ZAMMA

ZAMMA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ZAMMA, Kathmandu.

01/08/2017
We hope that Nepal will indeed benefit a lot with this provision. Zamma will fully support this program from the Nepal g...
19/06/2017

We hope that Nepal will indeed benefit a lot with this provision. Zamma will fully support this program from the Nepal government.

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

Zamma 2017 launch promo. Please like and share.
06/03/2017

Zamma 2017 launch promo. Please like and share.

Zamma is Nepal's pioneer crowdfunding platform. The company will soon begin providing world class crowdfunding services for Nepal through its official websit...

08/04/2015

जम्मा कम्पनीको १ वर्षको उपलब्धी के भयो बुझ्न सायद तलको लिस्टले धेरै सहयोग गर्छ होला।
जम्मा कम्पनीको संजालमा हालसम्म आएका सदस्यको संख्या पेसागत हिसाबमा
१. कृषि व्यवसायी: ४
२. सुचना प्रविधि व्यवसायी तथा कर्मचारी: ५
३. कम्प्युटर हार्डवेयर व्यवसायी: २
४. मोबाइल व्यवसायी: १
५. शेयर मार्केट व्यवसायी: २
६. कानुन व्यवसायी: १
७. लेखन/ ब्लगर: १
८. रेस्टुराँ व्यवसायी: ३
९. छापाखाना व्यवसायी: १
१०. खाद्य सामग्री उत्पादक उद्योगी: १
११. फिल्म तथा डोक्युमेन्त्री निर्माता: १
१२. पत्रकारिता: १
१३. डेरिभेटिभ व्यवसायी तथा कर्मचारी: २
१४. खाद्य सामग्री विक्रेता: २
१५. लेखा व्यवसायी: ५
१६. शैक्षिक परामर्श व्यवसायी: ३
१७. बैंक कर्मचारी: १
१८. स्कुल संचालक: १
१९. विदेशी कर्मचारी तथा व्यवसायी: २
२०. वातावरण विशेषज्ञ: १
२१. निर्माण व्यवसायी: १
२२. विद्यार्थी: १८
२३. रिसर्च विशेषज्ञ: १
२४. हस्तकला व्यवसायी: १
२५. मोटर पार्ट व्यवसायी: १
२६. अन्य: ३५
हाम्रो एक वर्षको सबै भन्दा महत्वपूर्ण उपलब्धी सायद यहि संजाल नै होला। यो संजाल आउँदो वर्षहरुमा पक्कै पनि बढ्ने कुरामा हामी त विश्वस्त छौं है!

01/04/2015

IMPORTANT CALL FOR EMERGENCY MEETING: अत्यन्त जरुरी सुचना
यहि शनिवार चैत्र २१, २०७१को दिन दिउँसो २:३० बजे सेफ्सबेकरी, नयाँ बानेश्वरमा हाम्रो आकस्मिक र अत्यन्तै जरूरी बैठक बस्दैछ! कृपया यो बैठकमा जसरी पनि आइपुग्न सबै सदस्य महानुभावहरुलाई हामी आग्रह गर्छौं।
बैठकका अजेण्डा:
१. पब्लिक लिमिटेड हुने उद्देस्य सहित सुरु गरेको हाम्रो प्रयासको समिक्षा तथा अब हामीले नौलो किसिमले दर्ता गर्नैपर्ने स्थिति आएकोले सो बारे उपस्थित हुने सदस्य महानुभावमा नयाँ प्रस्तावमा मतदान
२. एक वर्षको कार्यको मुल्यांकन तथा पुरानो संचालक समिति विघटन गरी नयाँ समितिको गठन बारे मतदान
कृपया यो वैठकमा हुने निर्णयले सदस्य तथा यस जम्मा कम्पनीमा दीर्घकालीन असर पुग्ने निश्चित हुँदा यो बैठकमा अनिवार्य आउनुहुन सबै सदस्य महानुभावहरुलाई हामी हार्दिक अनुरोध गर्दछौं।

18/09/2014

भींडलगानी (crowdfunding) के हो?

हरेको व्यापारको निम्ति लगानीको कति महत्व हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ। संसारमा करोडौं व्यवसाय छन्, तर सबैको चल्ने मुख्य आधार भनेकै लगानी हो। र सत्य के पनि हो भने केही संसारमा धेरै नै सीमित जनसंख्याको मात्र आफ्नै अन्तरिक आर्थिक क्षमताले लगानी गरी व्यवसाय गर्ने अवस्था छ। आफ्नो अन्तरिक श्रोतले नभ्याए पछि व्यवसायीको अर्को विकल्प भनेको ऋण लगानी नै हो। अहिलेको संसारको आर्थिक बनावट नै यहि ऋण लगानी र त्यसको प्रतिफलमा केन्द्रित छ। संसारको ठुलो जनसंख्याको ठुलै प्रतिशत मानिसहरु यहि ऋण लिने र दिने तरिकाले आफ्नो दैनिक व्यवसाय र गुजारा चलाउंछन्।

