16/09/2024
यस सदभाव बहुउद्देश्य सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा मिति २०८१ भाद्र २९ गते शनिवार के.एम.व्याङ्क्वेट कोटेश्वरमा सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रमको सभापतीत्व संस्थाका अध्यक्ष चन्द्र प्रसाद हुमागाईंले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघ का वरिष्ठ उपाध्यक्ष श्री जगतलाल महर्जन, अतिथिमा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेड बानेश्वर शाखा प्रमुख श्री विनोद भट्टराई हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र प्रसाद हुमागाईंको मन्तव्यसहितको प्रतिवेदन, सचिव विदुर हुमागाईंको सांगठानिक प्रतिवेदन र वार्षिक कार्ययोजना ,कोषाध्यक्ष रामसुन्दर हुमागाईंको आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट , र लेखा सुपरिवेक्षण समतिको तर्फबाट संयोजक गोविन्द प्रसाद हुमागाईंको प्रतिवेदन प्रस्तुत भएको थियो । कार्यक्रममा उत्कृष्ट साधारण/ दैनिक बचतकर्ता, सद्भाव सुपर बचतकर्ता, नियमित मासिक बचतकर्ता, सद्भाव ३६५ दिने बचत , नवकोपिला बचतकर्ता, करोडपति बचतकर्ता, असल ऋणी, ज्येष्ठ नागरिक सम्मान र उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । कार्यक्रममा साधारण सभाको सूचनामा जारी भएका प्रस्ताव उपर छलफल गरि पारित गरिएको थियो । कार्यक्रममा बाल बचतकर्ता भाई बहिनिहरुको नृत्य, मनोरञ्जनात्मक जादु समेतको प्रस्तुती थियो । कार्यक्रम सभ्य र बनाउन उपस्थिति हुनुहुने सम्पूर्ण संस्थाका शेयर सदस्य ज्युहरू,बाल बचतकर्ता लगायत सद्भाव लाईं माया गरी उपस्थित हुनुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।