Stock Vision

Stock Vision Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Stock Vision, Financial service, Kathmandu.
(3)

हामीलाई समाचार,जानकारी वा अन्य सामग्री पठाउनको लागि: [email protected]

Send us news, information,anything at: [email protected] हाम्रो उद्देश्य भनेको आम लगानीकर्तालाई भरपर्दो जानकारी र व्यवहारिक मार्गदर्शनमार्फत सशक्त बनाउनु हो।

सानीमा बैंकको लाभंश घोषणा
27/08/2026

सानीमा बैंकको लाभंश घोषणा

27/08/2026

एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

27/08/2026

Today Nepse Update 2083-05-11

27/08/2026

डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागी IPO निष्कासन गर्ने भएको छ ।
बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ !

26/08/2026

बाढी पुर्वानुमान महाशाखाको अनुरोध

दिउँसो ०१:३५ बजे

चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।

26/08/2026

चितवन-देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। बाढीको बहाव करिब दिउँसो ३:३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ। हाम्रो प्रारम्भिक आंकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ। यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ। यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुवान हुने संभावना कम छ। तथापी अर्को सूचना जारी नहुंदा सम्म नदीको छेउछाउका वस्ति-बजारका वासिन्दाहरु शूरक्षित अग्लो स्थानमा रहनुहोला।
-बाढी पूर्वानुमान महाशाखा

26/08/2026

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा
काठमाडौँ, १० भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो।
नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ।
नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ।

26/08/2026

केबीएल सेक्युरिटिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

25/08/2026

नेपाल धितोपत्र बोर्डले CDSC लाई IPO खुल्ने, IPO बन्द हुने देखि डिम्याट खातामा Share Transfer सम्बन्धि सूचना लगानीकर्ताको मोबाईलमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

25/08/2026

आगन्तुक रिसोर्ट लिमिटेड ले IPO निष्कासन गर्नका लागी बिक्री प्रबन्धकमा Prabhu Capital Ltd. लाई नियुक्त गरेको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Stock Vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share