लगानी गरेका छन्, लगानी गरेको ऋण उठीरहेको छैन र वचत फिर्तामा समस्या छ ।


यदी ए नाम गरेको संस्था जसले आफ्ना सदस्यलाई ऋण लगानी गरेको छ, त्यसमा समस्या आयो, सञ्चालकहरु भागे वा जेल गए भने पनि ऋणीहरुबाटै ऋण उठाएर वचतकर्ताको रकम फिर्ता गराउने योजना बन्छ । राज्यका निकायले ऋण भुक्तानका लागि निर्देशन गर्छन्, ऋण नतिर्ने सदस्यलाई खराव ऋणी करार गरिदिन्छन्, अनि समस्या कसलाई पर्छ ? सहकारी चल्दा सञ्चालक र कर्मचारीलाई धम्क्याउने, थर्काउने, घुर्काउने सबै गरेका छौ, तिमले ऋण लगेको सहकारी बन्द मात्रै होस् त राज्यले नै तिमलाई ऋण तिर्नका लागि समय तोकिदिन्छ, त्यो दिनसम्म ऋण तिरेनौ भने तिम्रो शाखा सन्तानलाई राज्यले कालोसूचीमा राख्न सक्छ । अनि समस्या कसलाई आउछ ? ऋण लगेर नतिर्ने अनि सहकारी बन्द भैदिए हुन्थ्यो भनेर गतिविधि सञ्चालन गर्नेहरुले राम्रोसंग बुझ्न जरुरी छ कि ? ऋण लगानी गरेका संस्थाहरु समस्यामा पर्दा त्यसको सिधा असर ऋण लगेका सदस्यहरुमै पर्छ । सहकारीलाई बन्द गराएर वा बदनाम गराएर ऋण तिर्न पर्दैन भन्ने तिम्रो घैटामा घाम कहिले लाग्छ खै ?

अन्त्यमा सहकारीका वचतकर्ताहरुले आफ्नो वचत सुरक्षित गराउनका लागि र ऋणीहरुले आफ्नो संस्थालाई सुरक्षित गराउन तथा आफु समस्यामा नपर्नका लागि संयमताका साथ अगाडि बढ्न जरुरी छ । वचतकर्ताले संस्थाको यथार्थ अवस्था बुझेर सहकारीले सदस्यहरुमा लगानी गरेको छ भने सञ्चालक र कर्मचारीसंग समन्वय गरी संस्था सञ्चालन गर्दै ऋण उठाउदै वचत फिर्ता गराउनतर्फ लाग्नु पर्छ भने संस्थाबाट लिएको ऋण भुक्तान गरेर संस्था सञ्चालन भईरहन दिनु नै ऋणीहरुका लागि समेत फाइदाको विषय बन्छ । संस्था बन्द भयो ?वचतकर्तालाई वचत फिर्ता नहुने तनाव, ऋणीलाई सरकारले नै खराव ऋणी बनाइदेला भन्ने डर ? सहकारी सदस्यहरुको हो, सदस्यहरुको सक्रियता र समन्वयमा सहकारीलाई फेरी एकपटक जनताको आशा भरोसाको केन्द्र बनाउन सबै लागौँ ।
जय सहकारी ।

06/07/2023
यसो गरे कसो होला ?
21/06/2023

यसो गरे कसो होला ?

जानकारीको लागि।
18/03/2023

जानकारीको लागि।

काठमाडौं । के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस.....

बचतकर्ता सदस्यहरुको जानकारीको लागि ! 🙏
13/03/2023

बचतकर्ता सदस्यहरुको जानकारीको लागि ! 🙏

12/02/2023

आज हामिले कारोवार शुरु गरेको १२ वर्ष पुरा गरि १३औं बर्षमा प्रवेश गरेको छ। यस अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य बचतकर्ता, कर्मचारी वर्ग, तथा सम्पूर्ण शुभेच्छुक हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

मेघाश्री परिवार

08/09/2022

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या नभएको दावी गरेको छ । महासंघले व...

सहकारी संस्थाको कर्जा नतिर्दा के हुन्छ?
08/09/2022

सहकारी संस्थाको कर्जा नतिर्दा के हुन्छ?

14/08/2022

हाम्रो कारोबार पूर्ण रूपमा टोखा ६ ग्रान्डी बाट भइरहेको छ।

Address

Tokha 7
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715905143

Website

Alerts

Be the first to know and let us send you an email when Meghashree co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meghashree co-operative ltd.:

Share