22/09/2026
🏗️ भवन निर्माणमा रिभर्स भ्याट सम्बन्धमा:
व्यवसायिक प्रयोजनका लागि बनाइने ५० लाख रुपैयाँभन्दा बढी लागतको संरचनामा मात्र यो लागू हुन्छ।
- ५० लाखभन्दा बढी लागतको व्यवसायिक संरचना दर्ता भएको व्यक्तिबाटै बनाउनुपर्ने बाध्यकारी व्यवस्था छ।
- दर्ता नभएको व्यक्तिबाट बनाइए पनि, दर्ता भएको व्यक्तिबाट बनाए जति नै भ्याट लाग्छ।
- सम्पत्तिको मालिक आफैंले सो बराबरको कर गणना गरी दाखिला गर्नुपर्छ।
- नदाखिला गरे कर अधिकृतले सोही मालिकबाट कर असुल उपर गर्छ।
✅ के-के समेटिन्छ ?
- भवन, अपार्टमेन्ट, सपिङ कम्प्लेक्स लगायत सडक, पुल, विद्युत उत्पादन गृह, रंगशाला जस्ता "सार्न नसकिने" संरचना समेटिन्छन्।
- बिक्रीको लागि वा स्थायी सम्पत्ति बनाई आयआर्जनमा प्रयोग गर्ने उद्देश्यको संरचना नै "व्यवसायिक प्रयोजन" मानिन्छ।
- निर्माण सामग्री, ज्याला, डिजाइन/इन्जिनियरिङ्ग सेवा, विद्युतीकरण, सेनिटरी, रंगरोगन, फर्निचर, फिक्चर्स — सबै Component खर्च करलाग्ने मूल्यमा जोडिन्छ।
- नक्शाङ्कन, डिजाइन र निर्माण-सुपरिवेक्षण जस्ता प्रत्यक्ष निर्माण-सम्बद्ध खर्च पनि लागतमा गनिन्छ।
🚫 गणना गर्दा कुन कुन भुक्तानीलाई आधार लिइदैन:
- जग्गा खरिद मूल्य र जग्गा स्तरोन्नति खर्च करलाग्ने मूल्यमा जोडिँदैन।
- नक्शा पास/निर्माण इजाजत वापत नगरपालिकालाई तिरेको दस्तुर बाहिर रहन्छ।
- विद्युत/खानेपानी/टेलिफोन लाइन जोड्न निकायलाई तिरेको दस्तुर पनि बाहिर रहन्छ।
- वित्तीय शिरोभार (Financial Overhead) समावेश गरिँदैन।
- निर्माणपूर्व तेस्रो पक्षलाई तिरेको सुपरिवेक्षण जस्ता प्रि-कन्स्ट्रक्सन खर्च बाहिर राखिन्छ।
💰 कर गणना ३ अवस्थामा फरक हुन्छ
- 🟢 सामग्री आफैं दिई दर्ता भएकैबाट बनाएको र सेवा-शुल्कमा भ्याट पूरै तिरिसकेको भए थप कर तिर्नु पर्दैन।
- 🟡 सामग्री आफैं किनेर अमानतमा (ज्यालादारीमा) बनाएको भए, सामग्रीमा तिरेको भ्याट घटाई बाँकीमा मात्र कर तिर्नुपर्छ।
- 🔴 आफ्नै मौज्दातको सामग्री र आफ्नै कामदारबाट पूरै बनाएको भए, बजार मूल्यमा लागत कायम गरी पूरै कर तिर्नुपर्छ।
- दर्ता भएको मालिकले आफ्नो नियमित कर अवधिमा (मासिक भए महिना सकिएको २५ दिनभित्र) दाखिला गर्ने।
- दर्ता नभएको मालिकले अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्ने।
⏳ समयावधि
- निर्माणमा जति समय लागे पनि आर्थिक वर्षको सीमा नहेरी पूरै निर्माण-अवधि नै समावेश गरिन्छ।
⚠️ पालना नगरे
- यो व्यवस्था उल्लङ्घन गरे कर बिगोको २५% जरिवाना लाग्छ।