Account Trust Nepal Pvt.ltd.

Account Trust Nepal Pvt.ltd. Consulting Firm An accounting firm providing services in wide array of industries in Nepal.

कम्पनी रजिस्ट्रारको कार्यालयले बार्षिक विवरणहरु अध्यावधिकको चिट्ठी अब स्वचालित Autometed प्रविधीबाट आउने ब्यबस्था मिलाईए...
28/07/2025

कम्पनी रजिस्ट्रारको कार्यालयले बार्षिक विवरणहरु अध्यावधिकको चिट्ठी अब स्वचालित Autometed प्रविधीबाट आउने ब्यबस्था मिलाईएको छ ।

22/07/2025

यो नयाँ आ.व.मा चाहिँ ढुक्क हुनुस है।

#बजार_अनुगमन_सम्बन्धमा।

कर कार्यालयको नियमित कार्य मध्यको बजार अनुगमन पनि एक हो।

आफ्नो व्यवसायलाई सुरक्षीत र व्यवस्थित बनाउन,आफ्नो कारोवारको यथार्थ अवस्था थाहा पाई ढुक्क भैइराख्न, बजार अनुगमनका क्रममा अनावश्यक जरिवानाबाट जोगिन तपशिल बमोजिमका कार्य गर्नुपर्दछ।

1. पान कार्ड (स्थाई लेखा प्रमाण पत्र) सबैले देख्ने गरी राख्नुपर्दछ,

2.कर पाटी( Green or Yellow or White Tax Plate) सबैले देख्ने स्थानमा राखेको हुनुपर्दछ,

3.आफ्नो फर्मको Stamp फर्ममा नै हुनुपर्दछ,

4.आयकर, मु.अ.कर जे मा दर्ता भएको भएता पनी खरिद तथा बिक्री खाता स्वयं प्रमाणित गरी राख्नु अनिवार्य छ,

5.अन्तशुल्कजन्य कारोवार छ भने ईजाजत पत्र लिएको हुनुपर्दछ,

6.हरेक दिन खरिद तथा बिक्री खाता अध्यावधिक(Updated) गराएर राख्नुपर्छ,

7.कारोवार सङ्गै नियमित बिजक जारी गर्नु अनिवार्य हुन्छ,

8.खरीद तथा बिक्री बिजकहरु व्यवसायिक स्थानमा सुरक्षीत राखेको हुनुपर्ने हुन्छ,

9.कारोवार सङ्ग सम्बन्धित अन्य कागज/प्रमाण सुरक्षित रुपमा राखेको हुनु पर्दछ,

“अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हु...
15/07/2025

“अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हुने छैनन्।”

निकासी वा पैठारी संकेत नम्बर (EXIM Code) को बैंक जमानत (Bank Guarantee) सम्बन्धमा।
03/07/2025

निकासी वा पैठारी संकेत नम्बर (EXIM Code) को बैंक जमानत (Bank Guarantee) सम्बन्धमा।

15/06/2025

नयाँ बजेटअनुसार, अब D01 र D02 करदाता समूहले पनि D03 फायलिङ गर्न सक्ने व्यवस्था गरिएको छ। यसले गर्दा बिक्री शून्य (Zero Sales) भएका व्यवसायहरू कुनै कर तिर्नु नपर्ने सुविधा प्राप्त गर्न सक्नेछन्।

हालको व्यवस्था अनुसार, बिक्री शून्य भए पनि D01 अन्तर्गतका करदाताले निम्न अनुसारको कर तिर्नुपर्नेछ:

महानगरपालिका / उप-महानगरपालिका(Metropolitan / sub metropolitan) मा: रु. ७,५००
नगरपालिका (Municipality) मा: रु. ४,०००
गाउँपालिका (Rural Municipality) मा: रु. २,५००
तर, अब D03 फायलिङको सुविधा उपलब्ध भएपछि, यस्ता करदाताले यदि बिक्री शून्य भएमा करबाट छुट पाउनेछन्। यसले स-साना तथा अर्ध-सक्रिय व्यवसायहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

