11/08/2026
हाम्रो यस म्हेपी बचत तथा ऋण सहकारी संस्था लि. काे लेखा सुपरिवेक्षण समितिका सदस्य श्री शिव कुमारी खतिवडाज्यू का आदरणीय ससुरा बुबाको मिति २०८३ साउन २५ गते भएको असामयिक निधनको खबरले हामी सम्पूर्ण म्हेपी सहकारी परिवारलाई निकै स्तब्ध र मर्माहत बनाएको छ ।
यस दुःखद घडीमा दिवंगत पुण्य आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनप्रति हाम्रो संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानले यहाँहरू सबैलाई यो अपूरणीय क्षति सहने शक्ति प्रदान गरून्।
वैकुण्ठमा बास होस्! 🙏