Shree Loktantrik Minitruck Byawasayi Saving & Credit Co Ltd

Shree Loktantrik Minitruck Byawasayi Saving & Credit Co Ltd Saving and credit Cooperative limited

27/05/2026

सूचना

मिति २०८३ साल जेठ १३ गते

प्रस्तुत विषयमा यस सहकारी संस्थाबाट हायर पर्चेज कर्जा अन्तर्गत मोटरसाइकल तथा गाडी खरिद गरी कर्जा भुक्तानी समेत सम्पन्न भइसकेको अवस्थामा पनि केही सवारी साधनहरू हालसम्म सम्बन्धित धनीहरूको नाममा नामसारी नभई यस सहकारी संस्थाकै नाममा कायम रहेको देखिएकोले सम्बन्धित सबै सवारी साधन धनीहरूलाई आवश्यक कागजात सहित यथाशीघ्र आफ्नो नाममा नामसारी गरि लिनु हुन अनुरोध गरिन्छ।

साथै, नामसारी सम्बन्धी प्रक्रिया पूरा गर्न तथा आवश्यक समन्वयका लागि यस सहकारी संस्थाको कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ। यो सूचना सामाजिक सञ्जालमार्फत समेत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।

27/05/2026

सूचना

भोलि मिति २०८३ साल जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद-उल-अजहा) को अवसरमा नेपाल सरकार, गृह मन्त्रालयबाट सार्वजनिक बिदा दिने सम्बन्धी सूचना प्रकाशित भएको हुँदा सो दिन यस कार्यालय पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण सदस्य, सेवाग्राही तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

सूचनायस लोकतान्त्रिक मिनिट्रक व्यवसायी साकोस लिमिटेडगोकर्णेश्वर नगरपालिका–४, हनुमानचोक, काठमाडौं को मिति २०८३ साल बैशाख ...
24/04/2026

सूचना

यस लोकतान्त्रिक मिनिट्रक व्यवसायी साकोस लिमिटेड
गोकर्णेश्वर नगरपालिका–४, हनुमानचोक, काठमाडौं को मिति २०८३ साल बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकबाट, सोही मितिबाट लागू हुने गरी कार्यालय समय निम्नानुसार निर्धारण गरिएको जानकारी गराइन्छः

🔹 आइतबारदेखि बिहीबारसम्म:

- कार्यालय समय: बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म
- कारोबार समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म

🔹 शुक्रबार र आइतबार (Half Day):

- कार्यालय समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म
- कारोबार समय: बिहान १०:०० बजे देखि दिउँसो १:३० बजे सम्म

उक्त व्यवस्था बैठक बसेको मितिबाटै लागू हुने जानकारी गराइन्छ।

सम्पूर्ण सदस्यज्यूहरू तथा सरोकारवालाहरूलाई नयाँ समय अनुसार सेवा लिनुहुन अनुरोध गरिन्छ।

प्रबन्धक
श्री लोकतान्त्रिक मिनिट्रक व्यवसायी साकोस लिमिटेड

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!यस शुभ अवसरमा, लोकतान्त्रिक मिनिट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. गोक...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस शुभ अवसरमा, लोकतान्त्रिक मिनिट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. गोकर्णेश्वर नगरपालिका–४, काठमाडौं
को तर्फबाट सम्पूर्ण शेयर सदस्यज्यूहरू तथा शुभेच्छुक महानुभावहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

प्रस्तुत बिषयमा यहि मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०८२/११/२० गते देखि २०८२/१...
03/03/2026

प्रस्तुत बिषयमा यहि मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०८२/११/२० गते देखि २०८२/११/२२ गते सम्म तिन (३) दिन मुलुकभर सार्वजनिक बिदा दिने भनि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय भएकाले सो अनुसार यस संस्था उक्त दिन बन्द रहने सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पूर्ण निष्क्रिय सदस्यहरूका लागि KYM फाराम अद्यावधिक तथा खाता पुनःसक्रियकरण सम्बन्धमा प्रथम सूचनाContact no: 014801183...
18/01/2026

सम्पूर्ण निष्क्रिय सदस्यहरूका लागि KYM फाराम अद्यावधिक तथा खाता पुनःसक्रियकरण सम्बन्धमा प्रथम सूचना
Contact no: 014801183, email: [email protected]

नगद कारोबारको सीमा सम्बन्धी सूचनानेपाल सरकार, मन्त्री परिषद्को मिति २०८२ मंसिर १५ गतेको निर्णय अनुसार मिति २०८२ माघ ०१ ग...
18/01/2026

