24/07/2026
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा शुक्रबार बजार बन्द हुने समयमा प्राविधिक समस्या देखिएको छ। प्रणालीमा नेप्से सूचकांक १,००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १,७१७.७९ बिन्दुमा पुगेको देखिएपछि लगानीकर्ताबीच अन्योल सिर्जना भएको हो।
नेप्सेको वेबसाइटमा बजार बन्द भएको अवस्थामा सूचकांकसँगै ३७.०० प्रतिशत गिरावट देखिएको भए पनि कारोबार विवरण, अग्रसर तथा घट्ने कम्पनीहरूको संख्या र अन्य बजार तथ्याङ्क भने सामान्य देखिएका छन्। यस्तो ठूलो गिरावट वास्तविक बजार अवस्थासँग मेल नखाने भएकाले यो प्राविधिक (सिस्टम) त्रुटि भएको अनुमान गरिएको छ।