Share Market - New Investors Page

Share Market - New Investors Page This page is for those who are concerned about stock market. Especially new investors will benefit more from this page.

So we will discuss the issues related to the stock market on this page and for that, anyone can post and discuss.

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट IPO स्वीकृतिको अन्तिम तयारीमा रहेको महाशक्ति सिमेन्ट लिमिटेडको संस्थापक शेयर (Promoter ...
02/03/2026

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट IPO स्वीकृतिको अन्तिम तयारीमा रहेको महाशक्ति सिमेन्ट लिमिटेडको संस्थापक शेयर (Promoter Share) लिन चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला ।

नेपाल धितोपत्र बोर्ड (SEBON) को पाईपलाइनमा रहेको गोदावरी स्टिल्स लिमिटेड लगायत अन्य कम्पनीहरूको संस्थापक शेयर (Promoter ...
17/02/2026

नेपाल धितोपत्र बोर्ड (SEBON) को पाईपलाइनमा रहेको गोदावरी स्टिल्स लिमिटेड लगायत अन्य कम्पनीहरूको संस्थापक शेयर (Promoter Share) लिन चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला ।

विजय लघुवित्त वित्तीय संस्था को FPO को नतिजा सार्वजनिक भएको छ ।नतिजा हेर्नका लागि 👇️https://iporesult.cdsc.com.np/
20/01/2026

विजय लघुवित्त वित्तीय संस्था को FPO को नतिजा सार्वजनिक भएको छ ।

नतिजा हेर्नका लागि 👇️
https://iporesult.cdsc.com.np/

सुन र चाँदीको मूल्य बढेर ऐतिहासिक रेकर्ड बनायाेमाघ ६ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उ...
20/01/2026

सुन र चाँदीको मूल्य बढेर ऐतिहासिक रेकर्ड बनायाे

माघ ६ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ८१० रुपैयाँको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । सोमबारको बजारमा कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

सुन र चाँदी दुबैको मूल्य बढ्योमाघ २ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात बिह...
16/01/2026

सुन र चाँदी दुबैको मूल्य बढ्यो

माघ २ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात बिहीबार घटेको सुन र चाँदीको मूल्य यस दिन भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। यो बिहीबारको तुलनामा ७०० रुपैयाँ बढेको हो। बिहीबार यस्तो सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको ५ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य, यस दिन बढेर तोलाको ५ हजार ६४५ रुपैयाँ पुगेको छ।

माघ महिनाका लागि पनि घटाए वाणिज्य बैंकहरुले ब्याजदर ।
16/01/2026

माघ महिनाका लागि पनि घटाए वाणिज्य बैंकहरुले ब्याजदर ।

15/01/2026

सेबोनको कारबाहीमा परे १०१ पब्लिक कम्पनी [विवरणसहित]

विवरण कमेन्टमा....

13/01/2026

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर Demat खातामा जम्मा भएको छ ।

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारणका लागि IPO निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्र...
13/01/2026

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारणका लागि IPO निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि IPO निष्काशन गर्न लागेको हो।

कम्पनीले दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ।

10/01/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Share Market - New Investors Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Share Market - New Investors Page:

Share