नगद कारोबारको सीमा सम्बन्धी सूचना

नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८२ मंसिर १५ गतेको निर्णय अनुसार मिति २०८२ माघ ०१ गतेदेखि बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थाहरूले रु. ५,००,०००/- (पाँच लाख) वा सोभन्दा बढी रकमको कारोबार अनिवार्य रूपमा बैंकिङ माध्यम (खाता, चेक वा डिजिटल माध्यम) मार्फत गर्नुपर्ने व्यवस्था गरिएको व्यहोरा सर्वविदितै छ।

उक्त निर्णयको पालना स्वरूप यस श्री लोकतान्त्रिक मिनिट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. बाट गरिने निक्षेप, बचत भुक्तानी, ऋण भुक्तानी तथा अन्य सम्पूर्ण आर्थिक कारोबारहरूमा नगद कारोबारको सीमा रु. ४,९९,९९९/- (चार लाख उनान्सय हजार नौ सय उनान्सय) सम्म मात्र कायम रहने र सोभन्दा माथिको रकमको कारोबार अनिवार्य रूपमा बैंकिङ माध्यम (चेक, खातामार्फत वा डिजिटल माध्यम) बाट मात्र गरिने व्यहोरा यसै सूचनामार्फत सम्पूर्ण शेयर सदस्यज्यूहरू तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ।

यस व्यवस्थाको पालना गर्न सबै सदस्यज्यूहरूको सहयोग अपेक्षा गरिएको छ।

मिती २०८२ पौष ५ गते शनिवार सम्पन्न भएको  लोकतान्त्रीक मिनिट्रक ब्यबसायी बचत तथा ऋण सहकारी संस्था को १६ औ वार्षिक साधारण ...
23/12/2025

मिती २०८२ पौष ५ गते शनिवार सम्पन्न भएको लोकतान्त्रीक मिनिट्रक ब्यबसायी बचत तथा ऋण सहकारी संस्था को १६ औ वार्षिक साधारण सभाका केहि झलकहरु

मितिः २०८२/०८/२८सम्पूर्ण शेयरधनिहरु,  बिषय :१६ औँ वार्षिक साधारण सभा सम्वन्धि सुचना ।यस लोकतान्त्रिक मिनिट्रक व्यवसायी ब...
14/12/2025

मितिः २०८२/०८/२८

सम्पूर्ण शेयरधनिहरु,

बिषय :१६ औँ वार्षिक साधारण सभा सम्वन्धि सुचना ।
यस लोकतान्त्रिक मिनिट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८२ मंसिर ६ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस संस्थाको १६ औँ वार्षिक साधारण सभामा तपशिलका विषयहरुमा छलफल तथा निर्णय गर्ने गरि तपशिलमा उल्लेख भएको मिति, समय र स्थानमा हुन गईरहेकोमा यहाँहरु सम्पूर्ण शेयरधनिहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।
साधारण सभा मा पेश गर्ने छलफलका विषयहरु:
– आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/८३ को प्रस्तावित नीति तथा कार्यक्रम सम्वन्धमा ।
– आ.व २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन तथा आ.व. २०८२/८३ को प्रस्तावित बजेट सम्वन्धमा ।
– आ.व. २०८१/८२ को लेखा सुपरिवेक्षण समिति को प्रतिवेदन सम्वन्धमा ।
– आ.व. २०८२/८३ को लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।
– संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको नयाँ निर्वाचन सम्वन्धमा ।
– विनियम संशोधन सम्वन्धमा ।
– संचालक समितिलाई आवश्यक अख्तियारी दिने सम्वन्धमा ।
– साधारण सभाको निर्णय प्रमाणित गर्ने प्रतिनिधि हरुको चयन गर्ने सम्वन्धमा ।
मिति :२०८२/०९/०५ गते शनिवार
समय : विहान ९ः०० बजे
स्थान : हिमाली घर रिसोर्ट, उत्तरवाहिनी, गोकर्णेश्वर –४, काठमाण्डौ

सचिव

Suchana
28/03/2025

Suchana

Address

Gokarneshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714801183

Website

Alerts

Be the first to know and let us send you an email when Shree Loktantrik Minitruck Byawasayi Saving & Credit Co Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Loktantrik Minitruck Byawasayi Saving & Credit Co Ltd:

Shortcuts

Share

Category