30/05/2025

जरिवाना सम्बन्धित नयाँ व्यवस्था: आर्थिक विधेयक, २०८२
VAT Suspended भएको अवस्थामा कारोवार रोक्का भएको मानिन्छ/कारोबार गर्न पाइँदैन। यदि कारोवार गरेमा कति जरिवाना लाग्छ❓️
➡️ निलम्बन अवस्थामा यदि कारोवार गरेमा कर विगोको १००% जरिवाना वा ६ महिना कैद वा दुवै हुन्छ।
नोट: सम्बन्धित दफा मु अ कर ऐन,२०५२ को दफा ३०(२), दफा २९(२)
❓️त्यसो भए यो भ्याट निलम्बन कसरी हट्छ त❓️
♻️ यो अस्थायी प्रकृतिको भ्याट दर्ता खारेज हो। बाँकी भ्याट विवरण पेश गरेमा यो स्वत: हट्छ (फुकुवा हुन्छ)। र, नियमित कारोबार गर्न पाउनुहुन्छ।

Send a message to learn more

30/05/2025
29/05/2025

बजेट,२०८२ मा कर सम्बन्धित नयाँ व्यवस्था तथा छुटहरु।
1. सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक।
2. उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बजेट प्रस्तुत।
3. सूचना प्रविधि उद्योग र होटल–रिसोर्टलाई विशेष उद्योग सरह कर छुट।
4. सूचना प्रविधि सेवा निर्यातमा ७५% कर छुट।
5. विदेशमा सेवा बेच्ने व्यक्तिको आम्दानीमा ५% अन्तिम आयकर।
6. स्टार्टअपलाई ५ वर्षसम्म आयकर छुट (१० करोडसम्मको कारोबार)।
7. काठ सिजनिङ मेसिन आयातमा १% भन्सार मात्र, अन्य कर खारेज।
8. प्राङ्गारिक मल उत्पादनका मेसिनमा सबै कर छुट।
9. खेल पूर्वाधारका सामानमा १% भन्सार मात्र, अन्य कर छुट।
10. ग्रीन हाइड्रोजन उद्योगका मेसिनमा सम्पूर्ण कर छुट।
11. तिनलाई ५ वर्षसम्म आयकर छुट।
12. सौर्य–वायु ऊर्जाका ब्याट्रीमा १% भन्सार मात्र, अन्य कर छुट।
13. ईभी चार्जिङ मेसिन उद्योगलाई पनि यस्तै कर छुट।
14. डिजिटल भुक्तानी सेवामा लाग्ने VAT खारेज।
15. खाद्यान्न, गेडागुडी, फलफूलमा अग्रिम आयकर हटाइयो।
16. श्रवणयन्त्रमा VAT हटाइयो।
17. यात्रुले $5000 बराबरको विदेशी मुद्रा ल्याउन पाउने।
18. एम्बुलेन्सको १६ लाखको मूल्य सीमा हटाइयो।
19. विद्युतीय गाडीमा हालको कर संरचना यथावत्।
20. २० वर्षभन्दा पुराना गाडी हटाउँदा बाँकी आयकर छुट।
21. टनेल बोरिङ मेसिनमा १% भन्सार मात्र।
22. ढुवानी भाडामा खर्च कटौती गर्न पाइने।
23. कर विवरण नबुझाएकाले अब बुझाएमा जरिवाना छुट।
24. हवाई सेवाका कर बक्यौता बुझाएमा छुटको व्यवस्था।
25. आय विवरण नदिएकाले बक्यौता मिलाउन पाइने।
26. जाँड–रक्सी, सूर्ती, चुरोटमा भन्सार र अन्तःशुल्क बढाइयो।
27. स्वास्थ्य जोखिम करको दायरा विस्तार।

01/04/2025

बिर्सनुभएको त छैन नि?
अग्रिम आयकरको दोस्रो किस्ता अन्तर्गत ३० प्रतिशत कर रकम बुझाउने महिना चैत्र हो।यहि महिनाको मसान्तसम्ममा कर दाखिला गरि जरिवाना र ब्याजबाट बच्नुहोस्।

कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी स्थापना गरी व्यवसाय संचालन गर्न लाग्नु भएकोलाई महत्तवपूर्ण जानकारी!!
24/01/2025

कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी स्थापना गरी व्यवसाय संचालन गर्न लाग्नु भएकोलाई महत्तवपूर्ण जानकारी!!

लौ खुसिको खबर
21/01/2025

लौ खुसिको खबर

जानकारी
21/01/2025

जानकारी

Address

Bijulibazar
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779851272887

Alerts

Be the first to know and let us send you an email when Account Trust Nepal Pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Account Trust Nepal Pvt.ltd.:

Share