तर विडम्बना के पनि हो भने संसारको आधा भन्दा बढी जनसंख्याको ऋण लिन सक्ने हैसियत छैन र उनीहरुको अरु लगानी पाउने पनि कुनै बाटो हुँदैन। सीप र विशुद्ध व्यापारिक उदेश्य राखे पनि त्यो ठुलो जनसंख्यामा पर्नेहरु राम्रै संभावनाको बावजुत लगानी पाउन असमर्थ छन्। यसरी धेरै मानिस व्यवसाय गर्नबाट बन्चित भएका अथवा भनौं बन्चित गराइएका छन्। यही अवस्थामा संसारभरी द्रुत गतिमा फैलिएको लगानीको नौलो तथा अति नै सम्भावनायुक्त विकल्पको रुपमा उदाएको छ भींडलगानी।

स्पष्ट तरिकाले बुझाउदा भींडलगानी भनेको सानो लगानी गर्ने क्षमता भएका धेरै मानिसहरुबाट पुँजी अथवा लगानी उठाई व्यवसाय गर्न सक्ने मानिसहरुमा सिधै पुराउने तरिका हो। उदाहारण दिँदा, मानौं तपाइको टोलमा कुनै कपाल काट्ने नाइँ छ र उसलाई आफ्नो व्यवसायको सुधारको लागि लगानी खोजिरहेको छ। ति नाइँले बैंकमा जाँदा लगानी पाउन सकेनन् र समयमै सोचे जस्तो सुधार गर्न सकेनन्। तर सधैं आउने तपाईं जस्तो धेरै ग्राहकले त्यो पसल अझै राम्रो भएको हेर्न चाहनु हुन्छ। त्येसैले नाइँले ग्राहकहरुसँग बरु ६ पटकको कपाल काट्ने सर्तमा हजुरसँग ४ पटकको पैसा अहिले नै दिन आग्रह गर्छ। तपाईं जस्तै टोलमा त्यसरी लगानी गर्ने ५० जना राजी भएछन् र त्यो एकमुस्ट लगानीले गर्दा ति नाइँले पसल सुधार पनि गर्न सके र तपाईंले पनि केही हदसम्म आफ्नो सानो लगानीको फाइदा पाउनु भयो। यसरी नै चल्ने लगानीको तरिका हो भींडलगानी।

पारम्परिक लगानी र भींडलगानीमा फरक
पारम्परिक तरिकाले चलेको व्यापार भनेको कुनै ठुलो लगानी चाहिएको व्यापारीले लगानीकर्ताबाट लगानी पाएर सुरु हुन्छ। सो व्यापारीले केही वस्तु अथवा सेवा उत्पादन गर्न सिप भएको मानिसहरुलाई रोजगारी दिइ उपभोक्ताले उपयोग गर्ने गरी सो वस्तु अथवा सेवा बजारमा पुराइ आफ्नो नाफा बनाउने हो। तर खासमा उत्पादन गर्ने भनेको सीप भएका मानिसले पाउने प्रतिफल यो तरिकाले कम नै हुन्छ र व्यवसायीको ऋण अन्तमा भनेको उपभोक्ताले नै खर्च गरेर तिर्ने हो। यसको सट्टा भींडलगानीमा सिधा उत्पादन गर्ने र उपभोग गर्नेको सम्पर्क हुन्छ र बीचमा हुन्छ व्यवसायीको विश्वसनीयता बुझ्ने एउटा कुनै माध्यम संस्था (जस्तो Kickstarter.com वा Zamma.co) । यसरी भींडलगानीमा निश्चित रुपमा उत्पादक र उपभोक्तालाई नाफामुलक हुन जान्छ भने लगानी गर्ने संस्था र बिचौलिया फाइदा पाउने व्यवसायी भने अवश्य निरुत्साहित गरिन्छन्।

जम्मा कम्पनी र भींडलगानी
जम्मा कम्पनी सुरुदेखि नै नेपाल सुहाउँदो भींडलगानीको माध्यम बन्ने उदेश्यको साथ खोलिएको हो र केही महिनादेखी यस संस्थामा आबद्ध रहेका केही सदश्यहरुले नेपालमा भींडलगानीको सम्भावनाको वृस्तृत अध्ययन गरिरहेका छौँ। यसरी जम्मा कम्पनी अब चांडै नै आफ्नो वेबसाइट www.zamma.co बाट यसको सुरुवात गर्दै छ।
जम्मा कम्पनी भनेको विसुद्ध रुपमा व्यापारिक हरेक सदस्यबाट दिनको रु. १ लगानीको दरले बर्षमा रु. ३६५ उठाई आफै पनि भींडलगानीकै विचारधाराले स्थापित भएको एक संस्था हो। यही विचारमा रहेर हाम्रो स्थापना देखी आजसम्म हाम्रो सदश्य संख्या ६० पुगेको छ र हाम्रो यो उदेश्यलाई साकार पार्न हामीलाई अझै धेरै सदस्य चाहिन्छ। यसरी हाम्रो उदेश्यमा हातेमालो गर्न चाहनु हुन्छ भने हजुरलाई जम्मा कम्पनीमा स्वागत छ । हामी भींडलगानीले नेपालको व्यवसायिक क्षमतालाई निकै माथि पुराउने कुरामा विश्वस्त छौँ र हाम्रो यो अभियानमा सहयोग गर्न देश र विदेशमा रहेका सबै नेपाली नागरिकलाई आग्रह गर्छौं।

कृपया हाम्रो बारे आफ्नो मित्रजन तथा परिवारजनमा पनि खबर गर्नु होला। धन्यवाद।

22/07/2014
22/07/2014

Hello Zamma Members

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when ZAMMA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share