Nepse Breaking News

Directions

Nepse Breaking News शेयर बजार सँग सम्बन्धित वित्तिय जानकरीको लागि Follow गर्न नभुल्नु होला है ?

16/09/2026
कुमारी बैंकको लाभांश घोषणा,
16/09/2026

कुमारी बैंकको लाभांश घोषणा,

वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो: असोजमा व्यक्तिगत औसत ४.०८% मा झर्योबैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको सु...
16/09/2026

वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो: असोजमा व्यक्तिगत औसत ४.०८% मा झर्यो

बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको सुस्त मागका कारण २० वटा वाणिज्य बैंकले असोज २०८३ का लागि ब्याजदर घटाएका छन् । व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर भदौको ४.१३६ प्रतिशतबाट घटेर ४.०८९५ प्रतिशत र संस्थागततर्फ ३.०६६५ प्रतिशत कायम भएको छ ।

प्रमुख परिवर्तनहरू: एभरेष्ट बैंकले व्यक्तिगत ब्याजदरमा सबैभन्दा धेरै ०.५५ प्रतिशतविन्दुले कटौती गरी ३.५ प्रतिशत कायम गरेको छ भने प्रभु बैंकले ४.५५ प्रतिशतसहित अधिकतम ब्याजदरको शीर्ष स्थान ओगटेको छ । १५ वटा बैंकले भने भदौकै दरलाई निरन्तरता दिएका छन् ।

स्नो रिभर्सले गर्यो लाभांश घोषणा,
15/09/2026

स्नो रिभर्सले गर्यो लाभांश घोषणा,

रिलायन्स स्पिनिङ्ग मिल्सको नगद लाभांश घोषणा,
15/09/2026

रिलायन्स स्पिनिङ्ग मिल्सको नगद लाभांश घोषणा,

13/09/2026

नर्भिक इन्टरनेसनल हस्पिटलको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस र २२.१०५ प्रतिशत नगद लाभांश पारित

नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजको छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

मुख्य प्रस्ताव: बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

विस्तार योजना: अस्पतालले आगामी वर्षभित्र निर्माणाधीन भवनबाट सेवा विस्तार गर्ने, फार्मेसी शाखा ५४ पुर्‍याउने, ५० शय्याको सिटी हस्पिटल र ३ अर्ब लागतमा एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना अघि सारेको छ ।

| स्रोत: कर्पोरेट नेपाल

13/09/2026

सिटिजन्स सुपर ३० म्युचुअल फन्डले ५.२५ प्रतिशत नगद लाभांश घोषणा गर्‍यो, असोज ८ मा बुक क्लोज

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स सुपर ३०’ योजनाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट इकाइधनीहरूलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुक क्लोज: लाभांश वितरण प्रयोजनका लागि आगामी असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । तसर्थ, असोज ७ गतेसम्म कायम इकाइधनीहरूले मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

09/09/2026

इमर्जिङ नेपालका आधारभूत शेयरधनीले ८.५७ लाख कित्ता शेयर बेच्ने

इमर्जिङ नेपालका ६ आधारभूत शेयरधनीले ८ लाख ५७ हजार ५३९ कित्ता शेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि १५ दिन अगावै जानकारी दिनुपर्ने प्रावधानअनुसार कम्पनीले सूचना जारी गरेको हो।

गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 📢💰         #लाभांश
04/09/2026

गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 📢💰

#लाभांश

02/09/2026

आजको बजार।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Breaking News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share