12/06/2023
केहि सहकारीहरुको बदमाशीले गर्दा सबै सहकारीलाई एउटै आखाले हेर्नु हुन्न । यो विषम परिस्थितिमा सहकारी प्रति माया गरौं बिश्वास गरौं । पदाधिकारी , कर्मचारी र शेयर सदस्यहरु आफ्नो आफ्नो भुमिकामा जिम्मेवार बनौं !
सहकारी भुल्नेहरुलाई बिषेश अनुरोध !
१, तपाईंको भविस्यको योजना कसैले तपाईंलाई बिश्वास नगर्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
२, तपाइको घर जग्गा जोड्न र छानो हाल्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
३, ब्यवसाय गर्न सवारि किन्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
४, तपाइको ईज्जत् ढाक्न शुभ कार्यमा गरगहना बिहे बर्तबन्ध टारेको दिन सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
५, भाडा नतिर्दा घरबेटीले चाबी लगाएको दिन सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
६, छोराछोरीले फि तिर्न नसक्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
७, व्यापार ब्यबसाय लगानी अभावमा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
८, पहिले तपाइँलाई सहकारीले सहयोग गर्यो अहिले तपाइले कसरी सहयोग गर्नु पर्छ भन्ने कुरा भुल्नु भयो ?
९, तपाइको छोराछोरिलाई विदेश पठाउन सहकारीले सहयोगले गरेको दिन भयो ?
१०, आज जुन ठाउमा हुनुहुन्छ त्यो एक खुड्किला सहकारी हो भन्ने कुरा भुल्नु भयो ?
११, पहुच र ठुला घरनाले खर्ब कर्जा लिदा तपाईले लाख नापाएको दिन सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?
१२, सहकारी सहयोगले आज छोराले कमाएको पैशा सहकारीमा राख्न किन भुल्नु भयो ?
सहकारी हिजो आवश्यक भयो आज असहज होला भोलि आवश्यक पर्नेछ धैर्य गरौ सबैले सबैलाई सहयोग गरौ
जय सहकारी 🙏