Natural Saving & Credit Co-operative Limited

Natural Saving & Credit Co-operative Limited Natural Saving & Credit Co-operative Limited - You’re not just another customer. We’re not just

28/08/2026
सूचना !!
27/08/2026

सूचना !!

२०८३ श्रावण मसान्त सम्मको अपरिस्कृत वित्तीय विवरण तथा अन्य विवरणहरु ।
24/08/2026

२०८३ श्रावण मसान्त सम्मको अपरिस्कृत वित्तीय विवरण तथा अन्य विवरणहरु ।

नाग पञ्चमीकाे सम्पूर्णमा हार्दिक शुभकामना ।
17/08/2026

नाग पञ्चमीकाे सम्पूर्णमा हार्दिक शुभकामना ।

२०८३/०४/३१ गते नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालयमा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष एवं ...
17/08/2026

२०८३/०४/३१ गते
नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालयमा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष एवं मुलुककै अग्रणी सहकारी साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि., विर्तामोड–चारपाने, झापाका प्रमुख कार्यकारी अधिकृत (CEO) आदरणीय श्री महेन्द्र कुमार गिरीज्युले भ्रमण तथा अवलोकन गर्नु भएको छ ।
संस्थाका सचिव श्री विकल्प पाठक तथा उच्च ब्यबस्थापनका कर्मचारीहरुले स्वागत गर्दै संस्थागत विकासका बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । सहकारी क्षेत्रका अनुभवी एवं सफल ब्याक्तित्व श्री महेन्द्र कुमार गिरीज्यूले सहकारी संस्था सञ्चालन, व्यवस्थापन, संस्थागत दिगो विकास तथा सफल सहकारी यात्राका आफ्ना महत्वपूर्ण अनुभवहरू प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुभव, सुझाव तथा प्रेरणादायी मार्गदर्शनले हाम्रो संस्थालाई अझ व्यवस्थित, व्यावसायिक, सदस्यकेन्द्रित एवं दिगो रूपमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलेको छ ।
महेन्द्र कुमार गिरीज्यु प्रति हार्दिक आभार ।।।

हार्दिक बधाई तथा शुभकामना ।
16/08/2026

हार्दिक बधाई तथा शुभकामना ।

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कालिमाटी ६औं बर्ष पुरा गरि ७औं वर्षमा प्रवेश  गरेको उपलक्ष्...
14/08/2026

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कालिमाटी ६औं बर्ष पुरा गरि ७औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आदर्णीय सदस्यज्यूहरु, कर्मचारीहरु, तथा सम्पूर्ण शुभचिन्तकज्युहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै यहाँहरुको थप सल्लाह, सुझाब ,बिश्वास र आत्मिय सम्बन्धको अपेक्षा गर्दछौ । सफल यात्राका सहयात्री वर्गमा हार्दिकतापूर्वक आभार प्रकट गर्दछौं ।

11/08/2026

''We are committed, we are dedicated"
We need only one Natural Saving & Credit Co-operative Limited

मिति २०८३ साउन २३ गते शनिबार Hotel Crystal pashupati मा  संस्थाकाे अध्यक्ष शर्मिला शिल्पकारकाे सभापतित्वका साथै सञ्चालक ...
10/08/2026

मिति २०८३ साउन २३ गते शनिबार Hotel Crystal pashupati मा संस्थाकाे अध्यक्ष शर्मिला शिल्पकारकाे सभापतित्वका साथै सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापनका कर्मचारीहरु र अन्य संस्थामा आवद्ध सम्पूर्ण कर्मचारीहरुकाे सक्रिय सहभागितामा एक दिवसिय "कर्मचारी क्षमता अभिवृद्धि तालिम कार्यक्रम” सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा प्रख्यात लाइफ कोच, मोटिभेशनल स्पिकर, मनोवैज्ञानिक परामर्शदाता तथा कर्पोरेट विज्ञ डा. रबिन कटवाल बाट “Profession with Passion” विषयक प्रेरणादायी तथा व्यावसायिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिममार्फत कर्मचारीहरूमा कार्यप्रतिको समर्पण, जिम्मेवारीबोध, सकारात्मक सोच, नेतृत्व क्षमता, सेवामुखी व्यवहार तथा संस्थागत लक्ष्यप्रति प्रतिबद्धता अभिवृद्धि गर्ने विषयमा विशेष जोड दिइएको थियो। यस कार्यक्रमले कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै संस्थाको भावी कार्यसम्पादनलाई थप प्रभावकारी, परिणाममुखी र उत्कृष्ट बनाउन प्रेरणा प्रदान गरेको विश्वास लिइएको छ।
धन्यवाद Dr.Rabin katwal (Life Coach), Motivivational Speaker, Psychological Counselor & Corporate Expert .

मिति २०८३ साउन २३ गते शनिबार Hotel Crystal pashupati मा संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विश्लेषण तथा आर्थिक वर्...
09/08/2026

मिति २०८३ साउन २३ गते शनिबार Hotel Crystal pashupati मा संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विश्लेषण तथा आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना निर्माण एवं आगामी वर्षको लक्ष्य हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरुकाे सहभागिता रहेको थियो।
यस कार्यक्रममार्फत विगत वर्षको वित्तीय अवस्था, उपलब्धि, चुनौती तथा सिकाइहरूको गहन समीक्षा गर्दै आगामी वर्षका लागि स्पष्ट लक्ष्य, रणनीति तथा कार्ययोजनाहरू तय गरिएको छ।
सफलता आकस्मिक रूपमा प्राप्त हुँदैन, सफलता सधैं पूर्वयोजना, गहन छलफल, प्रभावकारी समन्वय तथा स्पष्ट कार्यदिशाको परिणाम हो। त्यसैले “पूर्व तयारी र सार्थक छलफल नै सफलताको पहिलो चरण हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै संस्थाले आगामी वर्षका लागि दिगो विकास, उत्कृष्ट सेवा प्रवाह, प्रभावकारी कर्जा व्यवस्थापन, बचत परिचालन, प्रविधिमैत्री सेवा विस्तार तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखी लक्ष्य निर्धारण गरेको छ।

हामी सबैको साझा प्रतिबद्धता, जिम्मेवारीपूर्ण कार्यसम्पादन र परिणाममुखी सोचमार्फत निर्धारित लक्ष्यहरू हासिल गर्दै संस्थालाई थप सबल, विश्वसनीय र अग्रणी सहकारी संस्थाको रूपमा स्थापित गर्न सफल हुनेछौं भन्ने पूर्ण विश्वास लिएका छौं।

Address

Tusal-07
Kathmandu
44602

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Natural Saving & Credit Co-operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Natural Saving & Credit Co-operative Limited:

Shortcuts

Share

Category