Nepse Breaking News

Nepse Breaking News शेयर बजार सँग सम्बन्धित वित्तिय जानकरीको लागि Follow गर्न नभुल्नु होला है ?

27/08/2026

हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ३३ करोड नोक्सानी, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ऋणात्मक

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनी २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

मुख्य वित्तीय विवरणहरू:

खुद नोक्सानी: २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ (अघिल्लो वर्ष १ अर्ब ३९ करोड नाफा)

प्रतिशेयर आम्दानी (EPS): २१ रुपैयाँ ५० पैसा ऋणात्मक (अघिल्लो वर्ष १२ रुपैयाँ ७९ पैसा सकारात्मक)

खुद बीमाशुल्क: ५.६९% घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँ

दाबी भुक्तानी: ३३.६४% बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ

प्रतिशेयर नेटवर्थ: ११५ रुपैयाँ ५८ पैसा

आम्दानीमा आएको संकुचन, खर्च तथा दाबी भुक्तानीमा भएको वृद्धिका कारण कम्पनी नोक्सानीमा जान पुगेको हो ।

27/08/2026

बेनी हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ २२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।

1. निष्कासन मिति: भदौ २२ गतेदेखि भदौ २५ गतेसम्म
2. कुल कित्ता (सर्वसाधारणका लागि): ८,६३,२०० कित्ता
3. अंकित मूल्य: प्रति कित्ता १०० रुपैयाँ
4. आवेदन सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म
5. बिक्री प्रबन्धक: एनएमबि क्यापिटल
6. कुल स्वीकृत सेयर: नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी (१ अर्ब ४ करोड रुपैयाँ) को २०% (२० लाख ८० हजार कित्ता)

आयोजना तथा वित्तीय विवरण
1. आयोजना: १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला हाइड्रोपावर
2. कुल लागत: ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ
3. प्रति सेयर आम्दानी (EPS): २१.१७ रुपैयाँ (आ.व. २०८२ पुससम्म)
4. प्रति सेयर नेटवर्थ: ११२.४३ रुपैयाँ
5. संचित नाफा: १० करोड ३४ लाख रुपैयाँ

20/08/2026

बिजुलीको महसुल पुनरावलोकन गर्दै सरकार, सिजनल ट्यारिफ लागू गर्ने तयारी

सरकारले विद्युत् महसुल घटाएर उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी थालेको छ।

वर्षायाममा विद्युत् उत्पादन बढ्दा ठूलो परिमाणमा बिजुली खेर जाने भएकाले ‘सिजनल ट्यारिफ’ लागू गरी वर्षायाममा महसुल घटाउने तयारी गरिएको हो। यसबाट उद्योगको उत्पादन लागत घटाउने र आन्तरिक विद्युत् खपत बढाउने सरकारको लक्ष्य छ।

महसुल पुनरावलोकनका लागि गठित समितिले यस विषयमा गृहकार्य गरिरहेको छ र छिट्टै निर्णय गर्ने तयारी रहेको जनाएको छ।

| स्रोत: News

20/08/2026

युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।

कम्पनीको २३ लाख १० हजार कित्ता हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो। अब उक्त सेयर कारोबारयोग्य हुनेछ।

| स्रोत: News

20/08/2026

बंगलादेशमा बीमा कम्पनीको सीईओ नियुक्तिका लागि नयाँ नियम ल्याइँदै

बंगलादेशको बीमा नियामक आईडीआरएले ६ महिनाभन्दा बढी समयदेखि रिक्त रहेका बीमा कम्पनीको सीईओ पदपूर्तिका लागि नयाँ नियम ल्याउने तयारी गरेको छ।

नयाँ नियमअनुसार कम्पनीले रिक्त पदमा ६ महिनाभित्र नियमित सीईओ नियुक्त गर्नुपर्नेछ। सो अवधिमा नियुक्ति हुन नसके नियामकले ‘रेगुलेटरी पुल’बाट २ जना उम्मेदवार सिफारिस गर्नेछ र सञ्चालक समितिले तीमध्ये एकलाई नियुक्तिका लागि प्रस्ताव गर्नुपर्नेछ।

उम्मेदवारका लागि बीमा क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव आवश्यक हुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल बंगलादेशका १५ वटा बीमा कम्पनी ६ महिनाभन्दा बढी समयदेखि सीईओविहीन छन्।

| स्रोत: News

20/08/2026

मन्त्री फेरबदलको तयारी छैन, प्रधानमन्त्री एक्लो हुनुहुन्न: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले तत्काल मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीभित्र मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसलाई मन्त्री परिवर्तनसँग जोड्न नहुने बताए।

लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह र आफूबीच कुनै विवाद नरहेको दाबी गर्दै प्रधानमन्त्रीको ‘एक्लै लडिरहेको छु’ भन्ने अभिव्यक्तिलाई राजनीतिक अर्थमा नबुझ्न आग्रह गरे। उनले सिंगो रास्वपा प्रधानमन्त्रीसँगै उभिएको बताए।

| स्रोत: News

20/08/2026

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि भोलि भदौ ५ गते बुक क्लोज गर्दैछ।

आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

| स्रोत: News

20/08/2026

ट्रम्पद्वारा इरानविरुद्ध कडा आर्थिक अभियान घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘पूर्ण स्तरको आर्थिक युद्ध’ घोषणा गर्दै इरानलाई अलग्याउने अभियान सुरु गर्ने बताएका छन्। उनले इरानलाई आर्थिक सहयोग गर्ने कुनै पनि देशका वित्तीय संस्था, व्यवसाय वा सरकारी निकायले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पले विशेषगरी तेल तस्करी, तेल ट्यांकर, नगद स्थानान्तरण, मुद्रा विनिमय र नक्कली कम्पनीमार्फत जहाज दर्ता हुने गतिविधिमाथि कडाइ गर्ने बताएका छन्।

| स्रोत: News

18/08/2026

सम्पत्ति शुद्धीकरण के हो ?
श्रोत: Nepal Rastra Bank

07/08/2026

*कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश घोषणा,लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो*

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सेयरधनीलाई १५ प्रतिशत र अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले यो लाभांश प्राप्त गर्नेछन् ।

| स्रोत: Nepse

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Breaking News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share