17/12/2025
पाँचौं वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धमा ।
यस संस्थाको मिति २०८२/०८/२१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार, संस्थाको विनियम २०७७ बमोजिम संस्थाको पाँचौं वार्षिक साधारण सभा तपसिलमा उल्लिखित कार्यसूची बमोजिम छलफल गरी निर्णय गर्नका लागि निम्न बमोजिमको मिति, स्थान र समयमा हुने भएको हुँदा यहाँको उपस्थितको लागि हार्दिक अनुरोध छ ।
साधारण सभा कार्यक्रमः
मिति : २०८२/०९/२६ गते शनिबार ।
समय : बिहान १०ः०० देखि दिउँसो २ः०० बजेसम्म ।
स्थान : संस्थाको कार्यालय, भीमसेनगोला, काठमाडौं ।
छलफलका विषयहरुः
(१) सञ्चालक समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा ।
(२) लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा ।
(३) आ.व.२०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा ।
(४) आ.व.२०८१/८२ मा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
(५) आ.व.२०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा ।
(६) आ.व.२०८२/८३ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण सम्बन्धमा ।
(७) संस्थाको विनियम, २०७७ संशोधन सम्बन्धमा ।
(८) संस्थाको आन्तरिक कार्यविधिहरु सम्बन्धमा ।
(९) कार्यसूचीमा थप भएका प्रस्तावहरु सम्बन्धमा ।
(१०) साधारण सभाको निर्णय प्रमाणीकरणको लागि प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
(११) विविध ।
पुनश्चः
क) शेयर सदस्यहरुका तर्फबाट कुनै विषयमा प्रश्न राख्न चाहेमा वा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्नुपरेमा सम्बन्धित सदस्यले रितपूर्वक मिति २०८२/०९/१८ गतेसम्म कार्यालय समयभित्र लिखित रुपमा बुझाइसक्नुपर्नेछ ।
ख) थप जानकारीको लागि कार्यालयमा (कार्यालय समयभित्र) सम्पर्क राख्नुहोला । फोन नं. ०१–४५८३६००, मोबाइल नं. ९८४१००६४५८
सञ्चालक समिति
अध्यक्ष