भाजंगल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड

  • Home
  • Nepal
  • Kathmandu
  • भाजंगल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड

भाजंगल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भाजंगल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, Financial service, Bhajangal Marg, Kathmandu.

04/05/2026

सहकारी अध्यादेश २०८३का मूख्य–मुख्य परिवर्तनहरू :

१. बचत तथा ऋण सहकारीका लागि अब अनिवार्य इजाजतपत्र (Operating License)
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीले अब प्राधिकरणबाट सञ्चालन इजाजतपत्र लिनुपर्ने भएको छ । पहिल्यै सञ्चालनमा रहेका संस्थाले पनि अध्यादेश लागू भएको मितिले एक वर्षभित्र इजाजतपत्र लिनुपर्नेछ । वार्षिक नवीकरण पनि गर्नुपर्ने व्यवस्था थपिएको छ ।
२. प्राधिकरणको भूमिका धेरै बलियो बनाइयो
पहिले भएका धेरै कामहरू अब प्राधिकरण केन्द्रित बनाइएको छ—अनुगमन, निरीक्षण, सुपरिवेक्षण, निर्देशन, लेखापरीक्षण, इजाजतपत्र निलम्बनसम्म गर्न सक्ने अधिकार थप स्पष्ट गरिएको छ ।
३. SACCOS माथि कडा नियमन
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई छुट्टै निगरानी प्रणालीमा राखिएको छ । आवश्यक परे नेपाल राष्ट्र बैंक लगायत अन्य निकायको सहयोगमा सुपरिवेक्षण गर्न सकिने व्यवस्था राखिएको छ ।
४. संघहरूले बचत–ऋण कारोबार गर्न नपाउने
अब सहकारी संघहरूले बचत तथा ऋण कारोबार गर्न नपाउने व्यवस्था आएको छ । हाल गर्दै आएका संघले तीन वर्षभित्र बन्द गर्नुपर्ने संक्रमणकालीन व्यवस्था राखिएको छ ।
५. बचत फिर्ता गराउने अधिकार कडा बनाइयो
प्राधिकरणले निश्चित अवधि तोकी बचतकर्ताको रकम फिर्ता गर्न आदेश दिन सक्नेछ ।
आदेश नमान्दा:
• सम्पत्ति रोक्का,
• विदेश यात्रा प्रतिबन्ध,
• सिधै प्रहरीमार्फत कारबाही अघि बढाउने अधिकारसमेत थपिएको छ ।
६. समस्याग्रस्त सहकारीमा तत्काल कडा नियन्त्रण
समस्याग्रस्त घोषणा अघि नै सञ्चालक, व्यवस्थापक, ऋणी, जिम्मेवार व्यक्ति आदिको:
• चल/अचल सम्पत्ति,
• बैंक खाता,
• शेयर,
• कागजात लगायत रोक्का राख्न सकिने व्यवस्था थपिएको छ ।
७. बचत तथा कर्जा सुरक्षा कोषको सदस्यता अनिवार्य
बचत तथा ऋण कारोबार गर्ने सहकारीले निक्षेप तथा कर्जा सुरक्षा कोषमा आबद्ध हुनुपर्ने स्पष्ट गरिएको छ ।
८. समस्याग्रस्त सहकारीका बचतकर्ताका लागि चक्रिय राहत कोष
सरकारले समस्याग्रस्त सहकारीका सदस्यलाई तत्काल बचत फिर्ता गर्न चक्रिय राहत कोष स्थापना गर्न सक्ने व्यवस्था थपिएको छ ।
९. परिवार र नातेदारको परिभाषा विस्तार
“परिवार” र “नातेदार” को दायरा धेरै विस्तार गरिएको छ । यसले Conflit of interest, सम्बद्ध पक्षको कारोबार, जिम्मेवारी निर्धारणमा प्रभाव पार्नेछ ।
१०. सहकारी संस्थाको वर्गीकरण कडा
बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाको परिभाषा कडाइका साथ राखिएको छ । कुल बचत/ऋणको अनुपात र २५ करोड रुपैयाँभन्दा बढी बचत वा ऋण लगानी भएका संस्थासमेत यस दायरामा पर्ने व्यवस्था गरिएको छ ।
११. लेखापरीक्षणमा समेत प्राधिकरणको प्रत्यक्ष भूमिका
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको हिसाब जाँच प्राधिकरणले गर्न सक्ने व्यवस्था थपिएको छ ।
१२. प्रदेश र स्थानीय तहको अधिकार पनि स्पष्ट
प्रदेश/स्थानीय तह अन्तर्गतका सहकारीको दर्ता, नियमन, अनुगमन सम्बन्धी काम सम्बन्धित कानूनबमोजिम हुने स्पष्ट गरिएको छ, तर संघीय कानूनसँग बाझिन नहुने शर्त राखिएको छ।
@ Ballav Timalsina

13/04/2026
आज मिति २०८२ चैत्र २० गते शुक्रबार ६९ औ सहकारि दिवस तथा किर्तिपुर नगरपालिकाको स्थानिय शहिद दिवस परेकोले यस संस्थाको कार्...
03/04/2026

आज मिति २०८२ चैत्र २० गते शुक्रबार ६९ औ सहकारि दिवस तथा किर्तिपुर नगरपालिकाको स्थानिय शहिद दिवस परेकोले यस संस्थाको कार्यलय आज बन्द रहने सम्पुर्ण सदस्य महानुभावलाई जनाकारि गरिन्छ ।

25/03/2026

भोलि मिति २०८२ चैत्र १२ गते बिहिबार चैते दशै परेकोले संस्था बन्द रहने जानकारी गरिन्छ साथै पर्सि मिति २०८२ चैत्र १३ गते शुक्रबार रामनवमिको दिन संस्था खुल्ला रहने छ ।

01/03/2026

भोलि मिति २०८२ फागुन १८ गते सोमबार फागु पुर्णिमा तथा होलि पर्व परेकोले संस्था बन्द रहने सम्पुर्ण सदस्यहरुलाई जानकारि गरिन्छ ।

फागुन २०, २१, र २२ गते संस्था बन्द रहने सुचना ।।
01/03/2026

फागुन २०, २१, र २२ गते संस्था बन्द रहने सुचना ।।

फागु पुर्णिमा तथा होलि पर्वको सम्पुर्ण सदस्यहरुलाई हार्दिक मंगलमय शुभकामना
01/03/2026

फागु पुर्णिमा तथा होलि पर्वको सम्पुर्ण सदस्यहरुलाई हार्दिक मंगलमय शुभकामना

सहुलियत महिला व्यवसायी तथा उद्यमी ऋण सम्बन्धमा ।।
25/02/2026

सहुलियत महिला व्यवसायी तथा उद्यमी ऋण सम्बन्धमा ।।

Address

Bhajangal Marg
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when भाजंगल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share